Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तुल र ब्यानर लिनुपर्ने अबस्था किन आयो ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 28, 2025
123 shares

✏️दावा छिरिङ शेर्पा । विश्व जगतमा सबैभन्दा पछि पारिएको देश नेपाल भन्दा फरक नपर्ला ! यहाँ सबैथोकले भरिपुर्ण र सुसूचित छ, तर पनि सहि सदुपयोग गर्ने गम्भीर मानिस शक्तिमा नपुगेर गलत नियति हुने शेरे र केपी ओली जस्ता महाबेकुफकाे भरमा देश सुम्पेको छ ।

यहाँ धार्मिक समानता छैनन्, सामाजिक समानता छैनन्, लैङ्गकि समानता छैनन्, भौगोलिक अनुसार बिकास बाँडफाँडमा समानता छैनन्, राज्यको हरेक अंगमा एउटै नश्लका अनुहारहरुकाे व्यापक उपस्थिति रहेकाले सबैतिरबाट लुटिखाने तौरतरिका अप्नाएकाे हुदा कदमकदममा दुबिधाले सिमा नाघिसकेको छ ।

समतामूलक मानव अधिकार छैनन्, हेपाई पनि यहाँसम्म कि कुनै पनि सेवा लिन चाहेको सरकारी सेवाकाे लागि कार्यालय पुग्याे भने उनिहरुकाे इसारा इसारामा कुराकानी मिलाई सकेको हुनेछ । कार्यालय अड्डा अदालतले दुख दिनेगरेकाे दुखेसो घरपरिवारलाई सुनाउनु बाहेक सुन्ने सुनुवाइ हुने कुनै निकाय छैनन् ।

जबसम्म चतुरो नियति ठग घृणित पात्रहरू सत्ता र शक्तिमा रहन्छन् तबसम्म गरिबी र असमानताले उन्मुक्ति पाउने छैनन् । त्यसका लागि बुलन्द आवाज बनेर सडकमा आउन बाध्य छौँ । लोकतान्त्रिक पद्धतिको मुल प्रवाहमा कुठाराघात भएपछि तुल र ब्यानरमा सकड तताउनु पर्ने रहर होइन बाध्यता हो ।

हामी अझैसम्म बिउँझेको छैनौं, किन ?

हामी रैथाने के सोँच्छौं भने अरुको अस्तित्वलाई सम्मान गर्न सकियो भने आफ्नो अस्तित्वले पनि सम्मान पाउनेछ । आआफ्नो अस्तित्व बचाउन सफल भयो भने आपसी सद्भावनाको सहअस्तित्व कायम रहनेछ । जब हामी सहअस्तित्व एकेडेमीमा अटाउनु सकियो भने बल्लतल्ल जीवन र जगतको संरक्षण हुनेछ ।

हामी के कारण लाचारी छौँ ?

हामी रैथानेहरु इमानदारी, समतामूलक भावना, दौत्य समानता चाहने सरल बिचार, मितव्ययीता, निडर, दुरदर्शिता, ममता, कल्पभाव लगायत अनेकौं स्वच्छता मनमा जिवित भएको कारण सबै विभेदकारी दमनहरु अझै सुधार हुन्छ कि भन्ने भरोसामा शान्त रहेको देखिन्छ ।

शेर्पा समुदाय:

अझै हिमालयन शेर्पा समुदाय त राज्य बिस्तार हुदा देखि अर्थात हजारौं बर्ष देखि धेरै बिषयमा पछाडि पारिएको समुदाय हो । जब राज्य बिभाजन हुदा विकट हिमाली भेगमा बसोबास गर्ने रैथाने शेर्पा समुदाय माथि राज्यको मुल सेवा प्रवाह बाट सधैं बन्चित भएको छ ।

रैथाने शेर्पा समुदायको थातथलाे हिमालयन बस्ती क्षेत्रमा दैनिय अबस्थामा जिविकोपार्जन गरि रहेतापनि शेर्पा समुदाय माथि अझै तिब्बती शरणार्थी भन्ने विभेदकारी भास्य निर्माण गरि दुख दिने गरेको परिस्थिति जिवितै छ ।

दलित:

अझै गम्भीर बिषय त कथित दलितको भयंकर डरलाग्दो परिस्थिति छ । जसकाे आविस्कार कारिगडले जीवन जिउने कलाकृति सिकाएको छ, उनै समुदायलाई पानी नचल्ने अछुतो बनाउने हिन्दु प्रथाले दमित माथि रैथानेलाई समेत अछुत संग बोलेको र बसेको भनी सजाय दिने हिन्दुवादले नै सिकायो ।

अब हामीलाई चाहेको सेवा सुविधा दलगत दलाल प्रथाबाट पाउने परिकल्पना गर्दै बस्यौं भने हामी रैथाने तिनले बेचेको शिक्षा, माना सुबिधा दिएर मुरी खोसेको बुझेनन् भने अझै कति पीडा दिनेछ त्यस तर्फ परिकल्पना पनि गर्न सकिदैन ।

सम्झिनुस अंग्रेजी लेखाइमा Don’t have to cut feet to cure cancer, other technology can be introduced. भन्ने भनाइलाई पनि मनन गर्नु जरुरी छ । उपचार पद्धति हुदाहुदै पनि शरिरकाे अंग अलग नै गर्नुपर्ने हुदैनन् ।

विभेदकारी प्रथा बिस्ठाउने हिन्दु मान्ने ठेकेदारले हो, तर यो भन्दै र लेख्दै गर्दा हिन्दु खराबी नै हो भन्न र लेख्न खोजेको चाहिँ पक्कै होइनन् । खराब ब्यबस्था बसाउने केही ब्याक्तिले गर्दा हिन्दु माथि चौतर्फी आक्रमण भएको बुझ्नु जरुरी छ । धर्म संचालक ठेकेदारले पेसागत मर्यादामा ढालेर पेट पाल्नेहरुले आपसी विभेद भने गरेकै छ ।

भ्रम चिर्नु जरुरी छ:
सबै आर्य बाहुन गलत छैनन् !

यहाँ सच्चा देशभक्त आर्यकाे पनि कमि छैनन्, तर सच्चा देशभक्ति भाव रहेकाे आर्य जम्मजम्मी ३% मात्रै छन्, बाँकि सबै नक्कली आर्य बनेर देश लुटिरहेका छन्, तिनलाई सच्चा देशभक्त आर्यले पहिचान गरि कित्ता काट गरि जान सक्ने हिम्मत जुटाउनु पर्छ, तबमात्र सबैको अस्तित्व माथि समतामूलक भावना पैदा हुनेछ ।

चतुर्‍याइँ फटाहहरुले विभिन्न दलगत दलाल प्रथामा फुटाउने र राज गर्ने यिकाे इतिहास र धर्म वेदले नै सिकाएको हुनेछ । त्यसकारण पनि यिनिहरु चाहिने भन्दा बढि नै चलाखि देखाउछ । तर सम्झिनुस झुठोकाे आयु छाेटाे हुनेछ, छिट्टै काललाई निम्तनेछ ।

त्यसकारण सबै समुदायले आआफ्नो तर्फबाट सकेकाे तुल, ब्यानरमा विरोध शैलीको निम्ताे दिनेबेला भएको छ । यहाँ मुठ्ठी भरकाे चतुर्‍याइँले मोजमस्ती गरेभने लाखौंले दुख पाउनु भएन, हिमाललाई घाउ लाग्दा पहाडले मलम लगाउनुपर्छ । मधेसमा चोट लाग्दा तराईले उपचार पद्धतिको उपाय सोच्नुपर्छ ।

काठमाडौं सडक बिस्तारकाे नाममा अन्य धेरै विकल्पहरु हुदाहुदै पनि हजारौंको घरवारविहीन र विस्थापित गरेर पारेको बिकास बिकास होइनन्, नेवार समुदायको उठिवास गर्ने दमन गरेको देखिन्छ ।

अन्यत्र खालि ठाउँ हुदाहुदै पनि बोझेनीकाे गाउँ समाज बस्तीको बिचौंबिच विद्युत बैंक सवस्टेशन खडा गर्नु तामाङ नै परिचालन गरि त्यहाँका निहत्था साेछासाझा निमुखा माथि बन्दुक पड्काउने धम्कि लगायत रातारात ओछ्यानबाटै लछारपछार घिसार्नु, अमानवीय दुर्ववहार गर्नु भनेको वाहुनवादकाे चरम पराकाष्ठा हो ।

सबैभन्दा डरलाग्दो र घृणित खेल तत्काल मुक्कुमलुङ माङसेबुङ परिसरमा निजि लगानीमा अनावश्यक केवलकार परिस्थापना गर्ने ठग ब्यापारी चन्द्र ढकालकाे इसारामा नस्लवाद सरकारले हजारौं बर्ष देखि रहिआएको धार्मिक स्थललाई फोहरकाे कृडास्थल बनाउन लिम्बू माथि लिम्बू नै परिचालन गरि रैथाने परम्परा मासेर हिन्दुकरण हुँदा चुपचाप बस्नुपर्ने ?

उठौं रैथाने यसरी कतिन्जेल लाचार भई सहेर बस्ने भन्दै तुल, ब्यानर, लिएर चौतर्फी सडकमा आउने क्रम जारी छ । अब भने बल्लतल्ल रैथानेलाई महसुस भएकोले अब केही समय पछि वाहुनवाद छाता संगठन सरकारले थेग्न नसकिने निश्चित छ ।

विगतमा पटकपटक परिवर्तनको नारा लिएर सडकमा उत्रिएकाे प्रतिफल एकल जातीय नस्लहरुले फाइदा लिएको कारण यसपटक भने सबै रैथानेको अनुहार जुरमुराएकाे देखिन्छ । अति भए खति हुन्छ भनेझैं, रैथानेहरु घरबसी महसुस मात्रै गर्ने होइनन् कि अब अन्तिम तयारीमा जुट्नुपर्छ ।

भ्रष्ट दलाल पुँजीवादीकाे मुठ्ठीमा अहिलेको ७ प्रदेश संरचना वितरण मुखि प्रथा रहेकाले १०+१ बिकास र निकास मुखि ब्यबस्थामा जान अत्यन्तै जरुरी छ । सबैभन्दा उत्तम १०+१ संरचना हामी सबै समुदायको जातीय, क्षेत्रीय, वर्गीय लगायत उपेक्षित वाल वृद्वा संगै सिमान्तकृत, पहिचान, तमाम समस्याहरु समेटिने हुदा सडकमा उठेको पुर्ण समानुपातिक प्रणालीको पहिलो खुड्किला नै १०+१ रहेको महसुस हो ।

यसलाई आर्य समुदायले फिटिक्कै नसुईकार्नुकाे रहस्य भयंकर गम्भीर कुराहरु छ । जुन १०+१ संरचना नल्याउनकाे निमित्त विभिन्न दलगत पर्धिषपर्दाकाे निर्वाचन प्रणाली हुन । अहिलेको निर्वाचन प्रणाली नै रैथाने उठ्न नदिने सड्यन्त्र हो । यदि साँच्चिकै पुर्ण समानुपातिक प्रणालीमा सबै समुदाय उपस्थित भएमा एकल नस्लवादी हैकमवादी चलखेल गर्न नपाउने हुदा रैथानेलाई उठ्न नदिनेमा एकमत भएको देखिन्छ ।

यतिबेला टिचिङ अस्पतालमा मुक्कुमलुङकाे ३ जना घाइतेहरु छातीमा र तिघ्रामा गाेली खाने बन्दुकको कसन्दनले बायाँ पाखुरा भाँचिएको बिरामी छटपाई देखेर निन्दनीय अबस्था हेर्दा सबैको रगत उम्लेर आउँछ । तर नस्लिय मिडियाहरु नस्लवादकै पक्षमा वकालत गर्नेलाई समेत गम्भीर निगरानीमा राखिनेछ ।

त्यसैले अब जाग्ने, उठ्ने बेला भएको छ, सामुदायिक रुपमा दलबल त्यागेर हुन्छ कि पहिचान पक्षधर एकढिक्का भएर हुन्छ कि कसरी हुन्छ कथित दलित आदिवासी रैथाने उठ्ने समय भएको छ । यसकाे लागि सबैले तन, मन, धन बाट तेस्रो जनआन्दोलनको तयारीमा जुटेर अन्तिम लडाइँकाे तयारीमा जुटौं,

लेखक दावा छिरिङ शेर्पा संघीय शेर्पा प्रान्तीय मञ्च नेपालका नेता हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved