Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१५ वाणिज्य बैंकको लाभांश घोषणा : सर्वाधिक लाभांश दिनेमा नबिल बैंक अगाडि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 4, 2021
27 shares

काठमाडौ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । हालसम्म नबिल बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । बै‌ंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ दशमलव चार प्रतिशत नगद र ३३ दशमलव ६ प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७६/७७ मा पनि ३५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

त्यसैगरी, हिमालयन बैंकले २६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये २१ दशमलव ३६ प्रतिशत बोनस सेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले कुल १७ दशमलव ८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । सिटिजन बैंकले १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र ३ दशमलव ९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । इन्भेष्टमेन्ट बैंकले १२ दशमलव ६१ प्रतिशत बोनस सेयर र ३ दशमलव ३९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यसैगरी, एनआइसी एसिया बैंकले कुल १५ दशमलव ७९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १५ प्रतिशत बोनस र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश रहेको छ । नेपाल बंगलादेश बैंकले नगद लाभांश ३ दशमलव ५० प्रतिशत र बोनस सेयर १२ प्रतिशत गरी कुल १५ दशमलव ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । त्यस्तै, एनएमबि बैंकले १२ दशमलव ५ प्रतिशत बोनस सेयर र ३ दशमलव ५ प्रतिशत नदग गरी कुल १५ दशमलव ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।सिद्धार्थ बैंकको १४ दशमलव २५ प्रतिशत बोनस र शूून्य दशमलव ७५ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।त्यसैगरी, बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत बोनस सेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

हालसम्म घोषणा गरेकामध्ये कुमारी बैंकले सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ । बैंकले ६ प्रतिशत बोनस र २ दशमलव ६७ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

ग्लोबल आइएमई बैंकले कुल १३ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ । बैकले १० प्रतिशत बोनस र ३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले कुल १३ दशमलव ६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस र ३ दशमलव ६ प्रतिशत नगद लाभांश दिने भएको हो । एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । त्यस्तै, कुमारी बैंकले हालसम्म घोषणा गरेकोमध्ये सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ । बैंकले ६ प्रतिशत बोनस र २ दशमलव ६७ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । हालसम्म लक्ष्मी बैंक, प्राइम बैंक, एनसिसी बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभुु बैंक, एसबिआई बैंक, सन्राइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved