Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

संगठित वित्तिय ठग इच्छाराज पत्नि सिर्जनालाई पक्राउगर्न प्रहरीद्वारा वारेन्ट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 28, 2021
72 shares

काठमाडौं । संगठित वित्तीय अपराध र ठगी मुद्धामा परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिर्जनालाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । सीआईबीका प्रमुख, डीआईजी धीरज प्रताप सिंहले मुख्य अभियुक्त नै सिर्जना भएको ठहर गर्दै उनलाई पक्राउ गर्न विशेष टोली खटाएको जानकारी दिए ।

यसअघि नै पक्राउ पुर्जि जारी गरेको बताउँदै उनले अहिले पक्राउ गर्न विशेष प्रहरी टोली नै परिचालन गरेको बताए ।मुख्य व्यक्ति नै सिर्जना भएको देखिएको उनले दाबी गरे ।

लामो अनुसन्धानपछि सीआईबीले आज शुक्रबार इच्छाराज र उनीसँग जोडिएका व्यक्तिहरुको संगठित अपराध र ठगी सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको डीआईजी सिंहले जानकारी दिए ।

सीआईबीले संगठित अपराधमा इच्छाराजलाई ८ वर्ष कैद र ५ अर्ब ५९ करोड रुपैयाँ जरिबाना माग गर्दै सरकारी वकिलको कार्यालयमा बुझाएको छ। इच्छाराज अहिले सीआईबीको हिरासतमा छन् ।

सीआईबीका अनुसार हालसम्म ४ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको जाहेरी परिसकेको छ । यसबीचमा ११ सय २६ जनाले आफूहरु ठगिएको भन्दै जाहेरी दिएको सीआईबीले जनाएको छ । सीआईबीले पिडितबाट जाहेरी लिइरहेको छ ।

तामाङले स्थापना गरेका २२ कम्पनीहरुमा सिभिल सहकारीको बचत लगेर लगानी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यी सबै कम्पनीको बहुमत स्वामित्व तामाङ र उनको परिवारको भएको पनि खुलेको छ । तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् ।

अदालतले पनि संगठित अपराध ऐन विरुद्धको कसुरमा अनुसन्धान गर्न अनुमति दिएको छ । संगठित अपराध गरेको आरोप लाग्नेहरुलाई प्रहरी ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । कर्मचारी सञ्चय कोषले समेत इच्छाराजले राजधानीको सुन्धाराको ६ रोपनी जग्गामा बनाएको सीटीसी मल लिलामी गर्न लागेको छ । capitalnepal.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved