Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट बिनियोजन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 29, 2021
249 shares

काठमाडौ । सरकारले आर्थिक वर्ष २०७८/०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट छुट्याएको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभावलाई मध्यनजर गर्दै बजेट निर्धारण गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए। अघिल्लो पटकको बजेटमा यो कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड बजेट छुट्याएको थियो। सो बजेटमार्फत २ लाख विपन्न बेरोजगार युवाहरुलाई रोजगारी दिन बजेट स्थानीय तहहरुलाई सशर्त अनुदान स्वरुप हस्तान्तरण गरिसकेको छ।

तर आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यक्रमले लक्ष्यअनुसार रोजगारी उपलब्ध गराउन भने सकेको छैन। कोरोना महामारीका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमाा समस्या देखिएको अधिकारीहरुले बताएका छन् । बाध्यकारी वैदेशिक रोजगारीलाई ५ वर्षभित्रमा अन्त्य गरी आन्तरिक रोजगारी प्रवद्र्धन गर्नका लागि सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको थियो।

यो कार्यक्रमका लागि सरकारले पहिलो पटक ३ अर्ब बजेट छुट्याएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा यो कार्यक्रमका लागि ५ अर्ब १ करोड बजेट छुट्याइएको थियो। सरकारले वर्षैपिच्छे यो कार्यक्रमका लागि बजेटको दायरा बढाउँदै लगेको छ। अर्कोतर्फ विश्व बैंकबाट लिएको १२० मिलियन अमेरिकी डलर ९१३ अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबर ऋण समेत यसै कार्यक्रमका लागि खर्चिएको छ। तर उपलब्धीबिहिन काममा राज्य कोषको अर्बौ रुपैयाँ दोहन गरेको आरोप खेप्दै आएको यो कार्यक्रम उपलब्धीमूलक भने हुन सकेको छैन। देशभरका विपन्न बेरोजगार युवाहरुलाई न्यूनतम १०० दिनको रोजगारी उपलब्ध गराउन नसके आधारभूत पारिश्रमिकको ५० प्रतिशत रकम बेरोजगार भत्ता उपलब्ध गराउने व्यवस्था भए पनि यो व्यवस्था पनि कार्यान्वयनमा आउन सकेको छैन

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved