Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

के तपाईँको प्रगति देख्नै नसक्ने दुश्मन पत्ता लगाउन चाहनुहुन्छ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 4, 2026
6 shares

 

 

श्रीराम रानाभाट।  यो त आफै उम्रने हो, छर्नै पर्दैन

वारीखोला पारीखोला, तर्नै पर्दैन

दुई चारवटा राम्रा काम,गर्न थाल्नुस् तपाईं

शत्रु खोज्न झगडा , गर्नै पर्दैन ।

के तपाईँ आफ्नो दुश्मन पत्ता लगाउन चाहनुहुन्छ ? जुन दुश्मनले तपाईंको प्रगति देख्नै सक्दैन बिगार्न भत्काउन तपाईँलाई गिराउनका लागि लागि परेको छ…? त्यही दुश्मनका कारण अन्य शत्रुहरू बनाइरहेका छौं….? हामीले कहानी सुनेका थियौं कुनै योगी या राजा जसले भन्ने गर्थे मेरो कोही दुश्मन छैन । जब उनको जीवनमा एउटा यस्तो घटना घट्यो उनलाई सोधियो यसको पछाडि कसैको हात हुन सक्ला….? पछि थाहा भयो हुनसक्ने शत्रुहरूको लिस्ट कति हो कति । हो यस्तै दुश्मन पत्ता लगाउनका लागि पहिला यो कहानी सुनाउँछु ।

एउटा ड्राइभर र कन्डक्टर लामो समयदेखि एउटा रुटमा गाडी चलाउँथे। एकदिन त्यो बसमा अलिकति हट्टाकट्टा जिउडाल भएको यात्री चढ्यो र अन्तिम सिटमा गएर बस्यो । कन्डक्टर टिकट चेक गर्दै आयो । तिनै हट्टाकट्टा प्यासेन्जरलाई पनि सोध्यो टिकट देखाउनुहोस् । त्यो व्यक्तिले भन्यो ,’म टिकट लिदिन’ । कन्डक्टरलाई सबैका सामुन्ने इन्सल्ट महसुस भयो । रातो अनुहार गरेर कुनै कारण नसोधिकन फर्केर आयो । मनमनै सोच्यो ,तैले आफ्नो जिउडालको प्रभाव देखाएको होलास । अर्को दिन पनि त्यो प्यासेन्जर त्यहीँबाट गाडी चढ्थ्यो र एउटा कलेज नेर उत्रन्थ्यो । ऊ सबैसँग टिकट माग्थ्यो तर ऊ त्यहीँनेर(हट्टाकट्टा मान्छेनेर) पुगेपछि ऊसँग माग्दैनथ्यो र मुख मोडेर फर्कन्थ्यो । गाडी चढ्ने बेलामा पनि नचढ भन्न सक्दैनथ्यो । मनमनै सोच्न थाल्यो कि म तँलाई एकदिन देखाउँछु । उसले ड्राइभरलाई भन्यो, गुरुजी म भोलि बिहानबाट दुई तीन घण्टा ढिला आउँछु । छ महिनाका लागि घरमा त्यस्तै काम परेको छ ।

ड्राइभरले पनि नाई भन्न सकेन । अब त्यो कन्डक्टर बिहान हरेक दिन जिम जाने, कहिले कराते सिक्न जाने, प्रोटिन सेकहरू पिउने, भिटामिन खाने गर्दै ज्यान बनाउनतिर लाग्यो । दुई तीन महिनापछि शरीरको आकार बदलिदै गयो । गुरुले सोध्ने गरय्यो के चक्कर हो…? ऊ केही बोल्दैनथ्यो । अब उसका पाखुरामा मसल देखिन थालेको थियो । लगभग ६ महिना भइसकेको थियो । जिम जाने मसल बनाउने ,मार्सल आर्टको ट्रेनिङ…. पुरै पहलमान महसुस गर्न थाल्यो । एकदिन सोच्यो कि आज म त्यो मान्छेलाई चिनाउँछु म को हो । एकदिन गाडीमा मान्छेहरू (यात्रुहरु) हुलिरहेको थियो । केहीबेरमा टिकट चेक गर्दै गयो । उही यात्रु नेर पुग्यो “टिकट”….? अब त्यो हट्टाकट्टा यात्रुले उही पुरानै शैलीमा भन्यो “म टिकट लिदिन”। पाखुरा सुर्किन थाल्यो “किन लिदैनस् टिकट ? मेरै गाडीमा चढेर मलाई नै भन्दै आएको छस् म टिकट लिदिन, को होस् तँ ,यहाँको डन होस्…? अन्य प्यासेन्जरहरू सबै हेरिरहेका थिए । त्यो प्यासेन्जरले नम्र भएर भन्यो “हेर्नुस् म सँग सरकारले दिएको सहुलियत कार्ड छ। सबै मान्छे कन्डक्टरतिर हेर्न थाले । कन्डक्टरलाई लज्जाबोध भयो र भन्यो “पहिले नै भन्नु पर्दैन…? प्यासेन्जरले भन्यो तपाईले सोध्नु भएन ।

यो सामान्य हास्यास्पद लाग्ने कहानी सुनेपछि चिन्नुभयो होला । तपाईं हाम्रो असली दुश्मन को हो । हामीसँग दुईवटा दुनिया छ,एउटा बाहिरी अर्को भित्री । बाहिरी दुनिया जसले हाम्रो नोक्सान पुर्याउनै सक्दैन तर त्यही बाहिरी दुनियाको कुरा सुनेर, गुनेर ,बुनेर हामी हाम्रो भित्री दुनिया कमजोर बनाउँछौं । हाम्रो मन मस्तिष्क। ठिकै छ कन्डक्टरले आफ्नो ज्यान मजबुद बनायो राम्रो कुरा हो तर त्यो दिनसम्म आइपुग्दा जुन सफरिङ (पिडा ) उसले उठायो त्यो केवल मनको पीडा थियो, शंका थियो । मनको शत्रुसँग लड्यो, भित्री दुश्मनसँग लड्यो । तर रियालिटी अर्कै थियो “सोंच” ।

कैयौँ पटक हाम्रो समस्या यति ठूलो हुँदैन तर हामी मनमनै उसलाई यति ठूलो बनाउँछौं र अनि आफैसँग हार्छौ । समस्यालाई ओभर इस्टिमेट(over estimate) गर्छौं र आफूलाई अन्डर इस्टिमेट(under estimate) गर्छौं। भनिन्छ मान्छे ९५ प्रतिशत आफ्नै सोचाइका कारण दुःखी हुन्छ ५% प्रतिशत अनेक तरहका बिमारका कारण दुःखी बन्छ ।

कोही व्यक्तिसँग बिना विवाद झगडा दुश्मनी बढ्दै जान्छ । हाम्रो सोचको कारण । कोही व्यक्तिसँग हामी बोल्न छोडिदिन्छौं कुनै दिन गएर नाम नै सुन्न चाहँदैनौँ । कोही व्यक्तिले कान भरिदिन्छन् यस्तो उस्तो भन्छ तिमीलाई त भनेर । यता हामीलाई वास्तविकता थाहा छैन तर हामी भन्न थाल्छौं “पख “।

कसैले हानेको थप्पडले कतिबेर दुखी रहला…? तर त्यो थप्पड खाइसकेपछि जुन खिचडी हाम्रो दिमागमा हामी पकाउँछौं त्यो खिचडीले हामी शारीरिक र मानसिक रुपमा विक्षिप्त बन्छौँ । कारण को हो ? म स्वयं आफू। जसरी त्यो कन्डक्टरको दुश्मन त्यो प्यासेन्जर नभइकन ऊ आफै र आफ्नो सोच थियो त्यसैगरी दुश्मन भनेको हाम्रो आफ्नो सोच हो । जसको सोच र attitude सही छ उसलाई अगाडि बढ्नमा दुनियाको कुनै पनि शक्तिले रोक्न सक्दैन र जसको सोच तथा attitude गलत छ उसलाई दुनियाको कुनै पनि शक्तिले अगाडि बढाउन सक्दैन ।

चिन्नुहोस् यसलाई र कारबाही गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved