Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देशलाई कस्तो बनाउने ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 20, 2025
36 shares

कसैले भन्छन् देशलाई सिंगापुर बनाउने, कसैले अमेरीका, त कसैले चाईना त जनयुद्धको कमाण्डरले आआफ्नो अनुमान र आँकलन अनुसारकाे प्रशिक्षण दिदै अनेक बकम्फुसे वादहरु पढाएर युद्धमा होम्यायाे । यथार्थमा हिन्दु बाहुनवाद नै मुख्य वाद हावी गरायो ।

यसैक्रम्मा विकसित देश क्यानाडालाई विकसित बनाउन जम्मा ११ जनाकाे टिमले बनाएको योजना खाका अनुसार चलिरहेको छ भने अमेरिकी देश केही धनाढ्यलाई राष्ट्र सुम्पने बित्तिकै आर्थिकसामाजिक सन्तुलनमा आउने भन्दै सत्ता ट्रम्पलाई हस्तान्तरण गरेको देखिन्छ ।

उता जापान पनि विश्व एक बनाउने द्वम्बमा आफै तहसनहस भएको निकै समय पछि अनेक दुख पीडा झेल्दै विकसित संगै मानवताकाे पाठ सिकाउन थालेको छ । त्यस्तै चीन पनि धेरै उत्तरचढाव पछि खेती तथा उत्पादन नै अन्तिम लक्ष्य रहेकाे बुझेर अहिले विश्वमै शक्तिशाली भएको छ ।

अहिले युरोपेली मुलुक भित्र अमेरिकी सजिलैसँग छिरेपनि कतिपय निषेधित जस्तै अबस्था छ । अमेरिकीहरू पनि केहिमा कम छैनन् । वैज्ञानिकलाई समेत माद दिने खाल्का UFO संग सिधै सम्पर्क रहेको भन्ने मनगढन्ते हल्ला बिश्वमा फैलाएर काल्पनिक डर जमाईरहेका देखिन्छन् ।

त्यसैगरी बिश्वका शक्तिशाली देशहरु आआफ्नो पक्षमा लाग्न अनेक लालजित गराउनमा ब्यस्त छन् भने अन्त्यमा बिश्व युद्व गराउनेमा तयारी छन् । यदि युद्धको भुमरीमा फसायो भने एसियाली मुलुक जस्तो आर्थिक चपेटामा पिल्सिएका देशहरुकाे हालत के होला कसैले सोंचेका छन् ?

समग्रमा यो गलत चलखेल ल्याउने अराजक फैलाउने भनेकै पुँजीकरण वाद रहेछन् । यो भ्रम चिर्ने मानिस पनि जन्मिएको देख्छु, तर उनिहरुकाे मुल योजना के छ त अब सोंच्ने समय भएको छ । उनिहरु पनि बिलकुलै फरक तथा यथार्थपरक ढंगले खाका लेख्नेहरु बिश्वलाई डार्क, ग्रे, र कृयटर बनाउने योजना लेख्दै छन् ।

कहि न कतैबाट यो त हुनु नै थियो, नेपालमा पनि फरब फिलोसाेफर सन्देश अर्थात बद्व ज्ञानहरु पनि जन्मेकै हाे । हालै पनि लिटल बुद्व नामले चिनिने गरिब परिवारमा जन्मेकाे राम ब. बोम्जन अनुपम निलो बुद्वकाे रुपमा फरक लिपि लिएर पुन जन्म भएको छ । उक्त बुद्वलाई समेत धर्मको रुप दिदाखेरी अनेक धर्मावलम्बीले चौतर्फी आक्रमण गरिरहेका देख्छु ।

अचम्म त के छ भने फरक सिद्धान्त र विधि आउनेबित्तिकै धर्म थोपेर मानिसलाई तँछाडमछाड दौडधुप गराउनेहरु पछि लागिपरेको देखिन्छ । जसले माध्यमकाे रुपमा पेट पाल्ने अभियानको रुपमा मात्रै देख्छु । यसरी पालना गर्नुपर्ने बिषय अन्तर्गतकाे महत्त्वपूर्ण बिधिहरु जबर्जस्ती धर्ममा ढाल्नेहरु अज्ञानता र अन्धभक्तहरु नै यो समाजमा हुने नै रहेछ ।

हुनु त हुनु चाहिने भन्दा बडी केपीवाद, प्रचण्डवाद शेरेवाद राजावाद, रवीवाद हर्कवाद, वालेनवाद र बाबुरामवाद जस्ता पछौटेहरुले देशमा नयाँ ढंगबाट उठ्नु खोज्नेलाई निरुत्साहित गराउनमा लागिपरेको देखेर चाहिने भन्दा बडिवादले गर्ने चाहिँ केही होइनन् ।

यस्तै वादकाे पछि दगुर्ने अर्धचेतहरुले आफू पनि उभाे लाग्दैनन् अरुलाई पनि अवरुद्ध गर्नेछन् । त्यसकारण देशलाई सधै यथास्थितिवादीवादमा धकेल्ने काम चाहिँ जोडका तोड चलिरहेको छ । यो अवस्था र परिस्थितिलाई नयाँ ढंगले साेच्न युवा जागरुक हुन नितान्त आवस्यक छ ।

अब दलबल पार्टी भन्दा बिलकुलै फरक तथा यथार्थपरक सबै समुदायको हकअधिकार सुनिश्चितताका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको सच्चा मातृभूमि भक्त समतामूलक अभियान १०+१ प्रान्त सहितको हिमाल देखि तराई मधेस सम्म सुमधुर सम्बन्ध रहने पहिचानकाे आधारमा नामङ्कन यथासक्य जरुरी छ ।

त्यसका लागि हामी मानव क्षति रहित नागरिक आन्दोलनको तयारी भ्रष्टाचार भगाउ मिशन ८३ अभियान मुल नारा लिएर हामी सबै सडकमा भेट हुने तयारीमा जुटौं । हाम्रो लक्ष्य हिन्दु धार्मिक पिडित दलितलाई हिन्दुले माफि मगाउने र सहअस्तित्व कायम गराउने, सडक अतिक्रमण सुकुम्बासी, मिटर ब्याजी, सहकारी पिडितलाई मुआब्जा, भ्रष्टाचारलाई सर्वस्वसहित आजीवन कारावास लगायतका माग हुनेछ ।

हाम्रो अन्तिम अभियान सडकबाटै सदन सम्म पुगिने समानुपातिक प्रणालीको माग संगै MCC परियोजना नागरिक दमन हुने जमिन मास्ने बिकास चाहिँदैन । एकल जातीय नस्लवाद लाद्न पाईँदैन, रिन लिएर देशलाई बन्धक बनाउन पाईँदैन । अबैध रुपमा विदेशीलाई संरक्षण गर्नु पाईँदैन । जस्ता सुसूचित नारा सहित सडकमै सुत्ने अभियान हुनेछ ।

यो अभियान यहि २०८२ अन्तिम देखि तयारीमा जाने चौतर्फी नागरिक तथा विभिन्न संघसंस्थालाई आव्हान संगै छलफलकाे तयारीमा जुटेर जाने पुर्बतयारी गरौँ । यावत परिस्थितिमा अब कति सहने ? हामी संग सबै विज्ञ तयारी छौँ, सहि समयको सदुपयोग गरौँ, सच्चा नागरिकको भुमिकाले नै देशलाई समृद्ध ल्याउन सचेतना ल्याउन सकिनेछ ।

लेखन तथा संकलन : दावा छिरिङ शेर्पा
संघीय शेर्पा प्रान्तीय मञ्च नेपाल

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

  • July 23, 2026

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved