धराैटि बुझाउन नसकेपछि अन्सारी जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मागेको १५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि युनुस अन्सारीलाई कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, सो धरौटी रकम बुझाउन नसकेपछि अन्सारीलाई कारागार चलान गरिएको हो । जाली नोटको प्रकरणमा कैद भुक्तान गरेर […]

बिमला अन्सारीको कडा आपत्ति: “विकास कार्यक्रम असमान, जनविरोधी र बिचौलियामुखी

जनकपुरधाम। आज बसेको मधेस प्रदेश सभाको पाँचौं अधिवेशन अन्तर्गत १४औं बैठकमा नेपाल संघीय समाजवादी पार्टीकी उपाध्यक्ष, पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य माननीय बिमला अन्सारीले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रममाथि कडा असन्तोष प्रकट गर्दै संसद अवरुद्ध गर्नुभएको छ। सभामुखलाई सम्बोधन गर्दै अन्सारीले बजेटलाई अनियमित, असमान, असमावेशी र […]

परोहा नपाले ८ वर्षदेखि दोहोरो तलब खुवाउने कर्मचारीको पर्दाफास

मेवालाल यादव। रौतहट जिल्लाको परोहा नगरपालिकामा कार्यरत एक कर्मचारीले विगत आठ वर्षदेखि दुईवटा फरक सरकारी निकायबाट तलब तथा सेवासुविधा लिँदै आएको तथ्य फेला परेको छ। अनिल पासवान नामका ती कर्मचारीले परोहा नगरपालिका–२ अन्तर्गत रहेको एक सामुदायिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहँदै, अर्कोतर्फ सरकारी हुलाक सेवा कार्यालय गौरबाट समेत सेवा सुविधा लिइरहेको खुलासा भएको हो। दुवै […]

आज कस्ताे छ त बिदेशी मुद्राकाे विनिमय दर !

काठमाडौं ।   नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर  निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ […]

देशमा राेजगारिकाे शिर्जना नभएसम्म युवा बिदेश पलाएनकाे क्रम राेकिन्न : नेता शेखर काेइराला

काठमाडौं । नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तर कांग्रेस नै आवश्यक नभएको पनि बताए […]

हिमाल कलेज अफ म्यानेजमेन्टमा दोस्रो चरणको छात्रवृत्ति परीक्षा आइतबारबाट सुरु

पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टले आगामी आइतबारदेखि दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु गर्ने भएको छ। पहिलो चरणको छात्रवृत्ति परीक्षा सम्पन्न भइसकेको छ, जहाँ धेरै विद्यार्थीहरूले २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरिसकेका छन्। अब दोस्रो चरण अन्तर्गत हरेक दिन छात्रवृत्ति परीक्षा सञ्चालन गरिनेछ। उक्त छात्रवृत्तिमा सहभागी विद्यार्थीहरूले २०% देखि १००% सम्म छात्रवृत्ति प्राप्त गर्ने […]

चर्को शुल्क असुल्दै निजि स्कुल कलेजहरु, बाणिज्य विभागले थाल्याे अनुगमन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएसँगै निजी विद्यालयहरू कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना प्रक्रियामा जुटेका छन्। निजी विद्यालयहरूले विदेशी पाठ्यक्रम र अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउने बहानामा चर्को शुल्क असुल्दै आएका छन्। निजी विद्यालयले मनोमानी रूपमा चर्को शुल्क असुल्न थालेको गुनासो आएपछि त्यस्तो हुन नदिन सरकार जागरुक बनेको छ। एकातिर निजी […]

खाेटाङकाे रावाबेँसीमा लिचिकाे उत्पादनले किसानमा खुसियाली

खाेटाङ। जिल्लामा लिचिको हव मानिएको रावाबेँसी गाउँपालिकामा यस वर्ष १८४ मेट्रिक्टन लिची उत्पादन भएको छ भने एउटै बोटबाट रु ४५ हजारको बिक्री भएको जानकारी प्राप्त भएको छ । रावाबेँसी गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक्टन लिची उत्पादन भएको गाँउपालिकले जनाएको छ । कुभिण्डेमा ११ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा लगाइएको लिचीले उत्पादन दिन […]

दमक भ्यु टावर जमिन विवाद सम्बन्धमा अविनले अख्तियारमा हाले उजुरी

काठमाडौं । दमक५ निवासी पत्रकार अविन मेयाङ्गवोले अख्तियरमा भ्यु टावरको सार्बजनिक जग्गा हिनामिना बिषयमा उजुरी हालेका छन। यधपी इमेल मार्फत उजुरी पठाएका हुनाले साे उजुरी आईतबार मात्र दर्ता नम्मर आउने उजुरीकर्ता अविनले बताएका छन्। उनले आफ्नो उजुरीमा आफ्नो मागहरु निम्न बुदामा राखेका छ्न्न: १. सो जग्गा सम्झौतासम्बन्धी सबै कागजात र प्रक्रिया तत्काल छानबिन गरियोस। २. […]

सिद्धार्थ बैंकले सिप्रदिपकाे ई-ट्याक्सि किन्नेलाई सुलभ ब्याजमा ऋण दिने

काठमाडौं । सिद्धार्थ बैंकले विद्युतीय ट्याक्सी खरिद गर्नेलाई सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र बैंकबिच भएको सम्झौताअनुसार सिप्रदीअन्तर्गतका ई–ट्याक्सी खदिर गर्ने ग्राहकलाई कर्जा दिइने भएको हो । यो सवारीसाधन कर्जाको अवधि पाँच वर्ष हुने बताइएको छ । बैंकले यस सम्झौतामार्फत दिगो बैंकिङ अभ्यासलाई प्रवद्र्धन गर्दै वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई […]