Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नाचिरहेकी मृत्यु (कविता)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 30, 2026
0 shares

✍️प्रकाशचन्द्र खतिवडा
साँझ एक्लिएको छ
निस्तब्ध छ आकाश
समय मुस्कुराउँदैन
पवन स्थिर छ
मान्छेका हुलहरु
एउटा प्रश्न बोकेर हिड्छन
हामी जीवित छौ या मृत ?
जीवनका पराजय बेहोर्दै
मान्छेहरु विजयको यात्रा तय गर्दै छन
जिजीविषा कोट्याएर ।

म उज्यालो खोज्न तल्लीन छु
अध्याँरो चिर्दै
म प्रेमको दीप बालिरहेछु
मान्छेहरुलाई पे्रमको उज्यालो छर्दै
मान्छेहरु धरमराउँदै
प्रेम दीप हेर्छन
र मुस्कुराउँछन चन्द्रमा जस्तो ।

मान्छे भित्रको अन्धकार पग्लिए पछि
प्रेम अङ्कुर हुन्छ
प्रेममा बाँधिएका छन प्रेमील जोडी
वर्तमानलाई मुठ्ठीमा कसी
भविष्यको तिलस्मी सपना देखेर ।

एउटी आमा शोक व्यक्त गर्छिन
पुत्र वियोगमा परी
आमाको इज्जत
दश ठाउँ टालिएको देखेर
अनाथ बालबालिका
आमालाई पुलुक्क हेर्छन
पिछा गर्छन आमाको
आमा वात्सल्य देखाउँछिन
काखमा राख्छिन अनाथ बालबालिका
तप्प आँसु झार्छिन
र सोध्छिन
तिम्रा बा आमा छैनन ?
तिम्रा भविष्यका सपनाको मृत्यु भएकै हो त ?

तिम्रो शहर
कङ्क्रिटै कङक्रिटले बनेको छ
तिमी फलामे मुटु बोकेर
संवेदना हराई
मानवीयता गुमाउँदै छौ
त्रासको जिन्दगी बोकेर ।

मान्छेहरु ईश्वर खोज्छन
मन्दिर धाएर
मन्दिरमा ईश्वर भेटिएनन
ईश्वर त रोइ रहेछन (यदि ईश्वर छन भने)
दीन दुःखिको झोपडीमा
च्यातिएको कपडा भित्र ।

धनाढ्यहरु
भविष्यको चित्र कोर्दै
दम्भले मात्तिएर
अट्टहास गर्छन
आफूलाई अजम्बरी ठानी
तिनीहरु अरुलाई तुच्छ ठान्छन ।

जबकि
तिनीहरुको काखैमा
मृत्यु नाचिरहेकी हुन्छे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

इतिहासको साक्षी रानीपोखरी : पुनर्जीवनसँगै उजागर हुँदै भक्तपुरक...

  • July 22, 2026

कर्णालीमा खाद्य सुरक्षाको संकट: ९५% किसानको उत्पादनले वर्षभरि ...

  • July 22, 2026

आयुर्वेद सेवा सुधार र स्वास्थ्य पर्यटन प्रवर्द्धनमा सरकारको जोड

  • July 22, 2026

भूमि समस्या समाधानका लागि नीतिगत पहल आवश्यक : महासचिव शंकर पोखरेल

  • July 22, 2026

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी ज...

  • July 22, 2026

नागढुङ्गा सुरुङमार्गको सांसद् प्रदीप विष्टद्वारा स्थलगत अवलोकन...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved