Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हामीलाई अप्ठेरोमा पार्ने भनेको जानेको, तर पक्का नभएको कुराले हो । 

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 13, 2026
0 shares

 

श्रीराम रानाभाट। हिँड्ने गरेको सानो गोरेटोलाई छोडेर कहिलेकाहीँ जङ्गलभित्रको संसारमा पस्नुस् । तपाईंले अवश्य आफूले कहिले नदेखेका चिजहरु देख्नुहुनेछ । अनुभव भन्दा ठूलो गुरु केही हुँदैन । आज एकछिन तपाईं यो जंगलमा आउनुहोस् म केही ध्वनिहरू गुञ्जाउँछु । जुन ध्वनिहरुले तपाईंमा हौसला थप्न सक्छ,सान्त्वना दिन सक्छ, विश्वास जगाउन सक्छ,उठेर अगाडि बढ्ने कदम उठाउन सक्छ । आफैमा भएको अलौकिक क्षमतालाई महसुस गराउन सक्छ। किनकि तमाम आश्चर्यहरु हामी आफै भित्र बोकेर हिँड्छौ तर बेखबर हामी,सबै चिज बाहिरी संसारमा खोज्ने गर्छौं ।

• हामीले मौका,अवसरलाई चिन्न सकेका हुँदैनौं किनकि त्यो कठिन परिश्रमका रूपमा आएको हुन्छ । या त्यो समस्या अवसरको भेष बदलेर आएको हुन्छ। जीवनमा कठिनाइ हामीलाई दुःख दिन होइन हामीभित्र लुकेको प्रतिभा, सुक्ष्मतालाई बाहिर निकाल्न आएको हुन्छ। जसरी चन्द्रमाले रातलाई चम्किन सिकाउँछ, दुःख,संघर्ष,समस्याले हामीलाई जिन्दगी बुझ्न र व्यवस्थित गर्न सिकाउँछ। हेर्न मात्र जान्नुपर्छ सङ्घर्षभित्र पनि हर्ष लुकेको हुन्छ ।

• हेर्नु एउटा कुरा हो,हेरेको कुरामा देख्नु अर्को कुरा हो । देखेको कुरा बुझ्नु तेस्रो कुरा हो । बुझेको कुराबाट सिक्नु चौथो कुरा हो तर सिकेको कुराबाट काम गर्नु सबै कुरा हो । जीवनमा दुःख मात्र होइन सुख पनि हुन्छ मात्र हामीले दुःखलाई लम्ब्याएर हेर्ने गर्छौं । कहिलेकाहीँ नैरास्यता हुनैपर्छ किनकि सजिलै जितेको पुरस्कार सजिलै र सानो हुन्छ । जब तपाईँ सफलताको बाटो अलिकति लम्बिएको मात्र हो भन्ने मानसिकता राख्नुहुन्छ अनि थाहा हुन्छ तपाईं सफलताको बाटोबाट विमुख हुनुभएको छैन । सेक्सपियरले भनेका छन् “राम्रो र नराम्रो भन्ने केही पनि छैन, तर सोचाइले नै यस्तो बनाउँछ”। कठिनाइमा हौसला छोडिएन भने अरु केही चिजले पनि तोड्न सक्दैन। संसारमा सबै कुरा ठक्कर खाएपछि टुट्ने गर्छ तर मनुष्य नै त्यो जीव हो जो जति ठक्कर खायो उति नै बलियो भएर आउँछ । जो मान्छे भित्रैबाट टुटेको हुन्छ त्यो जति शक्तिशाली अरु कोही हुँदैन ।

• आफूलाई आफूले नै अगाडि बढाउने हो धकेल्न कोही आउँदैन । कसैले पनि तपाईँलाई धेरै माथि तान्न सक्दैन किनकि तपाईंले डोरीमा कसेर समाएको हात छोड्न सक्नुहुन्छ तर आफ्नै खुट्टाले चढ्नुभयो भने तपाईँले हिमाल नै चढ्न सक्नुहुन्छ । हामीले हाम्रो काँधमा थाम्न सक्ने सबभन्दा गरुङ्गो बोझ भनेको हाम्रो कमजोरी, हाम्रो समस्या, हाम्रा पीडा वेदना नै हुन् । त्यसैले बदल्न नसक्ने कुरालाई स्वीकार गर्न सिक्नुहोस् । अनि तपाईंले धेरै नैरास्यता र मुटु दुखाइबाट मुक्ति पाउनुहुनेछ। तपाईँलाई गाल्ने धेरै कुरालाई अत्यन्तै सानो बनाइदिनुस्। हो हामीलाई आफ्नो दुःख पहाड जस्तो लाग्छ, अरुको दुःख तिल । आफ्नो दुःख पत्थर जस्तो लाग्छ अरुको न्वाउनि घिउ । भाग्यलाई खराब र मान्छेलाई कमजोर नसम्झनुस्,यी दुवै चिज बदलिन बेर लाग्दैन । तर बदलिन्छ तब जब हाम्रो दृष्टिकोण बदलिन्छ । यदि तपाईं आफ्ना लागि आफ्नो दृष्टिकोण बदल्न सक्नुहुन्न भने,आफूले आफैलाई चाहेको जस्तो बनाउन सक्नु हुन्न भने,अरुलाई आफूले चाहेको जस्तो बनाउन सकिन भनेर चिन्ता किन गर्नुहुन्छ…..?

• एउटा चाइनिज उखान छ “दुःख र पीडाका चराहरूलाई आफ्नो टाउको वरिपरि उड्नबाट रोक्न त सक्नुहुन्न तर तिनलाई आफ्नो कपालमै गुंड बनाउनबाट त रोक्न सक्नुहुन्छ । बुढ्यौलीले छुनु त्यति समस्या होइन, तर बुढो हुने डरले त्यो समस्या देखाउँछ । नदीमा हाम फाल्दैमा मृत्यु हुँदैन , मृत्यु तब हुन्छ जब पौडिन आउँदैन । त्यसैगरी परिस्थिति कहिलै समस्या बन्दैन तर बन्छ ,जब हामीलाई परिस्थितिसँग खेल्न आउँदैन । रुनु गल्ती हुँदैन नि त ,तर एउटै कुरामा पटक पटक रुनु केवल गल्ती होइन पागलपन हो । रोएर कुनै चिज बदलिने भए दुःख, मेटिएर जाने भए दुःखी को नै रहन्थे र बरु दुनिया नै आँसुमा डुबेको हुन्थ्यो । “हेलेन केलर” सायद संसारकै एक प्रख्यात तर असक्त थिइन् । उनले भनेकी छन् “कोही मानिस सँग पनि त्यस्तो कमजोरी छैन,जो कहीँ कुनै समय उसका लागि सही, उपयोगी नभएको होस् । म ईश्वरलाई मेरो अशक्तताको निम्ति धन्यवाद दिन्छु ,किनकि यदि अरु मानिस जस्तै सग्लो ,सक्त भएको भए आज म मेरो अस्तित्व जोगाउन सक्दिनथे । अर्थात् म सबैलाई चिन्थेँ तर मलाई कसैले चिन्दैनथ्यो”। यदि खुट्टामा त्यो पनि ब्रान्डेड जुत्ता छैन भनेर दुःखी हुनुहुन्छ भने किन याद आउँदैन तपाईँलाई ती खुट्टा नभएका मान्छेहरु…..? सामान्य उदाहरण लिनुहोस् “चिनी दूध र चियापत्तीको मात्रा नमिल्दा त चिया मिठो हुँदैन,जीवन हो जीवन त्यसै मिठो कहाँ हुन्छ…?मात्रा मिलाउन जान्नुपर्छ”।

• आफूलाई थाहा नभएका कुरामा चिन्ता नगर्नुहोस् हामीलाई अप्ठ्यारोमा पार्ने भनेको जानेको तर पक्का नभएको कुराले हो । चिन्ताले आजसम्म कुनै पनि समस्यालाई निराकार गरेको छैन । गर्नु छ भने चिन्तन गर्नुहोस्,मनन गर्नुहोस्, विश्वास गर्नुहोस् भविष्य कसैले देखेको छैन । हाम्रो पनि बदलिन सक्छ । सूर्यको किरणले पनि सबै कुरामा आगो लाग्दैन, तर जुन कुरामा केन्द्रित हुन्छ त्यसमा लाग्न सक्छ । बरु आफू जहाँ र जे गर्दै हुनुहुन्छ त्यसैमा केन्द्रित रहनुहोस् । दुःख,पीडा,असफलता, गरिबीहरूमा केन्द्रित हुनुहुन्न भने त्यो फैलिँदै जान्छ । सन्तुष्टिको अध्याय पनि त्यही हो, स्थान होइन स्थिति होइन केवल मस्तिष्क एक्लैले मान्छेलाई खुसी या दुःखी तुल्याउँछ । मस्तिष्कलाई पोषण दिने काम गरौं तपाईंले वर्षमा कति पटक आफ्नो मस्तिष्कलाई धार लाउनु भएको छ ? बोधिलो हतियारले तरकारी काट्दैन । त्यसैगरी आफूलाई सुसज्जित र सुसंगठित राख्नका लागि निरन्तर शारीरिक मात्रा होइन मानसिक अभ्यासको जरुरत हुन्छ । कुनै पनि चिजको अभावमा जति उदास हुनुहुन्छ त्यो चिज पाउने आशा गर्नु अगाडि विचार गर्नुहोस् त जोसँग त्यो चिज पहिलेदेखि छ उ कतिको खुसी छ..? सबै कुरा हाम्रो विरुद्ध गइरहेको छ भनेर आत्तिनु पर्दैन । हवाईजहाज हावाको उल्टो दिशालाई चिरेर मात्र उड्ने गर्छ हावासँगै होइन ।

• असफलता भनेको फेरि सुरुवात गर्ने अवसर हो अरु अनुभवका साथ । यदि हामी हाम्रो कमजोरीबाट, गल्तीहरुबाट, असफलताबाट केही सिक्दैनौं भने मात्र त्यो गल्ती हो अन्यथा गल्ती हुँदैन । धेरै शंका र उपशंकाको श्रृङ्खला होइन हिम्मतका शृंखलाहरु शुरु गर्नुहोस् । जे गर्नु छ सुरुवात गर्नुहोस् । कि त जितिन्छ कि त सिकिन्छ । जसले सुरुवात गर्छ उसले आधा काम फत्ते गरेको हुन्छ । जिन्दगीमा केही गर्नु छ ,बन्नु छ भने सबभन्दा पहिला विश्वास त आफैंलाई गर्नुपर्ने हुन्छc। यदि तपाईँ भित्रको मान्छेले तपाईँलाई विश्वास गर्छ भने बाहिरका मान्छेले रोक्न खोज्ने मात्र हो । यदि जीवनमा पीडा अनि दर्द भोगिसकेका छौं भने अब हरेस किन खाने ? बरु यही दर्दको सागरबाट मोती निकाल्न थाल्नुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved