Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अनलाइन, होम डेलिभरी गर्ने कम्पनीको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2021
18 shares

काठमाण्डौ – सर्वोच्च अदालतले होम डेलिभरी गर्ने कम्पनीहरूको सेवा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निकेत अग्रवाललगायतको रिटमा निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अनलाइन माध्यमबाट हुने सामान खरिद, बिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको हो ।

गएको वर्ष काठमाण्डाै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गरेको थियो । त्यही मापदण्डअनुसार पहिलो पटकको लकडाउनको समयमा होम डेलिभरी गर्न दिइएको थियो । तर यस वर्ष होम डेलिभरी गर्न रोक लगाएपछि निकेत अग्रवालसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

होम डेलिभरी सम्बन्धी मापदण्डमा होम डेलिभरी गर्ने कम्पनी दर्ता भएको हुनुपर्ने, अनलाइन साइटमा सबै वस्तुको मूल्य सूची राख्नुपर्ने, सरकारले तोकेको जनस्वास्थ्य र सुरक्षाका मापदण्ड र प्रोटोकल पालना गर्नुपर्ने उल्लेख छ ।

यस्तै सेवाग्राहीसँग कम्तीमा दुई मिटरको भाैतिक दुरी कायम गरेर सेवा तथा वस्तुको डेलिभरी गर्नुपर्ने, मास्क, पञ्जा र स्यानिटाइजर प्रयोग गर्नुपर्ने, डेलिभरी गर्नेले अनिवार्य रूपमा डेलिभरीकर्ताको नाम, सम्पर्क नम्बर तथा डेलिभरी कार्यमा प्रयोग हुने गाडीको विवरण कार्यालयमा, वाणिज्य विभाग र ट्राफिक कार्यालयका उपलब्ध गराउनु पर्नेलगायत स्वास्थ्यका मापदण्ड लागू भएको हुनुपर्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved