Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजधनी छोड्न चाहने उद्योगलाई नयाँ बजेटको बिशेष उपहार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2021
0 shares

नवीन ढुंगाना – काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगकालागि बम्पर छुट तथा सुविधाको घोषणा गरेको छ ।

बजेटले काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधापमा निर्माणधीन औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहनको कार्यक्रम उल्लेख गरेपनि काठमाडौं उपत्यका छाडेर जुनसुकै ठाउँमा जान चाहने उद्योगले यस्तो सुविधा पाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आफूलाई पायक पर्ने स्थानमा काठमाडौंबाट बाहिरिन चाहने उद्योगले आजैबाट प्रक्रिया सुरु गर्न सक्ने उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले जानकारी दिए ।

‘उपत्यकामा बढेको जनघनत्वका कारण विस्तारमा समस्या झेलेका वा आफूलाई पायक पर्ने ठाउँमा जान जुनसुकै उद्योगले सरकारको यो सहुलियतमा सहभागिता जनाउन पाउँछन्,’ उद्योग सचिव पोख्रेलले भने अनलाइनखबरसँग भने । उद्योगको उत्पादन क्षमता, आकार वा लगानीका आधारमा यो सुविधामा फरक नपर्ने मन्त्रालयले जनाएको छ । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगले पनि स्थानान्तरण चाहे सुविधा प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

उपत्यकाको उद्योगहरु किन स्थानान्तरण ?

यसअघि सानो क्षेत्रफलमा स्थापना भएका तर उपत्यकाको बस्ती विस्तारका कारण उद्योग बिस्तारमा अवरोध झेलेका उद्योगहरुले स्थानान्तरणको माग बेला बेलामा गर्ने गरेको मन्त्रालयले जनाएको छ । वातावरणीय प्रदूषणलाई लिएर उद्योग र बस्ती बीचको द्वन्द्व चर्किरहने भएपछि उद्योग र मानव बस्ती दुवैको हित सोचेर यस्तो निर्णय गरिएको सचिव पोख्रेलले बताए ।

‘कुनै बेला खेतमा वा बस्ती नभएको ठाउँमा खुलेका उद्योग वरपर अहिले बस्ती भरिएको छ । जसका कारण उद्योगले समस्याहरु झेलिररहेका छन् भने उद्योगका कारण समस्या भएको भन्दै गुनासा गर्ने सर्वसाधारण पनि उत्तिकै छन्,’ सचिव पोख्रेलले थपे अर्कोतर्फ स्वच्छ र सफा राजधानी निर्माणका लागि पनि यो कार्याक्रम फलदायी हुन्छ’ अर्थ मन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा पनि ‘प्रदूषणरहित स्वच्छ राजधानी बनाउने उद्देश्य अनुरुप काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उद्योगहरूलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने उल्लेख छ ।

बजेटमा मयुधाप नै तोकिएको कारण भने काठमाडौंबाट दूरीका हिसाबले नजिक भएर प्रोत्साहनका कारण एक ठाउँ किटान गरिएको सचिव पोख्रेलले बताए । त्यहाँँबाहेक अन्य जुनसुकै औद्योगिक क्षेत्रमा गए पनि उद्योगले ती सुविधा पाउने सचिव पोख्रेलको भनाइ छ ।

यस्तोछ काठमाडौं छोड्ने उद्योगहरुले पाउने सुबिधाहरु :

मन्त्रालयका अनुसार काठमाडौंबाट बाहिरिन चाहने उद्योगले पाउने सुविधा तीन प्रकारका छन् । उद्योगलाई महँगो जग्गा किन्न बोझ नथपियोस् भने र १० वर्षका लागि निःशुल्क जग्गा उपलव्ध गराउने यो कार्यक्रमको पहिलो सुबिधा हो । यसबाट उद्योग स्थापनामा सबैभन्दा महँगो र जटिल बन्दै गएको जग्गाको जोडजाममा उद्योगहरुलाई सहज हुने मन्त्रालयको विश्वास छ । यस्तै त्यसरी जाने उद्योगहरुले उद्योगका लागि पैठारी गर्ने मिल मेशिनरी र सोको पार्टपुर्जामा एक प्रतिशत मात्रै भन्सार महसुल लाग्ने छ । स्थानान्तरण पछि सञ्चालनमा आएको पाँच वर्षसम्म ती उद्योगहरूको विद्युत डिमान्ड सुल्कमा शतप्रतिशत छुट दिइने पनि मन्त्रालयले जनाएको छ ।

कति छ काठमाडौं उपत्यकामा उद्योगहरु ?

उद्योग विभागको विवरणअनुसार २०४७ सालदेखि हालसम्म खुलेका घरेलु बाहेकका साना ठूला सबै उद्योगको संख्या काठमाडौं उपत्यकामा ६ हजार चार सय ७७ हाराहारी छन् । देशभरको कुल उद्योगहरुको संख्याको आधारमा उपत्यकामा रहेका उद्योगहरुको यो संख्या झण्डै ८० प्रतिशत हाराहारी हो । प्रस्तुत संख्यामा उपत्यकाको औद्यागिक क्षेत्रभित्र सञ्चालित उद्योगहरु पनि पर्ने विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार भक्तपुरमा एक हजार आठ सय ८७, ललितपुरमा ९ सय २५ र काठमाडौंमा तीन हजार ६६५ वटा उद्योगहरु २०७८ वैशाखसम्म दर्ता रहेको देखिन्छ ।

उद्योगीहरु भन्छन ‘राम्रो निर्णय’

सरकारले उद्योग सार्न दिएको सुविधालाई उद्योगीहरुले भने राम्रो निर्णय भएको प्रतिक्रिया दिएका छन् । संसारका धेरै मुलुकहरुमा राजधानीबाट उद्योगहरु सार्ने प्रचलनहरु रहेको उद्योगी राजेश अग्रवाल बताउँछन् । विश्वभरि नै राजधानी सहरमा हुने जनघनत्व र उद्योग बीचको द्वन्द्व समाधान गर्न यस्ता प्रयास हुने गरेको उनको भनाइ छ । ‘नेपालको हकमा पनि यो निर्णय उद्योगका लागि फलदायी छ, राजधानी सहरको महँगो लिभिङ कष्ट, कच्चा पदार्थ पुर्‍याउन लाग्ने खर्च र श्रमिकमा गर्नुपर्ने लगानी लगायतको हिसाबले पनि यो निर्णय सरकारको हातमा छ,’ उद्योगी अग्रवालले भने ।

यसअघिका सरकारले पनि यस्तो विषयमा उद्योगीसँग पटक पटक छलफल गरे पनि बल्ल बजेटमा कुरा समेटिएको उद्योगी शंकर घिमिरे बाउँछन् । सरकारको यो निर्णय सहढंगबाट कार्यन्वयनमा आए राम्रो मान्न सकिने कुरामा उद्योगीहरु सहमत रहेको उनले अनलाइनखबरसँगको कुराकानीमा बताए । ‘कुनै निश्चत ठाउँ नभई सबै क्षेत्रमा उद्योग जाने वातावराणका लागि यो निर्णय स्वागत योग्य छ, तर सरकारले ती ठाउँमा उपलब्ध गराउने सेवा सुविधाहरुमा निश्चितता भने उद्योगीलाई दिनुपर्छ,’ घिमिरेले भने ।

काठमाडौंबाट हटाउन प्रोत्साहन पाएका उद्योगहरुले बाहिर गएका ठाउँमा राम्रोसंग स्थायित्व पाउनुपर्नेमा उनले जोड दिए । लुम्बिनीबाट पनि पहिले यसैगरी उद्योग हटाउन निर्णय भएको भन्दै उनले सरेर जाने ठाउँबाट पुनः विविध कारणले उद्योग सर्नु पर्ने अवस्था नआउने तर्फ ध्यान दिन पनि उनले सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved