Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माओवादीमा प्रचण्डबाहेक बिकल्प छैन ,प्रचण्डबिनाको माओवादी असोभनिय : देवेन्द्र पौडेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 28, 2021
33 shares

काठमाडौं । शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले तत्काल पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नखोजिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “माओवादीमा विकल्प नै छैन भन्ने कुरा साँचो होइन ।

हिजो जनयुद्ध नै युवा पुस्ताले गरेको हो । तर अहिले पार्टीभित्र र बाहिर प्रचण्डको भूमिका छ । त्यसैले प्रचण्डको विकल्प खोज्नुहुन्न ।यो प्रचण्डको देवत्वकरण होइन, वास्तविकता हो । उहाँलाई हामीले भगवान् बनाउन खोजेका छैनौं । तर प्रचण्डबिनाको माओवादी पार्टी सोचेका पनि छैनौं ।”

राजतन्त्र अन्त्यदेखि समाजवादी आन्दोलनको वैचारिक नेतृत्व प्रचण्डले मात्र गर्न सक्ने उनले दाबी गरे । पौडेलले थपे, “माओवादी र गैर माओवादी पृष्ठभूमिका साथीहरुका साथै समाजवादी क्रान्तिका लागि प्रचण्डको नेतृत्व सर्वस्वीकार्य छ । त्यसैले प्रचण्डलाई अभिभावक बनाएर राख्न यो महाधिवेशनमा सम्भव छैन । हामीले पार्टीभित्र नेतृत्व विकासका लागि तेस्रो पुस्ताका युवालाई अघि सारेका छौं । केन्द्रीय सदस्यले प्रदेशको नेतृत्व गरेका छन् ।”

प्रचण्डको स्तरको नेता माओवादीभित्र छ भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, “तपाईंले बाबुराम, बादल र किरणजी आदि नेताहरु पार्टीभित्र नभएर प्रश्न गर्नुभएको होला । प्रचण्डको स्तरका कोही नेता आइहाल्छ भनेर मलाई नसोध्नोस् । भरखरै तपाईंले अनुहार नखोज्नु होला । भोलि परिआएमा आन्दोलनको मोर्चा सम्हाल्ने साथीहरु पार्टीभित्र छन् ।”

शान्तिप्रक्रियामा आएपछिका १५ वर्षपछि सबैभन्दा खँदिलो र प्रस्ट राजनीतिक दस्तावेज आएको पनि उनले बताए । उनले भने, “अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावले विगतको उपलब्धिको रक्षा गर्दै विगतका कमीकमजोरी सच्चाउँदै अघि बढ्ने उत्साह दिएको छ । हाम्रा विचारहरु विशृंखलित, ढिला र खुुकुलो भएको, भ्रष्टाचार, कमिसन, यौन अराजकता बढेको आदि इमानदारीपूर्वक आत्मालोचना भएको छ । आफैँमाथि आलोचना र प्रहार गरिएको यो प्रतिवेदन वस्तुगत छ ।”

नेता पौडेलले माओवादी सिद्धियो भन्ने आरोप विलकुल साँचो नभएको पनि बताए । उनले भने, “माओवादी केन्द्र परिवर्तनका लागि सबैभन्दा धेरै त्याग तपस्या र बलिदान गरेको पार्टी हो । विगतमा भएका गल्ती र कमजोरी सच्चाउने कुरा आफ्नो ठाउँमा छ, तर नेपाली जनतालाई राजनीतिक अधिकार सुनिश्चित गरेको हामीले नै हो । अब हामी सरकार, सदन र सडकको मोर्चा प्रयोग गरेर जनता, श्रम र उत्पादनसँग जोडिन्छौं । माओवादीको पुनर्जीवन सम्भव छ ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बालबालिकामा बढ्दो स्क्रिन टाइमप्रति सरकारको ध्यानाकर्षण

  • September 21, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रक...

  • September 21, 2026

लेउ र लेदाे सहितकाे पानी बेच्दै “आक्वा हिल “

  • September 21, 2026

अर्थतन्त्र सुस्त भए पनि प्रगतिपथमा छ : अर्थसचिव उपाध्याय

  • September 21, 2026

भोटेकोशी–त्रिशूली विपद्पछि काम गर्न १५ सदस्यीय संसदीय विशेष सम...

  • September 21, 2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन ...

  • September 21, 2026

महासचिव पाेखरेललाई राेकेर ओलि आफैले चलाए बैठक

  • September 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved