Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिका सभापतिमा केदार चापागाँई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 4, 2023
24 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदार नाथ चापागाँई चयन हुनुभएको छ । आईतवार चैत १९ गते कमल गाउँपालिकामा भएको वृृह्त भेलाबाट चापागाँई सर्व सम्मत चयन हुनु भएको हो । कमल बडा नम्बर ३ स्थित श्री सिंहदेबी सामुदायिक भवनको सभा हलमा सम्पन्न पार्टीको प्रथम भेलाले सभापतिमा केदारनाथ चापागाँई सहित १७ सदस्य समिति गठन गरिएको हो ।

भेला बाट पालिका सचिबमा यज्ञ प्रसाद तिवारी, कोषाध्यक्ष तुलसा चम्लागाई गौतम चयन हुनुभएको छ । त्यस्तै गरी पालिका सदस्यहरुमा यम प्रकास सुब्वा, विष्णु अधिकारी, सिता ओझा, ओम बहादुर विष्ट, मनोज सिवाकोटी, खगेन्द्र राज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे, विष्णु माया सिटौला, डम्बर बहादुर थापा, पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी र मातृका ढुंगेल चयन भएका छन् ।

भेलाका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं प्रखर वक्ता रमेश प्रसाई रहेका थिए । प्रसाईले भेलालाई सम्बोधन गदै अरुको कुरा काट्ने , जराकाट्ने र टाउको काट्नेहरुले देश बनाउन नसक्ने बताउनु भयो ।

३० वर्ष सम्म अरुले शासन गरेको हेरियो तर देश र जनताका लागि कुनै पार्टीले केहि नगरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको बताउनु भयो । त्यसैले अब देश र जनाकालागि काम गर्ने बेला आएको प्रसाईले बताउनु भयो ।

देशमा बेतिथी र विशंगती दिनानु दिन बढी रहेको छ । नागरीकहरुको अवस्था झनझन दयनिय बन्दैछ । नेता कुर्सि र सत्ताका लागि मात्र मरिहत्ते गरिरहेका छन् । त्यसैले देश बनाउने जिम्मा अब युवाहरुको काँधमा आएको पार्टीका जिल्ला सह संयोजक प्रकास पाठकले बताउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाका सभापति केदारनाथ चापागाँइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाटीको कोशी प्रदेश इन्चार्ज ओम भण्डारी, प्रदेश सदस्य एवं प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरे, झापा जिल्ला संयोजक उमेश खरेल, प्रदेश सदस्यहरु, विभिन्न पालिकाका सभापतिहरु तथा कमल बासीको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन राष्ट्रिय स्वतन्त्र पार्टीको नेता झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शम्भु ढकाल सुस्केराले गर्नु भएको थियो । पालिका समिति बनेपछि अब चाडै सातै बटा बडा समितिहरु पनि गठन हुने नव निर्वाचित सभापति केदार चापागाँईले बताउनु भयो । करिब ५०० जना सदस्य एवं शुभेच्छुक उपस्थित भेलामा सयौले पार्टी सदस्यता समेत लिएका थिय ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved