Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इमेलमै दिन्छन् कुमारी बैककाे सिस्टम हयाक गर्ने चेतावनि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 31, 2021
51 shares

काठमाडौं । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै बिहीबार नेपालको बैङ्किङ क्षेत्र फेरि एक पटक तर्सिएको छ । अज्ञात समूहले कुमारी बैङ्कलाई सिस्टम ह्याक गर्ने चेतावनी दिँदै इमेल पठाएपछि बिहीबार दिनभर बैङ्कका ग्राहक र सरोकारवाला फेरि त्रासमा परेका थिए । कुमारी बैङ्कले ह्याक गर्ने इमेल पाएपछि नियामक निकाय राष्ट्र बैङ्कलाई जानकारी गराएको थियो भने राष्ट्र बैङ्कले पनि मातहतका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थालाई सचेतना अपनाउन सर्कुलर गरेको थियो ।

साउदी ग्रुप अफ कम्पनी नामबाट पठाइएको इमेलमा प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा उल्लेख छ । राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताउनुभयो । विश्वमा दिनको ३०औँ हजार ह्याकिङका प्रयास हुने गरेको बताउँदै उनले त्यसकै एउटा प्रयास भएको बताउँछन् । नेपालको बैङ्किङ प्रणाली प्रभावकारी र बलियो रहेको बताउँदै उनले भने, “निक्षेपकर्ताको रकम बैङ्कमा सुरक्षित छ । बैङ्किङ प्रणाली पनि एकदमै सुरक्षित छ । यसमा कोही डराउनुपर्दैन ।”

गत साउनमा पनि नेपाल राष्ट्र बैङ्कसहित १५ वटा वाणिज्य बैङ्कको सिस्टम ह्याक गर्ने चेतावनीपूर्ण सन्देश सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यतिबेला नेपाल राष्ट्र बैङ्कका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैङ्कका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको इमेलको स्क्रिनसट धेरैका हातहातमा पुगेपछि यसले सर्वसाधारणलाई आतङ्कित बनाएको थियो । त्यसबेला इमेल साथै सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको थियो भने राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकाललाई अन्तर्राष्ट्रिय नम्बरबाट फोनसमेत आएको थियो ।
आफूलाई ह्याकर बताउने समूहले नेपाल राष्ट्र बैङ्कसहित १५ वटा वाणिज्य बैङ्कको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको थियो भने कलसमेत गरेको थियो । भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएपछि तत्काल नेपाल राष्ट्र बैङ्क र विभिन्न बैङ्कको सिस्टम चेक गर्दा सिस्टम सुरक्षित रहेको र ह्याक नभएको तथा डराउनुपर्ने अवस्था नभएको भन्दै राष्ट्र बैङ्कले आश्वस्त तुल्याएको थियो । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved