Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१९ कराेड ऋण प्रकरणमा कुमारिबैँकका सीइओ , डेपुटि सीइओ निर्दाेष सावित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 17, 2021
57 shares

काठमाण्डौ । कुमारी बैंक लिमीटेडको १९ करोड ऋण प्रकरणमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) र नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीइओ) निर्दोष सावित भएका छन् ।

नेपाल प्रहरीको सेन्ट्रल इन्भेष्टिगेसन ब्यूरो(सीआइबी)ले लामो समयको अनुसन्धानपछि बैंकका सीइओ अनुजमणि तिम्सिना र डेपुटी सीइओ मनिष तिम्सिनाको १९ करोड ऋण प्रकरणमा कुनै संलग्नता नरहेको निश्कर्ष निकालेको हो ।

योसँगै सरकारी वकिल कार्यालयले समेत सो प्रकरणमा बैंकिङ कसूरको मुद्धा नचल्ने निर्णय गरेको छ ।

सीइओ र डेपुटी सीइओको संलग्नता नरहेको निश्कर्ष निकाल्दै सीआइबीले सो प्रकरणको अनुसन्धान हालै सकाई त्यसको मिसिल सरकारी कार्यालयमा पेश गरेको थियो । सरकारी वकिल कार्यालयले मिसिल तथा अन्य कागजातका आधारमा बैंकिङ कसूरको मुद्धा नचल्ने निर्णय गरेको हो ।

सो प्रकरणमा लामो समयदेखि सरकारी कागजात किर्ते गरी गैरकानूनी धन्दा गर्दै आएको गिरोहको संलग्नता रहेको उल्लेख गर्दै यो प्रकरणमा बैंकिङ कसूर गरेको नदेखिएको समेत निश्कर्ष निकालिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले कीर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएलगत्तै बैंकिङ कसूरमा अनुसन्धानका लागि थप समय पाएको थियो । पाएको थप समयमा अनुसन्धान गर्दा सो प्रकरणमा बैंकिङ कसूर भएको नदेखिएसँगै सीइओ र डेपुटी सीइओ निर्दोष सावित भएका हुन् ।

यो प्रकरणमा किर्ते अन्तर्गतको अपराधमा भने यसअघि नै मुद्धा दायर भएको थियो । सोही मुद्धाको प्रारम्भिक फैसला सुनाउँदै जिल्ला अदालत काठमाण्डौले ३ प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ भने एक प्रतिवादी एकलाख धरौटीमा रिहा भएका छन् ।

सो प्रकरणमा संलग्नताको अभियोगमा प्रहरीले कुमारी बैंकको वीरगञ्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया, किर्ते कागजातका आधारमा कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई (सीआईबी)को टोलीले नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतको आदेशअनुसार सोनु ठाकुर, मुक्तिलाल गौतम, एसकुमार महर्जनलाई पुर्पक्षका लागि बुधबार थुनामा पठाइएको छ।

त्यस्तै, राजेश चौरसिया भने १ लाख रुपैयाँ धरौटीमा छुटेका सीआइबीका एसपी श्याम महतोले जानकारी दिए । राष्ट्रबैंकले समेत सो प्रकरणमा अनुसन्धान गरेको थियो । त्यसक्रममा समेत बैंकिङ कसूर हुने गरी बैंकको उच्च व्यवस्थापनले कुनै काम नगरेको देखिएको निश्कर्ष आएको थियो ।

गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरस्थित १२ बिघा जग्गाको नक्कली कागजात बनाई १९ करोड ऋण कुमारी बैंकबाट लिएको खुलेको थियो । कुमारी बैंकका वीरगञ्ज शाखाका केही कर्मचारीको मिलेमतोमा १९ करोड ऋण लिएको देखिएपछि यो विषय बाहिरिएको थियो । https://bizshala.com/

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved