हामीलाई अप्ठेरोमा पार्ने भनेको जानेको, तर पक्का नभएको कुराले हो । 

  श्रीराम रानाभाट। हिँड्ने गरेको सानो गोरेटोलाई छोडेर कहिलेकाहीँ जङ्गलभित्रको संसारमा पस्नुस् । तपाईंले अवश्य आफूले कहिले नदेखेका चिजहरु देख्नुहुनेछ । अनुभव भन्दा ठूलो गुरु केही हुँदैन । आज एकछिन तपाईं यो जंगलमा आउनुहोस् म केही ध्वनिहरू गुञ्जाउँछु । जुन ध्वनिहरुले तपाईंमा हौसला थप्न सक्छ,सान्त्वना दिन सक्छ, विश्वास जगाउन सक्छ,उठेर अगाडि बढ्ने कदम उठाउन सक्छ […]

“आँसु र रगतले रुझेको सहर”

    पाप र कलङ्कको दाग मेटिँदैन यिनीहरूको असल इतिहास लेखिँदैन यिनीहरूको अरुलाई मारेर रगत पिउने बानी परेकाहरु पछुतो, ग्लानी, स्वीकारोक्ति देखिँदैन यिनीहरूको ।   जनता रुँदा रुँदा आफ्नै आँसुले रुझेका छन् , तिमी हत्यारा हौ भनेर बुझ्नेले बुझेका छन् , तिम्रो निन्दा त जति गरे पनि पुग्दैन के गर्नु , मान्नेले तिमीलाई भगवान नै […]

मतदाताहरुमा अपिल तथा लोकतान्त्रिक आह्वान

डा. साइमन पिटर । आगामी निर्वाचन लोकतन्त्र, उत्तरदायित्व र दीर्घकालीन राष्ट्रिय हित सुनिश्चित गर्ने महत्वपूर्ण अवसर हो। यो चुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई नेपालको लोकतान्त्रिक भविष्य निर्माण गर्ने ऐतिहासिक घडी हो। यस पृष्ठभूमिमा हामी सम्पूर्ण नेपाली नागरिकलाई संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, संवैधानिक शासन र मानव अधिकारको प्रभावकारी कार्यान्वयनका लागि दृढ, लोकतान्त्रिक, उत्तरदायी […]

त्यसैले मेरा लागि ठाउँ रहेन कांग्रेसमा : अबुल हुसेन अनसारी

कांग्रेस र म मेरो आजसम्मको जीवनको उर्जाशील समय नेपाली कांग्रेस र लोकतन्त्रका लागि अर्पित भएको छ । कांग्रेसमा मैले कहिले पद र प्रतिष्ठाको लोभ गरिनँ । सधैँ एक कटिवद्ध सिपाही झैँ पार्टीका गतिविधिमा सक्रिय भइरहेँ । कांग्रेस मेरो लागि केवल एउटा राजनीतिक दल मात्र थिएन, मेरो राजनीतिक चेतना, संघर्ष र सपनाको साझा घर थियो । […]

के तपाईँको प्रगति देख्नै नसक्ने दुश्मन पत्ता लगाउन चाहनुहुन्छ?

    श्रीराम रानाभाट।  यो त आफै उम्रने हो, छर्नै पर्दैन वारीखोला पारीखोला, तर्नै पर्दैन दुई चारवटा राम्रा काम,गर्न थाल्नुस् तपाईं शत्रु खोज्न झगडा , गर्नै पर्दैन । के तपाईँ आफ्नो दुश्मन पत्ता लगाउन चाहनुहुन्छ ? जुन दुश्मनले तपाईंको प्रगति देख्नै सक्दैन बिगार्न भत्काउन तपाईँलाई गिराउनका लागि लागि परेको छ…? त्यही दुश्मनका कारण अन्य शत्रुहरू […]

गणेश पराजुली : जनताको आवाजदेखि संसदसम्म : काठमाडौं–७ मा दाेहाेरिएका उमेदवार

” मैले चिनेकाे” गणेश पराजुली : जनताको आवाजदेखि संसदसम्म : काठमाडौं–७ मा दाेहाेरिएका उमेदवार । दिपृश श्रेष्ठ, काठमाडौं निर्वाचन क्षेत्र नं. ७ नेपालको राजनीतिमा सधैँ चासोका साथ हेरिने क्षेत्रहरु मध्यकाे एक हो। शिक्षित, सचेत र परिवर्तनप्रेमी मतदाताले भरिएको यो क्षेत्रले हरेक निर्वाचनमा नेतृत्वको गुणस्तर खोज्छ। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यका […]

काठमाडौ निर्वाचन क्षेत्र नं.३ का उमेदवार प्रदीप विष्ट काे हुन् ??

दिपेश श्रेष्ठ। राजनीति पद र पहुँचको खेल मात्र होइन, जनताको दुःख–सुख बुझ्ने संवेदनशील जिम्मेवारी हो भन्ने मान्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) बाट क्षेत्र नं. १० मा उम्मेदवार बनेका प्रदीप विष्ट आज मतदातामाझ फरक पहिचान बनाउँदै अघि बढिरहेका छन्। स्वतन्त्र सोच, स्वच्छ छवि र समाजसेवामा आधारित जीवन यात्राका कारण उनी आम नागरिकका लागि आशाको प्रतिनिधि […]

काे हुन् खाेटाङ कांग्रेसका उमेदवार वीरकाजी राई ??

संघर्ष, संगठन र सेवाको निरन्तर यात्रा ” मैले चिनेकाे” खोटाङ कांग्रेसका नेता वीरकाजी राई: दिपेश श्रेष्ठ। राजनीति केवल पद र शक्ति प्राप्तिको साधन होइन, यो जनताको दुःख–सुखसँग प्रत्यक्ष जोडिने जिम्मेवारीपूर्ण सेवा हो। यही मान्यतालाई आत्मसात् गर्दै विगत तीन दशकदेखि नेपाली कांग्रेसको संगठन निर्माण, लोकतन्त्रको रक्षा र खोटाङ जिल्लाका नागरिकको पक्षमा निरन्तर क्रियाशील नेता हुन् वीरकाजी […]

नाचिरहेकी मृत्यु (कविता)

✍️प्रकाशचन्द्र खतिवडा साँझ एक्लिएको छ निस्तब्ध छ आकाश समय मुस्कुराउँदैन पवन स्थिर छ मान्छेका हुलहरु एउटा प्रश्न बोकेर हिड्छन हामी जीवित छौ या मृत ? जीवनका पराजय बेहोर्दै मान्छेहरु विजयको यात्रा तय गर्दै छन जिजीविषा कोट्याएर । म उज्यालो खोज्न तल्लीन छु अध्याँरो चिर्दै म प्रेमको दीप बालिरहेछु मान्छेहरुलाई पे्रमको उज्यालो छर्दै मान्छेहरु धरमराउँदै प्रेम […]