पहिचानवादी पक्षधरद्वारा खाेटाङमा सांसदमाथि कालाे झण्डा प्रदर्शन सहित कालाेमाेसाे

खोटाङ । खोटाङमा पहिचान पक्षधरले एक प्रदेश सांसदलाई कालो झण्डा देखाएर कार्यक्रमस्थलमै नाराबाजी गरेका छन् । नेकपा एमालेका नेता तथा प्रदेश सांसद पाँचकर्ण राई ‘पिके’लाई कोशी प्रदेश नामाकरणमा मतदान गरेको भन्दै पहिचानसहितको संघीयता पक्षधर आन्दोलनकारीहरुले शनिबार दिक्तेलमा कालो झण्डा देखाएर नाराबाजी गरेका हुन् । जिल्ला समन्वय समितिद्वारा आयोजित जिल्ला सभा सञ्चालन भइरहेकै बेला पहिचान पक्षधरका […]

लामिछानेकाे राहदानि बिरुद्धकाे दायर रिट हेर्न नपर्ने

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिट हेर्न नमिल्नेमा परेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको रिटलाई हेर्न नमिल्नेमा राखिएको हो। सिन्धुलीका युवराज सफलले दायर गरेको उक्त रिटमाथि आज सुनुवाइ तोकिएको थियो। रिटमा महान्यायाधिवक्ताको कार्यालय, महान्यायाधिवक्ता दीनमणि पोखरेल, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, प्रहरी प्रधान […]

राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिका सभापतिमा केदार चापागाँई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदार नाथ चापागाँई चयन हुनुभएको छ । आईतवार चैत १९ गते कमल गाउँपालिकामा भएको वृृह्त भेलाबाट चापागाँई सर्व सम्मत चयन हुनु भएको हो । कमल बडा नम्बर ३ स्थित श्री सिंहदेबी सामुदायिक भवनको सभा हलमा सम्पन्न पार्टीको प्रथम भेलाले सभापतिमा केदारनाथ चापागाँई सहित १७ सदस्य समिति गठन […]

एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं दाङ क्षेत्र नं १ का संघीय सांसद मेटमणि चौधरी पार्टीको संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् । दलको आजै बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । चौधरी पूर्व सहरी विकास मन्त्री समेत हुन् ।

१० दलको बैठकमा नयाँ न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’ पेस

  काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरिएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठकमा ड्राफ्ट प्रस्तुत गरेका हुन् । उक्त ड्राफ्ट साझेदार सबै दललाई वितरण गरिएको र त्यसमा दलले आन्तरिक छलफल गरेपछि थपघट गर्ने सहमति भएको नेपाल समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिए । […]

सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगियो

काठमाडौँ । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा  दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ । लेखकले भने,  ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ । […]

मुख थुनेर आवाज थुनिन्नन् : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्। मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बानेश्वर पुगेका प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका तीन जनालाई प्रहरीले मुख थुनेको थियो। ‘चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर […]

बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

हेटौडा । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री कट्टेलले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा थिए । तर, कांग्रेसले विश्वासको मत १० गते लिनु पर्ने जनाईरहेको छ । यद्धपी, मितिका बारेमा भने अझै कुनै […]

मन्त्रालय भागबन्डाका लागि गठबन्धनको बैठक जारी

काठमाडौ। सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका नेताहरू भेला भएका छन् । बैठकले मन्त्रालयको भागबन्डाबारे छलफल गर्नेछ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि सरकार विस्तार गर्ने बताउँदै आएका थिए । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबैलाई समेटेर सरकार विस्तार गर्ने योजना बनाएका छन् । तर, गठबन्धनमा धेरै दल भएकाले भागबन्डामा सकस हुने देखिएको छ । File […]

तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आरआरद्वारा विद्यार्थी संगठनलाई आग्रह

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले विद्यार्थी संघसंगठनहरुलाई तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुले गत फागुन २७ गते ताला लगाएको छ । त्रिवि उपकुलपति कार्यालय तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्थगित भएका क्याम्पसहरुको स्ववियु निर्वाचन चैत १२ गते अगाडी आपसी समझदारी कायम गरी निर्वाचन सम्पन्न […]