Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिचानवादी पक्षधरद्वारा खाेटाङमा सांसदमाथि कालाे झण्डा प्रदर्शन सहित कालाेमाेसाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 8, 2023
417 shares

खोटाङ । खोटाङमा पहिचान पक्षधरले एक प्रदेश सांसदलाई कालो झण्डा देखाएर कार्यक्रमस्थलमै नाराबाजी गरेका छन् । नेकपा एमालेका नेता तथा प्रदेश सांसद पाँचकर्ण राई ‘पिके’लाई कोशी प्रदेश नामाकरणमा मतदान गरेको भन्दै पहिचानसहितको संघीयता पक्षधर आन्दोलनकारीहरुले शनिबार दिक्तेलमा कालो झण्डा देखाएर नाराबाजी गरेका हुन् ।

जिल्ला समन्वय समितिद्वारा आयोजित जिल्ला सभा सञ्चालन भइरहेकै बेला पहिचान पक्षधरका आन्दोलनकारीहरुले कोशी प्रदेश मुर्दावाद, पहिचान विरोधी होसियार, प्रदेश १ को पुनः नामङ्कन गर जस्ता नारा लगाउँदै कालो झण्डा देखाएका थिए । त्यस क्रमममा उनीहरुले सांसद राईलाई कालो मोसो दल्ने समेत प्रयास गरेका थिए । उनीहरुले परैबाट छर्किएको कालो पदार्थको केही छिटा प्रदेश सांसद राई, पूर्वसासंद कुलप्रसाद फुयाँल र बबी चाम्लिङको शरीरमा समेत लागेको थियो ।

जिल्ला सभामा साकेला गाउँपालिका अध्यक्ष रबिपकाश राईले बोले लगत्तै किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातीले कार्यक्रम सञ्चालकसँग आफ्नो धारणा राख्न फोरम मागेका थिए । त्यस क्रममा उनले जिल्लाको कुनै पनि कार्यक्रममा पहिचानविरोधी सांसदहरुलाई नबोलाउन अपिल गरिसकेको र ल्याएमा विरोध हुने बताए । उनीहरु सांसद राईविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि कार्यक्रम विथोलिएको थियो ।

सांसद राईविरुद्ध प्रदर्शनमा उत्रिएका चारजनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा यायोक्खाका अध्यक्ष किराती, सह-कोषाध्यक्ष डार्विन चाम्लिङ, यायोक्खा दिक्तेल रुपाकोट मझवागढी नगर कमिटी पूर्व उपाध्यक्ष सप्तमणि राई र जनता समाजवादी पार्टी (जसपा)का जिल्ला सचिव सुनिल राई रहेका छन् ।

पक्राउ परेकाहरुसँगै नागरिक समाजका अगुवासहितको टोली समेत जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । जिला प्रहरी कार्यालय खोटाङले पक्राउ परेकाहरुलाई सामान्य सोधपुछ छाडिएको जनाएको छ ।

प्रदेश-१ को नाम कोशिविरुद्ध यतिबेला पहिचान पक्षधरहरुको आन्दोलन जारी छ । उनीहरुले विभिन्न स्थानीय तहमा तालाबन्दी र कोशी लेखिएको सरकारी कागजातहरु च्यात्नेदेखि साईनबोर्ड हटाउने जस्ता विरोधका अभियानहरु चलाईरहेका छन् ।

पहिचानवादीहरुले पहिचानको विपक्षमा अर्थात प्रदेशको नाम कोशीमा मत जाहेर गर्ने सांसदहरुलाई बहिष्कारदेखि वंश गद्धारको घोषणा समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved