सहिद गेटको उद्घाटन प्रचण्डले गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन् । प्रचण्डले त्यहाँ सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदको स्मृतिमा गेट बनाइएको छ । २०७० को संविधानसभा निर्वाचनमा सिरहा प्रचण्डको निर्वाचन क्षेत्र भएको जिल्ला पनि थियो । क्षेत्र […]

खाना पकाउने ग्यासको मूल्य १,६०० प्रति सिलिन्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले २२ गत्ते  राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो । ‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु […]

भएन सुधार बैंकहरुको सीडी रेसियोमा

काठमाडौं। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार गर्न सकेका छैनन् । बैंक वित्तिय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित ९० प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको थियो । तोकिएको भन्दा बढी भएमा बैंक तथा वित्तिय संस्थाहरुले २०७९ असार मसान्त भित्र तोकिएको अनुपात कायम […]

मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्थे । तर पछिल्ला वर्षहरुमा उनलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ ।  “विसं २०५३ देखि दुई  गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ”, […]

छाेरी जन्मनासाथ ” बालिका बचत” खातामार्फत ४ हजार दिँदै हलेसि नगरपालिका

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ‘बालिका बचत’ कार्यक्रम अन्तरत १२९ छोरी समेटिएका छन् । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्याको प्रयास स्वरुप नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ बाट सुरु गरेको ‘बालिका बचत’ कार्यक्रममा १ साउन २०७७ देखि हालसम्म जन्मिएका छोरी समेटिएका हुन् । कार्यक्रम लागू भए यता जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ […]

‘इनर्जी एक्सचेञ्ज मार्केट’मा लगातार बिजुलीको भाउमा वृद्धि

काठमाडौं । कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा आयात गरेको बिजुली उपलब्ध गराइरहेको छ । ‘इनर्जी एक्सचेञ्ज मार्केट’मा लगातार बिजुलीको भाउमा वृद्धि भएपछि त्यसले पारेको प्रभाव कति समयसम्म जान्छ भन्ने कुनै अनुमान गर्न सकिँदैन । तर नेपालका लागि भने […]

फेरि बढ्याे पेट्राेल र डिजेलकाे मुल्य

काठमाडौ । भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। शुक्रबार भारतीय तेल मार्केटिङ कम्पनीहरूले फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर भारु ८० पैसाले बढेको छ। यसअघि मंगलबार पनि पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रुपमा बढेको थियो। पछिल्लो चार दिनभित्र पेट्रोल र डिजेलको मूल्य २.४० भारुले बढेको छ। यो बढेको मूल्यसँगै […]

एनएमबि बैंक लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर आज देखि विक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि विक्रीमा ल्याएको छ ।बैंकले शेयरधनी विजय बाबु श्रेष्ठको नाममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सूचना जारी गरेको हो । यी शेयर खरीदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले […]

आजदेखि जावलाखेलमा फ्लोरिकल्चर पुष्पमेला

काठमाडौं। आजदेखि ललितपुरको जावलाखेलमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पुष्पमेला आयोजना हुँदैछ । एसोसिएसनका महासचिव विश्वमणी पोखरेलका अनुसार ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुने मेलाआगामी आइतवारसम्म चल्ने छ ।मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायिक स्टलका लागि ५६ वटा सहित जम्मा ६२ वटा स्टल […]

आज सुनको मूल्य

काठमाडौं । सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दु सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ […]