Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

छैटौँ बेलबारी गोल्डकपको उपाधी ललितपुरको ब्रिगेड ब्वाइज क्लबलाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 22, 2023
3 shares

काठमाडौं । छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधी चुमेकोे हो ।

ब्रिगेडले उपाधीसँगै आठ लाख नगद र ट्रफी प्राप्त ग¥यो भने बिर्तामोड झापाले रु पाँच लाख र ट्रफीमा चित्त बुझायो । बिजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पुरस्कार प्रदान गर्नुभएको छ ।

निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधीबाट बिमुख भएको हो । खेल सुरु भएको दुई मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । ब्रिगेडका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै झापाका अभिषेक गुरुङले गोल गरेका थिए ।

एकतीसौँ मिनेटमा ब्रिगेड खेलमा फर्कियो । ब्रिगेडका लागि दीपेश आलेले गोल गर्दै खेल बराबरीमा ल्याए । बिर्तामोडका डिफेन्स अघि बढेको अवस्थामा कसैको नजरमा नपरेका दीपेशले डी एरिया नजिकबाट प्रहार गरेको बलले जाली चुम्यो । दुबै टिमले निक्कै आक्रमक खेल खेलेपनि थप गोल हुन नसक्दा खेल ट्राइबेकरतर्फ धकेलिएको थियो ।

ट्राइबेकरमा ब्रिगेडका रोशन राना, एन्जल महर्जन, दीपेश आले, अनिश तामाङ र जय गुरुङले गोल गर्दा बिर्तामोडका योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बुले गोल गरे । बिर्तामोडका निशान तामाङको प्रहार ब्रिगेडका गोल रक्षक विशाल सुनारले बचाएका थिए ।

उनी उत्कृष्ट गोलकिपर समेत भए । बिधागततर्फ पनि ब्रिगेडले कब्जा जमायो । ब्रिगेडका जय गुरुङ उत्कृष्ट खेलाडीमा, डिफेन्स पद्म भट्टराई, हाइ स्कोरर दीपेश, उत्कृष्ट कोच धनेश्वर प्रजापती घोषित भए ।

खेलको म्यान अफ द म्याच बिर्तामोडका अभिषेक गुरुङ, उत्कृष्ट फरवर्ड बिर्तामोडका आशीष चापागाईं, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका रोहन कार्की घोषित भए । उदयमान खेलाडी आयोजकका दुर्गा राई घोषित भए । कोशी प्रदेशमा नियमित हुने बेलबारी गोल्डकपमा नेपाल र भारतका आठ टोली सहभागी थिए । असोज २६ देखि गोल्डकप सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

  • July 23, 2026

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved