देशलाई कस्तो बनाउने ?

कसैले भन्छन् देशलाई सिंगापुर बनाउने, कसैले अमेरीका, त कसैले चाईना त जनयुद्धको कमाण्डरले आआफ्नो अनुमान र आँकलन अनुसारकाे प्रशिक्षण दिदै अनेक बकम्फुसे वादहरु पढाएर युद्धमा होम्यायाे । यथार्थमा हिन्दु बाहुनवाद नै मुख्य वाद हावी गरायो । यसैक्रम्मा विकसित देश क्यानाडालाई विकसित बनाउन जम्मा ११ जनाकाे टिमले बनाएको योजना खाका अनुसार चलिरहेको छ भने अमेरिकी देश […]

अराजक राजावादीहरु : गिदाेन लामिछाने ( तारा )

विश्वमा यतिबेला पुँजीवादीहरु, समाजवादीहरु, व्यक्तिवादीहरु, अराजकतावादीहरु, राष्ट्रवादीहरु र गान्धीवादीहरुको जमात मध्ये कसले शासन सत्ता आफ्नो पकडमा राख्ने भन्ने होडवाजीमा रहेका छन् । नेपाल लामो समयसम्म सामन्तवादी युगमा थियो । नेपाली जनताको क्रान्ति पछि राजनीतिक नेतृत्व परिवर्तन भयो र अहिलेको नेपाली शासन सत्ता समाजवाद उन्मुख पुँजीवादी राष्ट्र हो । व्यवहारिक रुपमा नेपालको राज्यसत्ता दलाल पुँजीवादीहरुको हातमा […]

चैते दशैँ र नवरोज – बिपुल विक्रम ” खस “

इरानमा मार्च २१ को दिन नवोज (नयाँ वर्ष) मानाइँदै छ भने लगभग त्यही दिनतिर (चैत २३) नेपालमा पनि चैते दशैँ मनाइन्छ । दशैँ खसहरूको चाड हो, चैतमा मनाइने दशैँ नै खासमा दशैँ हो, तर यसलाई धेरै पछि हिन्दुकरण गरेर अशोजमा सारिएता पनि अझै चैते नामबाट मनाउने गरिन्छ । अवेस्तामा आत्माको वर्णन पनि छ । मृत्युपछि […]

एआइको लेख: तपाईंको विचार केवल विद्युतीय तरङ्गहरूको खेल हो

लेखक:-रोहेज खतिवडा मानिसको चेतना के हो? हाम्रा आध्यात्मिक विश्वासले भनेजस्तो चेतनाको अलग्गै अस्तित्व हुन्छ ? हुन्छ भने यसलाई भौतिक शरिरको आवश्यक्ता किन पर्छ ? कि कुनै न कुनै तहमा चेतना भौतिक रूपमै अस्तित्वमा हुन्छ जुन विचारका रुपमा अभिव्यक्त हुन्छ ? कि हामीले बुझेको भौतिकताभन्दा पनि भित्र कुनै त्यस्तो आयाम छ जहाँ भौतिक वस्तु र अभौतिक […]

अन्तराष्ट्रिय नारी दिवस : कृपा केसी

कुकुर तिहारमा सडकका कुकुरलाई पूजा गर्ने अनि बाँकी दिन दुर्व्यवहार गरेजस्तै लाग्छ मलाई त ! मैले नारीहरूलाई कुकुरसँग तुलना गर्न खोजेको होइन तर समाजले धेरै पटक कुकुरलाईभन्दा नराम्रो र गलत व्यवहार गरेको देखिन्छ। समाजमा आफनो छवी असल राख्नको लागि एकदिन महिला दिवस मनाउदैमा महिलामाथि गरिएको अत्याचारको पाप मेटिदैन ! यो कुनै feminism को नारा लगाको […]

गण्तन्त्रको विकल्प गणतन्त्र नै हो: अविन मेन्याङ्बाे

” गण्तन्त्र यस्तो एउटा व्यवस्था हो जहाँ तपाईं,म अर्थात हामी खुलेर बोल्न सक्छौ खुलेर लेख्न सक्छौ,खुलेर गाउन सक्छौ,खुलेर हास्न सक्छौ,खुलेर नै सरकारको बिरोध गर्न सक्छौ। “ तर यो व्यवस्था किन यति पेचिलो यति भारिलो वा यति बिग्न आवश्यक बिहिन देखियो भन्दा अहिलेको ओलि सरकारको गल्तीहरुले गर्दा हो।यहाँ ओलिको बिरोध गरिने कुटिन्छन ओलिको बिरोधमा लेख्नेहरु माथी […]

साथिहरु सितकाे रमाइलो र शिक्षाकाे अनुभव : दिनिषा श्रेष्ठ

कहिँ घुम्न वा भ्रमण जाँदा हरेकको मनमा खुल्दुली हुन्छ । त्यस्तै खुल्दुलीका साथ मैले बिहान सबेरै उठेर आफ्नो नित्यकर्म गरेँ । भ्रमण जानका लागि आवश्यक सामानहरू र खाजाहरू झोलामा राखेर साथीहरूसँग विद्यालय तर्फ लागे । हाम्रो भ्रमण १० बजे शुरू हुन अघि गुरूआमाहरूले कँहा जाने भनेर भन्नु भयो । सबै जना बसमा रमाउँदै हुरहुरी चढ्न […]

भ्यालेन्टाइन्स डे (Valentine’s Day) को संक्षिप्त इतिहास

जयवन्त शाह।  भ्यालेन्टाइन्स डे फेब्रुअरी १४ मा मनाइन्छ, जसद्वारा सन्त भ्यालेन्टाइन (Saint Valentine) लाई सम्मान गरिन्छ । उनी एक ख्रीष्टियन शहीद थिए, जसलाई २६९ ईस्वीमा यही दिन राेममा टाउकाे काटेर मृत्युदण्ड दिइएको थियो । यसको वास्तविक उत्पत्ति स्पष्ट छैन, तर यससँग सम्बन्धित विभिन्न किंवदन्तीहरू छन् । • सन्त भ्यालेन्टाइन एक पादरी (Priest) र सुसमाचार प्रचारक(Evangelist) […]

तुल र ब्यानर लिनुपर्ने अबस्था किन आयो ?

✏️दावा छिरिङ शेर्पा । विश्व जगतमा सबैभन्दा पछि पारिएको देश नेपाल भन्दा फरक नपर्ला ! यहाँ सबैथोकले भरिपुर्ण र सुसूचित छ, तर पनि सहि सदुपयोग गर्ने गम्भीर मानिस शक्तिमा नपुगेर गलत नियति हुने शेरे र केपी ओली जस्ता महाबेकुफकाे भरमा देश सुम्पेको छ । यहाँ धार्मिक समानता छैनन्, सामाजिक समानता छैनन्, लैङ्गकि समानता छैनन्, भौगोलिक अनुसार […]

धार्मिक अल्पसंख्यक तथा सिमान्तकृतहरुको वर्तमान अवस्था र राजनीतिमा पहुँच

✏️कमला हेमचुरी । नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलूक हो । विविधता यो देशको विशेषता हो । भौगोलिक एवं प्राकृतिकरुपले समेत यसको विविधतामा सुन्दरता थपेको छ । तथापि, राज्य सत्ता सताब्दीयौ देखि एक नश्ल, एक धर्म, एक भाषा र एक संस्कृतिको नियन्त्रणमा रहेको हुँदा यहाँको विविधताले फल्ने, फुल्ने र विकसित हुने अवसर पाएन । […]