Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

२१ कम्पनिका मालिक तामाङले ११सय घरबेचेकाे पैसा काहाँ लगे त? प्रहरी भन्छ,औपचारिक बाटाेबाट बिदेशलगेकाे देखिएन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 11, 2021
603 shares

खिलानाथ ढकाल

काठमाडौं,सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध करिब ६ अर्बको बिगो तयार भएको छ। सिभिल सहकारीको निक्षेप ठगी प्रकरणमा उनीसहित १२ जनाविरूद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले सो बराबरको बिगो तयार पारेको हो।

‘अब १० दिनभित्र अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने हाम्रो तयारी छ,’ ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह भन्छन ।

सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङसहितलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत असोज १८ गते पक्राउ गरेको थियो।हालसम्म उनीहरूविरूद्ध १३ सय ७५ जनाले जाहेरी दिएका छन्। ती जाहेरी र सहकारीमाथि अनुसन्धान गर्दा तामाङ तथा उनका परिवारले २१ वटा कम्पनीका नाममा सहकारीको झन्डै ६ अर्ब रुपैयाँ ऋण निकालेको पाइएको छ।

त्यो ऋण वर्षौंदेखि सहकारीमा दाखिला नगरेको अनुसन्धानले देखाएको छ। तामाङले सहकारीबाट ऋण निकालेर लगानी गरेको सिभिल होम्समा २०६३ पछि ११ सय वटा घर तथा अपार्टमेन्ट बिक्री भएको देखिएको छ। तर, ती घर बिक्री भएको पैसा हिसाब गर्दा झन्डै ११ अर्बजति हुन्छ। त्यो बिक्रीको पैसा तामाङले सहकारीको ऋण तिर्न प्रयोग गरेनन्।

‘त्यो सम्पत्ति कहाँ छ भन्ने देखिएको छैन, उनले विदेशमा लुकाएका हुन् कि भन्ने आशंकामा थप अनुसन्धान भइरहेको छ,’ ब्युरोका एक अनुसन्धान अधिकृतले भने, ‘तर, औपचारिक च्यानलबाट गएको देखिँदैन।’

तामाङले त्यो सम्पत्ति आफूले अन्य कम्पनी स्थापना गर्दा खर्च गरेको बयान दिएका छन्। तर, त्यसमा चित्त बुझाउने ठाउँ नरहेको ती अधिकृत बताउँछन्। तामाङको केही शंकास्पद कारोबार विदेशतिर भएको सूचनाका आधारमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।यसबारे अनुसन्धानका लागि सोमबार प्रहरीले तामाङसहितलाई १० दिन थप थुनामा राख्न जिल्ला अदालतसँग अनुमति लिएको छ।

‘यो अवधिमा जे-जति आउन सक्छ हामी संकलन गरेर बुझाउँछौं, नआएको खण्डमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेर्छ,’ ब्युरोका अनुसन्धान अधिकृतले भने, ‘उनको व्यक्तिगत खाता, श्रीमती र छोरीको नाममा पनि केही सम्पत्ति गएको देखिन्छ।’

तामाङकी श्रीमती हाल फरार छिन्। उनलाई खोजी गरिरहे पनि फेला पार्न नसकेको ती अधिकृतले बताए। अंशबण्डा गरेर तामाङले श्रीमतीका नाममा सम्पत्ति राखेको पाइएको ब्युरोले जनाएको छ। ब्युरोले तामाङमाथि केही वर्षदेखि नै अनुसन्धान गरिरहेको थियो। ब्युरोले राष्ट्र बैंकमार्फत् तामाङको सम्पत्ति कहाँ-कति छ भन्ने मगाएको थियो। राष्ट्र बैंकमार्फत् विवरण मगाउँदा उनले औपचारिक रूपमा वैदेशिक लगानी गरेको नभेटिएको विभाग बताउँछ।

ब्युरोको अनुसन्धानमा २०७० सालअघि नै करिब चार अर्ब ऋण सहकारीबाट निकालेको देखिएको छ। पछि थप्दै ६ अर्ब पुर्‍याएको देखिएको छ।त्यो पैसा लगानी भएका कम्पनीहरूले राजश्व न्यायाधिकरणमा कारोबार घाटामात्र देखाएका छन्। त्यही अवधिमा ११ अर्बको कारोबार भएको सिभिल होम्सले पनि घाटा नै देखाएको छ।

‘सिभिल होम्सले सहकारीमा ऋण निकाल्दा नाफा भएको अडिट रिपोर्ट देखाएको छ,’ ब्युरोका ती अधिकृतले भने, ‘तर, कर कार्यालयमा राजश्व बुझाउने बेलामा घाटामा रहेको देखाइएको छ।’

घाटामा गएका कम्पनीले कर मिनाहा पाउने हुनाले तामाङले यस्तो प्रपञ्च बनाएको अनुमान ती अधिकृतले गरे।ब्युरोका अनुसार अहिले जति पनि कम्पनी छन् ती सबैबाट झन्डै ७-८ अर्बको बिगो आँकलन गर्न सकिन्छ।

‘ऋण पनि तिरेको छैन, कर पनि तिरेको छैन भने ती घर बेचेको पैसा कहाँ गयो भन्ने प्रश्न खडा भएको छ,’ ती अधिकृतले भने, ‘सहकारीबाट कम्पनीमा ऋण निकाल्दा विद्यमान कानुनलाई बेवास्ता गरिएको छ।’ ‘जनताको पैसा कसरी फिर्ता गर्न सकिन्छ, त्यसका लागि बिगो बराबरको सम्पत्ति छ/छैन भनेर अनुसन्धान गर्दा त्यस्तो देखिन्छ,’ ती अधिकृतले भने, ‘लगभग जनताको निक्षेप फिर्ता हुनेतर्फबाट हामी मूल्यांकन गरी मुद्दा बुझाउँछौं।’

विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेका छन्। तीमध्ये सबैभन्दा बढी सिभिल होम्समा सहकारीको पैसा गएको देखिएको छ। सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणवद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।

२०६३ सालदेखि सुरू भएको सिभिल होम्सको कारोबार लालकाजी गुरुङले हेर्छन्।तामाङ २०५० पछि काठमाडौं फर्केर अध्यापनसँगै व्यवसायमा छिरेका हुन्। त्योभन्दा अघि उनी छातवृत्तिमा इन्जिनियरिङ पढ्न रसिया पुगेका थिए।पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियर पढ्दा उनी ‘ब्याच टपर’ थिए। उदयपुरमा एसएलसी दिँदा उनी ‘जिल्ला टपर’ भएका थिए।तामाङ साधारण परिवारका हुन्। ओखलढुंगा पुर्ख्यौली घर भएका उनी सानै उमेरमा आफ्ना बुवासँग सिंगापुर पुगेका थिए।

बुवा सिंगापुर प्रहरीमा रहेकाले पुलिस क्याम्पमै बसेर पढेका तामाङ माध्यमिक शिक्षा पढ्न भने नेपाल फर्केका थिए। त्यतिबेला उनको परिवार ओखलढुंगाबाट उदयपुर बसाइँ सरिसकेको थियो। २०५२ सालमा उनको काठमाडौंमा कामेन इन्जिनियरिङ कन्सल्टेन्सी थियो। त्यसपछि उनले बाघभैरव कन्सल्टेन्सी खोले। दुबै कम्पनीले निर्माणसम्बन्धी काम गर्थे।

२०५७ सालमा सहकारी नै खोलेपछि भने उनको कारोबार मौलाउँदै गएको देखिन्छ ,उनले २०६० सालतिर सिभिल होम्स खोले, जसमा लगानी गर्नका लागि सिभिल सहकारीले अनुमति नै पाएको थियो। उनीसँगै पक्राउ पर्नेमा सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट म्यानेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्ध बुद्धराज तामाङ, मौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्वा लेखा समिति सदस्य हरिहर लामिछाने छन्।

मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved