भलिबलको उपाधि भूपू सैनिक र एभरेष्टलाई

हिमांशु राय, पथरी । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट आमाविले हात पारेको छ। बुधबार पथरी शनिश्चरे – १ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि भूपू सैनिक स्कुल र महिला भलिबलको उपाधि एभरेष्ट आमाविले प्राप्त गरेको हो । बुधबार भएको फाइनल प्रतियोगितामा पुरुषतर्फको खेलमा अरुणोदयको […]

मिनी मेराथन दौड प्रतियोगिताको विजेता सरोज र जमुना

  डिकेन्द्र बस्नेत । पथरी शनिश्चरे खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको मिनी मेराथन दौड प्रतियोगितामा पुरुषतर्फ सरोज सिंह र महिला तर्फ जमुना आले मगर प्रथम भएका छन्। पुरुष तर्फको दौडमा सिंहले निर्धारित दुरी १७ मिनेटमा पार गरेका हुन् । यस्तै सोनुप राई दोस्रो र आशिस मण्डल तेस्रो भएका छन् । राई र मण्डलले २० […]

नगर खेलकुद महोत्सव : युनिटी स्पोर्ट्स कल्ब सेमिफाइनल प्रवेश

डिकेन्द्र बस्नेत,झापा । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा युनिटी स्पोर्टस् क्लब किर्तिपुर सेमिफाइनल प्रवेश गरेको छ । युनिटीले प्रस्तावित पथरी रंगशालामा भएको दोस्रो चरणको पहिलो खेलमा राइजिङ स्टार फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । युनिटीका निरोज धिमालले खेलको २२ औं र ३० […]

पथरी शनिश्चरे नगर खेलकुद महोत्सव : कल्याण फुटबल क्लब विजयी

हिमांशु राय मोरङ । मोरङको पथरी शनिश्चरेमा जारी पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा कल्याण फुटबल क्लब विजयी भएको छ । कल्याण फुटबल क्लबले ४–२ गोलको अन्तरले बि १६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । आजको प्रतियोगितामा पहिलो ह्याट्रिक कल्याण फुटबल क्लबका सुरज याक्खाले पूरा गर्दे खेलको […]

विश्व साइकल यात्री शुभप्रसाद शर्मा यु.ए.ई मा

सुबास थापा,आबुधाबी। बिश्व साइकल यात्री शुभप्रसाद शर्मा यु.ए.ई मा आईपुगेका छन् । वातावरण जोगाउन वृक्षारोपण गरौं भन्ने अवधारणा सहित आफू बिश्व भ्रमणमा नीस्किएको शुभप्रसादले बताए। उमेरले ५६ टेकेका शुभप्रसाद १६औ रास्ट्रको भ्रमणका क्रममा यु.ए.ई आईपूगेका हुन् । यु.ए.ई मा डीसेम्बर २ देखी १० तारीख् सम्म भईरहेको (कोप २८) बिश्व जलवायु परिवर्तनको कार्यक्रममा नेपाल सरकारको प्रतिनिधित्व […]

विश्वकप छनोट : नेपाल आज यमनसँग भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताएका छन् । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको […]

दमकमा एकदिवसीय प्रथम मिडिया कप फुटसल हुने

डिकेन्द्र बस्नेत,झापा। पत्रकार मञ्च दमक झापाले दसैं, तिहार, छट पर्वको अवसर पारेर मिडियाकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । मञ्च दमकले एक दिवसीय मिडियाकप फुटसल–२०८० प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा झापामा रहेका विभिन्न पत्रकारजन्य संस्था, मिडिया हाउस र इलामको माङसेबुङबाट विभिन्न मिडियाले सहभागिता जनाउने अनुमान गरिएको छ । पत्रकार सम्मेलन मार्फत सहभागी […]

छैटौँ बेलबारी गोल्डकपको उपाधी ललितपुरको ब्रिगेड ब्वाइज क्लबलाई

काठमाडौं । छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधी चुमेकोे हो । ब्रिगेडले उपाधीसँगै आठ लाख नगद र ट्रफी प्राप्त ग¥यो भने बिर्तामोड झापाले रु पाँच लाख र ट्रफीमा चित्त बुझायो । बिजेतालाई युवा तथा खेलकुद […]

एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध भारतको शानदार जित

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान र भारतबीचको खेलमा भारतले शानदार जित निकालेको छ । भारतले पाकिस्तानविरुद्ध २२८ रनको शानदार जित हासिल गरेको हो । पाकिस्तान आजको खेलमा १२८ रनमा समेटिएको छ । विराट कोहली र लोकेश राहुलको सानदार शतकमा भारत एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई ३ सय ५७ रनको विशाल लक्ष्य दिएको […]

एसिया कप क्रिकेट प्रतियोगिता हेर्न विद्यालय बिदा

काठमाडौं ।एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न दिउँसो २ बजेपछि जनकपुरधाम भित्रका सबै विद्यालयमा बिदा दिइएको छ। जनकपुरधाम उपमहानगरपालिका कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि उपमहानगरभित्र पर्ने सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ। यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि नेपाली […]