प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट बजेट विनियोजन हुने

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन हुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्गलबार बालुवाटारस्थित निवासमा भेटेर आग्रह गरेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलले मङ्गलबार प्रधानमन्त्री देउवा र […]

नेपाली कम्पनीहरुले विदेशमा ऋण लिँदा नेपाली बैंक ग्यारेन्टी बस्न मिल्ने

काठमाडौं। अब वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरू विदेशमा रहेका नेपाली कम्पनीहरूले विदेशी ऋण लिँदा बैंक ग्यारेन्टी बस्न पाउने भएका छन् । साथै, त्यस प्रयोजनका प्रतीतपत्र अर्थात् स्ट्यान्डबाइ लेटर अफ क्रेडिट (एलसी) पनि जारी गर्न पाउने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले मंगलवार एकीकृत परिपत्र २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । […]

प्रहरी अनुसन्धान केन्द्रीय ब्युराेद्वारा नागरिककाे अर्बौं ठगीगरेर लुकिछिपि बसेकाे अवस्थामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ सहित १२ जना पक्राउ

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ । सर्वसाधरणको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संविधानसभाका सदस्य एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् […]

नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी गर्ने यि हुन १६ जना नेपाली

काठमाण्डौ । गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ । गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिद–बिक्री गर्ने काममा नेपाली […]

सिटिजन्स बैंकको डिजिटल बैंकिङ्ग सेवा ” ओम्नी च्यानलमा आधारित “

काठमाडौं । सिटिजन्स बैंकले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा विस्तार गरेको छ । आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार गरेको हो । बैंकको अनुसार हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै […]

नेपाली उद्योगको आय वृद्धिदर ८%

काठमाडौं। नेपाली उद्योगको आय वृद्धिदर ८ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर शुक्रबार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ रहेको बढेको देखाएको हो । […]

सेयर बजारमा उच्च गिरावट

काठमाडौं। वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम […]

चौधरी ग्रुपद्वारा आर्थिक वर्ष २०७७/७८ मा सवा १४ अर्ब राजस्व तिरेको दाबी

काठमाडौं । लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सदनमा र एमाले अध्यक्ष केपी ओलीले हालै एक कार्यक्रममा चौधरीको राजस्व योगदानका विषयमा टिप्पणी गरेका थिए । सो […]

पाउनेभए नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक

काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ […]

घातक रोगबाट पीडितलाईयुनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा १० लाख रुपैयाँ दावी भुक्तानी

काठमाडौं । घातक रोगबाट पीडित बनेका सुशिल कुमार यादवलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीका सिईओ मनोज कुमार लाल कर्णले सो रकम बराबरको चेक हिजो हस्तान्तरण गरेका छन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा घातक रोग सुविधा समेत लिएका यादवलाई घातक रोग लागि उपचार गराएका थिए […]