बज्र ग्रुपकाे लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार

नेपालि बजार मा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुप ले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ जसमा सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट , मास्क , अटोमोबाइल रहेको छ | बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ | जसमा वुलिंग कार किन्दा सुनको […]
बाँसबारी छाला जुत्ता उद्योगकाे जग्गा हडपेकाे आराेपमा बिनाेद चाैधरीका भाइ पक्राउ

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा माननिया विनाेद घाैधरीका भाई अरुण चौधरी पक्राउ परेका छन्। सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो। बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्याइसकेको छ। सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ। बाँसबारी छालाजुत्ता कारखानाको […]
जनताको बचतले खडा सुमेरु सहकारीको साढे १५ अर्बको सम्पत्ति हत्याउन लुछाचुँडी

काठमाडौं । भरत महर्जनको समूहले ३७ हजारभन्दा बढी सर्वसाधारण बचतकर्ताको रकम संकलन गरी खडा गरेर दुरुपयोग गरेको सुमेरु ग्रुपको सम्पत्तिमा अहिले अन्य ठूला सहकारी ठगीमा संलग्न तीन समूहले लुछाचुँडी गरिरहेको पाइएको छ । जनताको पैसाले खडा भएको १५ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सम्पत्ति हत्याउन सोही सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जन र वर्तमान अध्यक्ष हेमराज […]
सम्पति शुद्धीकरणद्वारा पूर्व एमाले संसद मुद्दा दाेषिठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक तथा संविधान सभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । विशेष अदालतले उनीमाथि ३ वर्षभन्दा बढी […]
जब कम्प्युटर अपरेटरले उपसचिवकाे खातामा जम्मागरे अढाई कराेड

काठमाडौँ । परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको हो । ‘बुटवल यातायात कार्यालयका कम्प्युटर […]
फरवार्ड माइक्रोफाइनान्सको एघारैा वार्षिक साधारण सभा सम्पन्न

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको मुख्य कार्यालय सुनसरीको दुहवीमा आयोजित वार्षिक साधारण सभाको प्रमुख अतिथी सांसद भगबती चौधरी रहेकी थिइन् । साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाहरुले ५९ लाख विपन्न […]
जुत्ताको कथामा बनेको लघुचलचित्र ‘पाउलो’मा जुत्ता कम्पनीको सहकार्य

काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । पाउलोमा रेनुका […]
नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४७ औं साधारण सभा आज

काठमाडौं । नेपालका अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४७ औं साधारण सभा आज हुँदैछ । सोल्टी होटलमा आज र भोलि दुई दिन हुने साधारण सभामा नेपालभर छरिएर रहेका अटो व्यवसायीहरु सहभागि हुनेछन् । नाडाको अध्यक्षमा करण चौधरीसहित कार्यसमितिका सबै निर्विरोध चयन भएका छन् । नाडाको विधान अनुसार पदाधिकारी भने सदस्यबाटै चयन […]
२० कराेड लगानिमा भारतकाे आफुखुसि चल्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् । शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुको जिज्ञासामा जवाफ दिँदै उनले खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च गर्न पाउने भएका हुन् । ‘भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने […]
वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलोपटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षका लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको […]
