Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रतिवादीलाई छाडे निक्षेपकर्ताकाे रकम जाेखिममा पर्ने सरकारि वकिलकाे जिकिर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 17, 2021
183 shares

काठमाडौं । ठगी सम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दामा प्रतिवादी बनाइएका इच्छाराज तामाङ लगायतका प्रतिवादीलाई थुनामुक्त गरे निक्षेपकर्ताको रकम जोखिममा पर्ने भन्दै उनीहरूलाई थुनामै राख्न सरकारी वकिलले माग गरेको छ । बुधबार र बिहीबार चार जना सरकारी वकिलले गरेको बहसमा उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन् ।

ठगी सम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दामा सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ लगायत ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा जाहेरवाला र प्रतिवादीहरूको बकपत्र सकिएपछि बुधबारबाट थुनछेक बहस सुरु भएको हो ।

उक्त थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला महान्यायाधिवक्ता सुदीकुमार दंगाल र प्रेमराज पौडेलले बुधबार तथा लक्ष्मण उपाध्याय घिमिरे र भीमप्रसाद भुर्तेलले बिहीबार बहस गरेका थिए । उक्त बहसमा सहकारीका सञ्चालक तथा पदाधिकारीले ठगी गर्ने नियतका साथ निक्षेपकर्ताको रकम अपचलन गरेको र उनीहरूलाई थुनामुक्त गर्दा निक्षेपकर्ताको रकम समयमै असुल हुने सम्भावना कम रहेको हुँदा उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका थिए ।
बुधबारको बहसमा जिल्ला न्यायाधिवक्ता सुदीकुमार दंगालले आफूले कमाएको रकमको निश्चित प्रतिशत रकम आफू तथा आफ्नो सन्ततिको सुरक्षित भविष्यका लागि बचत गरेको तर आँफैले बचत गरेको रकम पनि फिर्ता हुने अवस्था नदेखिएको भन्दै उजुरी आएपछि छानबिनका क्रममा रकम अपचलन भएको आरोप लगाए । अनुसन्धानको क्रममा प्रतिवादीहरूले गलत नियत र सहकारी ऐन विपरीत रकम अपचलन गरी विभिन्न स्थानमा लगानी गरेको, आफूखुसी छुट दिएको आदि कारणले संस्था चरम आर्थिक संकटमा फसेको र पीडितहरूको निक्षेप फिर्ता हुन नसकेको आरोप लगाए । हाल प्रतिवादीहरूले सिभिल होम्स, सिभिल बिजनेस कम्प्लेक्स लगायतमा बिना धितो अनधिकृत लगानी गरेको तथा कतिपय व्यक्तिलाई सहकारीको निर्णयबाट रकम वितरण गरिएको, दश हजारभन्दा बढी छुट दिन नहुनेमा ५० लाखसम्म मिनाहा गरिएको आदि कारणबाट संस्था धराशयी भएको आरोप लगाएका थिए ।
कानुनतः अन्य व्यक्तिको हकको सम्पत्ति आफूले खाने, पचाउने नियतले कसैले काम गर्छ भने त्यो ठगी भएको भन्दै ५ अर्ब भन्दा बढी रकमको ठगीमा संलग्नहरुलाई अदालतले छाड्न नमिल्ने जिकिर गरेका थिए ।
सिभिल सहकारीको रकम अपचलनका सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामो समय अनुसनधान गरी ४२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सिभिल सहकारीले १ हजार ५ सय ३ जना निक्षेपकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैया अपचलन गरेको सिआइबीको अभियोगपत्रमा उल्लेख छ । प्रतिवादी बनाइएकामध्ये एक जनाको मृत्यु भइसकेको छ भने इच्छाराज तामाङका दुई छोरीविरुद्ध पनि सम्पत्ति जफत गर्ने प्रयोजनका निमित्त प्रतिवादी बनाइएको छ ।
सिआइबीले सिभिल सहकारी, सिभिल होम्स र सिभिल बिजनेस कम्प्लेक्सका विभिन्न् व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाएको छ । केही व्यक्ति भने अझै फरार रहेका छन् । अभियोगपत्रमा इच्छाराज तामाङ, केशव कुमार अमात्य, डा. दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, ईन्द्रराज हुमागाई, खेमनाथ डल्लाकोटी, प्रवीण प्रसाद प्रधान, केशवलाल श्रेष्ठ, प्रवीण मुखिया, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हरिहर प्रसाद लामिछाने, गोपाल बहादुर श्रेष्ठ, अष्टरत्न तुलाधर, मुकुन्द प्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), लालकाजी गुरुङ, मिना गुरुङ, विजय बिक्रम शाही, बुद्ध राज तामाङ, कौस्तुभ केतन ढुङ्गाना, एलिना तुलाधर, मायोनानी महर्जन, राकेश महर्जन, संगित श्रेष्ठ, शंकर प्रसाद पाठक, प्रकाश कुमार बर्मा, अनु लामिछाने भन्ने अन्नपूर्ण खनाल, जीवनराज बज्राचार्य, रञ्जना महर्जन, सुवास कुमार श्रेष्ठ, कान्ति लक्ष्मी उपाध्याय, नगेन्द्र विमली, कृष्ण प्रसाद श्रेष्ठ, रामराज मास्के, हरि प्रसाद रिसाल, सिर्जना शाक्य (तामाङ), सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, भगवान बहादुर सिंह (डंगोल) आदिलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज दिन्छौ, उपहार दिन्छौँ भनी निक्षेप लिएको र समयमा फिर्ता गर्न नसकेको अभियोगपत्रमा उल्लेख छ । सहकारीले भने बमोजिम नगरी झुक्याई बेईमानी नियतपूर्वक, जाहेरवाला गणेश प्रसाद खड्का समेत १ हजार ५०३ जनालाई हानी नोक्सानी पुर्‍याएको उल्लेख छ ।

प्रतिवादीहरूले निक्षेपकर्ताको रकमको हानी नोक्सानी गरी गैरकानूनी रूपमा अर्थोपार्जन गर्न र निक्षेपकर्तालाई हानी नोक्सानी पु¥याउनका लागि आपराधिक समूह निर्माण गरी सो समूहका सदस्यहरूले रकम जम्मा गर्न लगाई जम्मा भएको रकम साँवा ब्याज फिर्ता गर्छु भनी झुक्याई भने बमोजिम नगरी जम्मा भएको रकम बेईमानीका नियतले सहकारी संस्थाको आडमा जाहेरवालाको रकम खाने पचाउने उद्धेश्य राखी प्रतिवादी मध्येका ईच्छाराज तामाङ २०५७ साल देखि २०६७ साल सम्म सहकारी संस्था लि.को अध्यक्ष रहेको, त्यसपछि हालसम्म अविछिन्न रूपमा प्रमुख सल्लाहकारका पदमा रही काम गरी जाहेरवालालाई भनेको समयमा फिर्ता दिने भनेको रकम नदिई आफै अध्यक्ष भैरहेको अर्को संस्था सिभिल होम्स प्रा.लि., सिभिल बिजनेश कम्पेक्स प्रा.लि., सिभिल अपार्टमेन्ट प्रा.लि. आदिमा लगानी गरेको उल्लेख छ ।

त्यसैगरी प्रतिवादीहरूले सहकारी संस्था लिमिटेडबाट निक्षेपको १७% सम्म ब्याज दिने, ३ वर्ष पुगे पछि २.५ ग्रामको सुनका सिक्का उपहार दिने भनी जाहेरवालालाई निक्षेप रकम जम्मा गर्न लगाई हाल निक्षेप रकम फिर्ता गर्न भनी रकम झिक्न जाँदा भुक्तानी नदिई सुनियोजित रूपमा ठगी गरी रकम पचाउने कार्य गर्न खोजेको उल्लेख छ ।

त्यसैगरी सिभिल सहकारीले ऋण मिनाहा सम्बन्धी विषयमा संस्थाबाट लिएको ऋण भुक्तानी नहुँदै ऋणीको मृत्यु भएमा वा संस्थाले मुनासिब ठानेमा परिस्थिति हेरी तिर्न बाँकी ऋण र ब्याजको भार हेरी राहत स्वरुप लेखा (सुपरिवेक्षण) समिति र ऋण–उप समितिको संयुक्त बैठकको निर्णय अनुसार अधिकतम दश हजार रुपैयाँसम्म ब्याज तथा हर्जना रकम मिनाहा गर्ने व्यवस्था उल्लेख भएकोमा आफै सञ्चालक समितिको अध्यक्ष भएको कम्पनीहरू मध्ये सिभिल होम्स प्रा.लि.लाई प्रवाह गरेको कर्जामा सहकारी संस्था लि.मा ५० लाख, सिभिल अपार्टमेन्ट प्रा.लि. लाई प्रवाह गरेको कर्जामा २५ लाख र सिभिल स्टेट्स प्रा.लि.लाई प्रवाह गरेको कर्जामा २५ लाख मिनाहा गरेको र उक्त कार्य सहकारी ऐन तथा आफ्नै विनियमावली विपरीत रहेको उल्लेख छ ।

बिहीबारबाटै प्रतिवादीका तर्फबाट अधिवक्ताहरूले बहस सुरु गरेका छन् । प्रतिवादीहरूको सङ्ख्या धेरै भएको कारण थुनछेक बहस अझै केही दिन लम्बिने छ । Ratopati.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved