नगर प्रमुख भट्टराईले गरे सम्पत्ति सार्वजनिक

खाेटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । हेर्नुस् विवरण : १, तिर्थराज भट्टराईकाे नाममा दाेर्पामा १६-२-३-० जमिन । २, आमा पदमकुमारी भट्टराईकाे नाममा दाेर्पामा सगाेलमा रहेकाे ३-०-४-१ जमिन । ३, श्रीमती कुमारी सिग्देल भट्टराईकाे नाममा भक्तपुरमा ०-९-२-० जमिन । ४, श्रीमती कुमारी सिग्देल भट्टराईकाे नाममा […]
उदयपुरकाे आठ स्थानिय निकायलाई ३अर्ब ८१ करोड ७९ लाख बजेट

गाईघाट। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा बजेट पेश गरेको छ। संघीय सरकारले बजेट पेश गरेसँगै प्रदेश र स्थानीय तहमा समेत सुत्रबद्ध रुपमा रकम हस्तान्तरण भएको छ। ७५३ वटै स्थानीय तहका लागि सरकारले चार किसिमका बजेट हस्तान्तरण गरेको छ। समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक गरी […]
खाेटाङमा दश स्थानीय तहका लागि रु तीन अर्ब ६२ करोड बजेट

खोटाङ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७९/०८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ । अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानगरी रु तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो । […]
बिन्ध्याबासिनी हाइड्रोपावर कम्पनीको आईपीओ आजबाट खुल्दै

काठमाडौं । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शुक्रबार आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ । निष्काशन गरिने कूल सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको […]
३९ मेगावाट बिजुली भारत निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वर्षायाम सुरुभएसँगै भारतमा ३९ मेगावाट बिजुली निर्यात गर्न थालेको छ। प्राधिकरणले नेपालमा उत्पादन भएको बिजुली बढी भएर बुधबारमध्यरातिदेखि भारत निर्यात गर्न सुरुवात गरेको हो। प्राधिकरणले नेपालमा खपत नभएर बढी भएको ३९ मेगावाट बिजुली निर्यात गरेको हो। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बुधबार मध्यरातदेखि ३९ मेगावाट बिजुली भारत निर्यात गर्न थालेको बताए। […]
पेट्राेलकाे मूल्य लिटरमा१० रुपैयाँ घट्याे

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पूर्वाधार […]
वडामै लगेर सामाजिक सुरक्षाभत्ता दिने तयारीमा मेयर भट्टराई

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम वडामै पुर्याउने तयारी सुरु गरेको छ। सामाजिक सुरक्षा भत्ता अनियमितता रोक्नलाई बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीलाई अचाक्ली शास्ती भएको ठहर गर्दै वडामै पुर्याउने तयारी थालेको हो। नगरपालिकाले आज आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तीर्थराज भट्टराईले सुरक्षा […]
टेलिकमकाे “नेपाल टेलिकम” एप डाउन्लाेड गर्दा ५०० एमबी डाटा निःशुल्क

काठमाडौं । नेपाल टेलिकमको एपमा सेवाग्राहीहरुका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको छ । नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिले देखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी आफ्नो जानकारी KYC अपडेट गर्न, […]
बन्द गरियो मेलम्ची सुरुङको ढोका

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ । ‘प्रि(मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो । बाढी आउने गरी मनसुन सक्रिय हुने अवस्था आएलगत्तै आयोजनाबाट पानी ल्याउन रोक्ने समितिको तयारी थियो । […]
प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुभएको थियो । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ […]
