Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सत्ताकाे खेलमा अड्किएकाे समृद्ध कर्णालीकाे बिकास

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 19, 2021
294 shares

सुर्खेत । ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा लिएर सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कोरोना कहरले मुलुक आक्रान्त रहेको बेला सत्ताको भागवण्डा मिलाउन र समावेशी सरकार बनाउनमै अल्झिएका छन् । जसले गर्दा कर्णालीवासीका लागि यतिबेला मुख्यमन्त्री शाही नेतृत्वको सरकारले विश्वासको मत पाएर राजनीतिक स्थायित्व दिनुका बाबजुद पनि ‘हिउँ पर्याे मस्तै, जस्तो थियो उस्तै’ भनेझैं अनुभूति भइरहेको छ ।

विश्वासको मत पाएयता मुख्यमन्त्री शाहीको समय कोरोना कहरविरुद्ध लड्न वा प्रदेशको समृद्धितर्फ भन्दा पनि भागवण्डा मिलाउन र मन्त्रिमण्डल विस्तारमा बितेको छ । कुनै बेला आफ्नो पद जोगाउन, कहिले आफ्नै पार्टीका त कहिले एमालेको माधव नेपाल पक्ष, कहिले काँग्रेसलाई फकाउनमा उनी व्यस्त भए ।

विश्वासको मत पाइसकेपछि पनि उनी आफुलाई सहयोग गरेका दल तथा राजनीतिक समूहलाई भागवण्डा मिलाउनमै व्यस्त छन् । यद्यपि उनले अझै आफ्ना सहयोगीहरुको चित्त बुझाउन सकिरहेका छैनन् ।

विश्वासको मत पाएयता उनले पाँच पटक मन्त्रिमण्डल पुनर्गठन एवं विस्तार गरिसके । तर, अझै मन्त्रिपरिषदले पूर्णता पाइसकेको छैन । उनले भागवण्डा मिलाउनकै लागि एउटा मन्त्रालयलाई फुटाएर दुईवटा बनाए । प्रदेशमा हाल ८ वटा मन्त्रालय छन् । तीमध्ये तीन मन्त्रालय एमालेको माधव समूहलाई, तीन मन्त्रालय आफ्नो पार्टीलाई बाँडफाँट गरेका उनले दुई मन्त्रालय काँग्रेसलाई छुट्याएका छन् ।

यद्यपि नेपाली काँग्रेसले तत्काल सत्तामा सहभागी नहुने भन्दै जिम्मेवारी लिन अस्वीकार गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार काँग्रेसको आन्तरिक विवादका कारण मुख्यमन्त्रीले निर्णय गर्न सकेका छैनन् । ‘अहिले मुख्य समस्या भनेकै काँग्रेसले निर्णय नगर्नु हो,’ उक्त स्रोतले भन्यो, ‘अन्य पार्टीबाट खासै समस्या छैन ।’

निर्णायक बनेको काँग्रेस नै अनिर्णयको बन्दी

कर्णालीमा सरकार गठनका लागि निर्णायक बनेको नेपाली काँग्रेस अहिले आफै अनिर्णयको बन्दी बनिरहेको छ । प्रदेश सरकारमा उसका लागि मन्त्रालय सुरक्षित राखिए पनि सरकारलाई पूर्णता दिन नसकिएको मुख्यमन्त्री निकट स्रोतको भनाइ छ ।

काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भने मन्त्रालय फुटाइएकोमा आफुहरुको असहमति रहेको बताउँछन् । ‘हामीले सहयोग नगरेको भन्ने होइन, सातवटा मन्त्रालयबाट आठवटा किन बनाइयो भन्ने हाम्रो प्रश्न हो,’ उनले भने ।तत्काल सरकारमा जाने वा नजाने भन्नेबारे पार्टीले निर्णय नगरेको उनले सुनाए । ‘आवश्यक परेको खण्डमा हामी सरकारमा जान पनि सक्छौँ, नजान पनि सक्छौँ,’ उनले भने ।

 

काँग्रेस संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाही भने आलोपालो सरकार र दुई मन्त्रालय दिने सहमतिका साथ आफूहरुले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको दावी गर्छन् । उनले दुई दलबीच भएको सहमतिविपरीत मन्त्रालय विभाजन गरिएको बताए । सातवटा मन्त्रालयमध्येकै दुई मन्त्रालय काँग्रेसले लिने सहमति भएको उनको भनाइ थियो ।सरकारमा जाने÷नजानेबारे संसदीय दलको बैठक बसेर निर्णय लिने उनले बताए । संसदीय दलको बैठक एकदुई दिनमै बस्ने उनको भनाइ छ ।

काँग्रेसले चाँडाे निकास दिनुपर्छ :माओवादी सांसद विमला केसी

पूर्व मन्त्री तथा माओवादी केन्द्रकी सांसद विमला केसी भने अब काँग्रेसले समस्याको निकास दिनुपर्ने बताउँछिन् । ‘बुधबार तीन मन्त्री नियुक्त गर्दा उहाँहरु (काँग्रेस)ले दुईवटा मन्त्रालय माग्नुभयो, अहिले पाउनुभएको छ,’ उनले भनिन्, ‘छिटो निर्णय गरेर सरकारलाई पूर्णता दिनुपर्छ ।’

पूर्वमन्त्री केसीले माओवादी पार्टीभित्र कुनै विवाद नभएको दावी गरिन् । माओवादीबाट सरकारमा सामेल भएकाहरुलाई फिर्ता बोलाइएको, नयाँ अनुहारमा पनि कसैलाई नियुक्त गर्नासाथ उक्त निर्णय नै फिर्ता लिइएको र अरुलाई पठाइएको जस्ता विषयलाई उनी पार्टीभित्रको विवादका रुपमा बुझ्न नहुने बताउँछिन् । ‘सांसद भएका सबैको मन्त्री बन्ने इच्छा त हुन्छ नै,’ उनले भनिन्, ‘सकेसम्म सबै साथीलाई सम्बोधन गरेर अघि बढ्ने पार्टीको निर्णय छ ।’

केहि मान्छेको मानसिकता नै अस्थिर भइदियाे : खनाल–नेपाल पक्षकी सांसद देवी ओली

एमालेको खनाल–नेपाल पक्षकी सांसद देवी ओली यतिबेला राजनीतिमा मान्छेको मानसिकता नै अस्थिर भएको बताउँछिन् । राजनीतिक बहस चलिरहने र निकास नपाउने हुँदा कामभन्दा पनि छलफल र भागबण्डामै समय बित्ने गरेको उनले भनिन्।

‘अहिले स्वास्थ्यको क्षेत्र भयावह अवस्थामा छ । सामाजिक विकास मन्त्रालय भने खाली छ,’ उनले भनिन्, ‘यो अवस्थामा सामाजिक विकास मन्त्रालय खाली नहुनुपर्ने हो ।’

महामारीको अवस्थामा भागबण्डाकै लागि मन्त्रालय फुटाउनु उपयुक्त नभएको बताइन् । ‘फुटाउनु नै थियो भने गत वर्ष नै फुटाउँदा राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘यो बेलामा न जनशक्ति, नत स्रोत नै छ, यस्तो बेला मन्त्रालय फुटाउनु राम्रो होइन ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved