Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी गर्छिन सिन्धुपाल्चोककि मीना नेपाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 2, 2022
36 shares

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ गोलभेँडा टिप्दै गरेकी नेपालले भनिन्, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’

नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ४ रोपनी बारीमा गोलभेँडा रोपेकी छिन् । नेपाल मात्रै होइन, डडुवाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् ।

ठूलो क्षेत्रफलमा गोलभेँडा लगाउँदै आएका सोही ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेँडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै गोलभेँडा उठाउन आउँछन् ।’

उनीहरूले अहिले गोलभेँडा र काउलीलगायत सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका छन् । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडाध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक ५ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् ।

‘गतवर्ष गोलभेँडा, काउली लगायत सिजनअनुसारका तरकारी बेचेर यो वडाबाट ५ करोड रुपैयाँ गाउँ भित्रिएको तथ्यांक छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो वर्ष कृषि पकेट क्षेत्रका लागि साढे २ लाख नगरपालिकाबाट अनुदान आयो, साढे २ लाख वडाले बजेट विनियोजन गरेको छ । यसले आम्दानी झन् बढ्ने अनुमान छ ।

सो रकमबाट वडाभरका वडाबाट किसानलाई ४ हजार प्याकेटको तरकारीको बीउ अनुदानमा दिएको उनले बताए । डडुवा, रानीटार र झुलेटारका ३ सय घरधुरीले गोलभेँडा लगाएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि गोलभेँडा लगायतको तरकारी बोकेर दैनिक ५ देखि ११ ओटासम्म गाडी काठमाडौं आउनेगरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved