Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१६ करोडको राजस्व छलीमा दश जनाविरुद्ध मुद्दा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 7, 2021
3 shares

राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ । जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एवम् झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक सुनसरीको धरान उप–महानगरपलिका–१२ बस्ने ग्लोबल इम्पेक्स इन्टरनेशनलका प्रोपाइटर किसनकुमार अग्रवालले रु चार करोड ४२ लाख बिगो बराबरको राजस्व छली गरेको विभागको अभियोग छ । उक्त विगो असुल गरी जरिवाना र कैद सजायको माग लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

उनले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ । साथै उनले विभिन्न फर्मलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजी समेत गरेको आरोप लगाइएको छ ।

सोही ठाउँका एसएन इन्टरनेशनलका सञ्चालक रामनिवास अग्रवालमाथि विभागले अहिले मुद्दा चलाएको छ । उनले चार करोड ५२ लाख विगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको छ । अग्रवालमाथि मालवस्तु खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई विक्री बीजक जारी गरी उक्त फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको आरोप छ ।

उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का श्यामकुमार वानियासमेत दुई जनामाथि रु पाँच करोड ५० लाख राजस्व चुहावट गरेको आरोप छ । उनीहरुले विदेशी मुलुकबाट नेपालमा पैठारी हुने मालवस्तुको भन्सार जाँचपास नगराई राजस्व चुहावट गरेका थिए ।

विभागका अनुसार पर्साको वीरगञ्जस्थित भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवारसहित ४ जनाले रु एक करोड विगो बराबरको भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेका छन् । उनीहरु विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरिएको छ ।

विल विजक नै जारी नगरी आयकर छली गर्ने भारत स्थायी वतन भई हाल काठमाण्डौ–१४ कुलेश्वर बस्ने सत्यनारायण प्रसादले पनि झण्डै रु १ करोड राजस्व छली गरेका छन् । यस्तै रौतहट वृन्दावन नगरपालिका–६ बस्ने अमनकुमार तिवारीले भन्सार चोरी गरी रु ४० लाख राजस्व चुहावट गरेको विभागले जारी गरेको सूचनामा जनाइएको छ । आरोपी विरुद्ध नजिकका उच्च अदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ ।

ratopati.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved