Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेकपाले बीरजङ्गको सम्मानमा कार्तिक १० गते देशभर र केन्द्रीय कार्यालयले शिवगढीमा सभा गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 19, 2021
27 shares

बुटवल । नेकपाले कात्तिक १० गते पार्टीका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृति र सम्मानमा देशभर श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयस्रोतले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालयले नेता वीरजङ्गको घर रहेको गाउँ कपिलवस्तुको शिवगढीमा र पार्टीका जिल्ला समितिहरूले जिल्लाजिल्लामा श्रद्धाञ्जलीसभाहरू आयोजना गर्नेछन् ।

केन्द्रीय कार्यालयले शिवगढीमा आयोजना गर्ने कार्यक्रममा पार्टी महासचिव विप्लव र केन्द्रीय सचिवालयका सदस्यहरूले नेता वीरजङ्गको जीवनी र उनले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानका बारेमा चर्चा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी जिल्ला सदरमुकाम र स्थानीय स्तरसम्म आयोजना गरिने श्रद्धाञ्जलीसभामा केन्द्रीय सदस्यहरू, विशेष समितिका सदस्यहरू, जिल्ला समिति, जवस मोर्चाका नेताहरूले नेता वीरजङ्गका योगदानहरूका बारेमा परिचर्चा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा मुटुरोगको उपचार गराइरहेकै अवस्थामा असोज २८ गते राती ६१ वर्षको उमेरमा नेकपाका पूर्वपोलिटब्युरो सदस्य एवम् वर्तमान केन्द्रीय सदस्य वीरजङ्गको असामयिक निधन भएको थियो । विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म सहभागी हुँदा हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो ।

२०१७ साल फागुन ७ गते रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।

यसअघि गत शनिबार नेता वीरजङ्गको भावपूर्ण बिदाइ गरिएको थियो । कपिलवस्तु शिवगढीस्थत घरमा श्रद्धाञ्जलीसभापछि स्थानीय चिराई नदीमा नेता वीरजङ्गको अन्तिम संस्कार गरिएको हो । पार्टी नेता, कार्यकर्ता, प्रियजन, आफन्त, विभिन्न पार्टीमा आबद्ध व्यक्तित्व, सामाजिक कार्यकर्ता र स्थानीय जनसमुदायले अश्रुपुरित हुँदै सामूहिक रूपमा जनप्रिय नेता वीरजङ्गलाई बिदा गरेका हुन् ।

श्रद्धाञ्जली कार्यक्रममा पार्टी महासचिव एवम् नेता वीरजङ्गका भाइ विप्लवले वीरजङ्गले अन्तिम समयमा ‘आन्दोलन र क्रान्तिलाई धोका नहोस्’ भनी एकीकृत जनक्रान्ति र जारी वर्गसङ्घर्षप्रति चिन्ता व्यक्त गरेको स्मरण गराउँदै भनेका थिए, ‘कमरेड, तपाईंको सपना हामी पूरा गर्नेछौँ । देश, जनता, हाम्रो वर्ग र जारी क्रान्तिलाई धोका हुनेछैन ।’

महासचिव विप्लवले नेता वीरजङ्गलाई क्रान्तिकारी र इमानदार योद्धाका रूपमा स्मरण गरेका थिए । सहयोद्धा र अभिभावक दुवै भूमिका एकसाथ निर्वाह गरेको स्मरण गर्दै महासचिव विप्लवले योद्धा वीरजङ्गका योगदानहरूको जति प्रशंसा गरे पनि कमै हुने बताएका थिए । त्यस्तै नेकपाका प्रवक्ता प्रकाण्डले शोकसन्तप्त पार्टी महासचिव विप्लव, आमा, वीरजङ्गका परिवारका अन्य सदस्य र पार्टीपङ्क्तिप्रति हार्दिक समवेदना प्रकट गरेका थिए । eratokhabar

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved