Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज नेप्सेमा झण्डै १७ अर्बको कारोबार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2021
21 shares

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च २ हजार ८ सय ५६ दशमलव ७७ विन्दुमा पुगेको छ। यस अघि गत आइतवार कायम गरेको २ हजार ८ सय २७ दशमलव ९३ को रेकर्डलाई पनि बिहीवार नेप्से परिसूचकले ब्रेक गरेको हो। बिहीबार नेप्से २९ दशमलव ५५ अंक अर्थात् १ दशमलव शून्य ५ प्रतिशतले बढ्यो।

उता, सेन्सेटिभ इन्डेक्स १ दशमलव ५८ प्रतिशत अर्थात ७ दशमलव ९६ अंकले बढेर ५ सय १३ दशमलव ११ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकममा समेत उत्साहा देखिएको छ। बजारमा १६ अर्ब ९० करोड ७० लाख २० हजार बराबरको सेयर कारोबार भएको छ।

२ सय १८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो।

यसअघि बुधबार ११ अर्ब ३५ करोड भन्दा धेरै रकमको कारोबार भएको थियो।

बिहीवारको बजारबाट वित्त, होटल्स तथा पर्यटन र विकास बैंकका सेयरधनीहरुले सर्वाधिक कमाएका छन्। यो दिन विकास बैंकको समूहगत परिसूचक सर्वाधिक ३ दशमलव ७४ प्रतिशत बढेको छ भने वित्तको ३ दशमलव ३४ प्रतिशत र होटल्स तथा पर्यटनको ३ दशमलव ३२ प्रतिशत बढेको छ।

त्यस्तै, बैंकिङ्गको २ दशमलव ७१ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २२ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७५ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २९ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक बढेको छ।

यो दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। जलविद्युत् समूहको २ दशमलव शून्य ४ प्रतिशतले परिसूचक घटेको छ भने व्यापारिकको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ७६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ७२ प्रतिशत परिसूचक घटेको हो ।

जलविद्युत् समूहको परिसूचक सर्वाधिक घट्दा पञ्चकन्या माई हाइड्रोपावर र राधी विद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ।

यस्तै बिहीबार चार कम्पनीको सेयरमूल्य उच्च दरमा बढेको छ। मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयरमूल्य १० प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ६८ प्रतिशत र ग्रिन डेभलपमेण्ट बैंकको ९ दशमलव ५५ प्रतिशतले मूल्य बृद्धि भएको हो।

यस दिन पनि सवौधिक कारोबार हुने कम्पनीमा नेपाल पुर्नबीमा कम्पनी नै अगाडि रह्यो। अघिल्ला दुई दिन सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीलेकै बिहीवार १ अर्ब २ करोड ७० लाख २७ हजार बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved