Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘संकटमा’ अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2021
12 shares

२५ वैशाख, काठमाडौं ।

नेपालमा कोभिड महामारी जटिल बन्दै जाँदा त्यसको असर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुमा पनि पर्न थालेको छ ।कोभिड असुरक्षाका कारण अत्यावश्यक वस्तुहरुको उत्पादन गर्ने उद्योग सञ्चालन सात प्रतिशतमा झरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाउछ ।

संकट गहिरिदै जाँदा देशभरका खाद्यान्न उत्पादन गर्ने उद्योगहरु पनि एक पछि अर्को गर्दै बन्द हुन थालेको लिमिटेडका सञ्चालन विभाग प्रमुख दिलिप श्रेष्ठले बताए ।हाल देशभरका १० औद्योगिक क्षेत्रभित्र रहेका देशभरका कुल सात सय उद्योगमध्ये अहिले ५० वटा हाराहारी मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ ।

‘अहिले पानी, औषधि र अक्सिजनका उद्योग मात्रै सञ्चालनमा छन्, त्यो भनेको देशभरी ५० वटा जति मात्रै हुन्,’ श्रेष्ठले भने । त्यसबाहेकका बिस्कुट, पिठो लगायतका उद्योगहरुले केही दिनसम्म चलाउने कोसिस गरे पनि देशभरी बढ्दै गएको निषेधाज्ञाका कारण कार्खानामा प्रयोग गरिने कच्चापदर्थ आयत नहुदाको कारण बन्द हुने क्रम बढेको उनले बताए ।

Industrial District Management Limited

उद्योग सञ्चालनका लागि पहिलेको लकडाउनमा जस्तो पासको व्यवस्था नहुनु, कर्मचारी आफैं डराएर काममा आउनै नसक्नु र उद्योग परिसरमै कमचारी राखेर काम गर्न सकिने अवस्था नहुँदा उद्योगहरु चल्न नसकेको लिमिटेडले जनाएको छ ।

केही उद्योगहरुले आफ्नो उत्पादन मौज्दात राखेको आधारमा बजारमा पठाइरहेको पनि श्रेष्ठले बताए । मौज्दातले धानुन्जेल अवस्था सहज हुने र त्यो बेलासम्म उद्योग चल्ने अवस्था नबने संकट आउन सक्नेतर्फ पनि श्रेष्ठले सचेत गराए ।

Industrial District Management Limited

यस पटकको कोभिडमा सीमित अत्यावश्यक बाहेकका उद्योगहरु ठप्प हुन पुगेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । उद्योगहरु नचल्नुको मुख्य कारण संक्रमणको भयावह अवस्था नै रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । देशभरका उद्योगहरु कोभिड अवस्थामा सञ्चालन गर्नेबारे सरकारी नीति स्पष्ट नहुँदा पनि समस्या भएको उपाध्यक्ष श्रेष्ठले बताए । ‘देशैभरका उद्योगहरु बन्द अवस्थामै छन्, यसको पहिलो कारण कोभिड हो, दोस्रो उद्योग सञ्चालनबारे सरकारले स्पष्ट व्यवस्था नगर्नु हो,’ उपाध्यक्ष श्रेष्ठ भन्छन ।

Industrial District Management Limited

बढी खपत हुने काठमाडौं सहितका शहरहरुमा भएको निषेधाज्ञाले उत्पादनको बजारीकरणमा पनि समस्या सृजना भएको श्रेष्ठले बताए । उद्योग बन्द हुनु, खपत घट्नु, र बजारबाट पैसा उठ्ने सम्भावना पनि कम हुनु अहिलेको अर्को समस्या भएको उपाध्यक्ष श्रेष्ठले बताए । दैनिक उपभोग्य खाद्यान्न र औषधि उद्योगहरुले भने कच्चा पदार्थ अभाव झेल्न सुरु गरेको उनको भनाइ छ ।सञ्चालनमा रहेका औषधि लगायतका उद्योगहरुको क्षमता पनि ५०/६० प्रतिशत मात्रै रहेको पनि महासंघ जनाउछ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved