आठबर्ष पछि प्रचण्डसँग जाेडिएका किराँती भन्छन्, बिदा सकेर फर्केँ

काठमाडौँ।  २०७४ मा माओवादी छाडेका गोपाल किराँतीले आठवर्षे बिदा सकेर पार्टीमा फर्किएको बताएका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीबाट विद्रोह गरेर उनी २०७४ सालमा देशभ्कत सामाजवादी मोर्चा बनाएर हिडेका थिए। माओवादी-समाजवादीसहित आठ दलको एकता हुने सहमति भएसँगै उनी माओवादीमा समाहित भएका थिए। बुधबार भृकुटीमण्डपमा जारी एकता सभामा बोल्दै उनले आठ वर्षे अध्ययन बिदा सकेर पार्टीमा […]

क्रान्तिका नायक प्रचण्ड नै हुन् : महिन्द्र राय यादब

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले नेपाली क्रान्तिको नायक प्रचण्ड भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा १० दलको एकता घोषणा सभामा बोल्दै यादवले मुलुकको निकास निकाल्ने विश्वास व्यक्त गरे । ‘क्रान्तिको नायक प्रचण्ड हुन् । मैले विश्वास लिएर माओवादीको चुनाव चिन्हमा चुनाव लडेँ । जेनजीको आन्दोलनमा म प्रचण्ड र माधवसँगै थिएँ […]

जसपा बेलबारी नगर कार्य समितिले गरे सामुहिक पार्टी परित्याग

हिमांशु राय, मोरङ बेलबारी । देशमा पुरानो शक्तिहरुको दबदबा रहिरहेको अवस्थामा एक्कासी जेन्जी आन्दोलनले पारेको गहिरो प्रभावलाई मनन गरि वैकल्पिक नयाँ शक्तिहरुको उदय हुने क्रममा विभिन्न पुरानो राजनीति दलहरु बाट आजित बनेका कार्यकर्ताहरुले धमाधम आ आफ्नो पार्टी परित्याग गरि स्वतन्त्र हुने लहरै चलिरहेको बेला जनता समाजवादि पार्टी (जसपा) बेलबारी नगर कार्य समितिले सामुहिक पार्टी परित्यागको विज्ञप्ति […]

हाम्रो सपना कहाँ हरायो ?

✍️ दुर्गा क्षेत्री,  जनयुद्धको ऐतिहासिक अवतरणपछि बनेको गणतन्त्रको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए। तर गणतन्त्र जन्मेको नौ महिनामै उनले नैतिकताको इतिहास रचे — प्रधानमन्त्रीकै अन्डरमा पर्ने प्रधानसेनापतिलाई हटाउने निर्णयपछि उत्पन्न विवादको जिम्मेवारी लिँदै राजीनामा दिए। राजनीतिमा इमानदारिता र निष्ठाको प्रतीक मानिएका प्रचण्डको त्यो निर्णय केवल प्रशासनिक थिएन, त्यो संघर्षको निरन्तरता थियो। किनभने, जो तत्कालीन […]

जेनजीको आन्दोलनले बिर्सेको मूल मुद्दा

रमेश कुमार बोहोरा, काठमाडौं । हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ । विश्वका हरेक मुलुकमा हुने राजनीतिक परिवर्तनको मूल ध्येय यही हो । नेपालको राजनीतिक इतिहासममा ४० को दशकयता थुप्रै परिवर्तन भयो । ती परिर्वनहरुमध्ये २०८२ भदौ २३-२४ को जेनजी क्रान्ति […]

रौतहट क्षेत्र नं. २ बाट शेख सगिर आलमको उम्मेदवारी घोषणा : शिक्षाबाट राजनीतिसम्मको यात्रा

मेवालाल यादव।  आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. २ का मतदाताले नयाँ विकल्पको रूपमा पाउन सक्ने सम्भावित उम्मेदवारमध्ये शेख सगिर आलमको नाम जोडिँदैछ। परोहा नगरपालिका–३, तेजापाकड निवासी शिक्षाविद् आलमले हालै औपचारिक रूपमा उम्मेदवारी दिने घोषणा गर्दै आफ्नो सामाजिक सेवा र शिक्षा क्षेत्रको अनुभवलाई राजनीतिमा रूपान्तरण गर्ने दृढता सार्वजनिक गरेका छन्। आलमले काठमाण्डौमा […]

राई–अन्सारी विशेष भेट : कार्यगत एकता हुँदै मोर्चा र पार्टी एकतासम्मको यात्रा, आन्दोलन र निर्वाचनबारे गहन छलफल

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र संघीय गणतान्त्रिक गठबन्धनका संयोजक, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीबीच करिब १ घण्टा ३० मिनेट लामो विशेष भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेन्जी आन्दोलनको समीक्षा, र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद विघटन, अन्तरिम सरकारको गठन र […]

आम नागरिकले एकपल्ट माफी माग्नुपर्छ — प्रहरीको मनोबल फिर्ता गरौं

धिरज उपरकाेटी,काठमाडौं । हालै २३–२४ गते राजधानी सहित देश भरि भएका घटनाले प्रहरी संगठनमा गहिरो मनोवैज्ञानिक र भौतिक असर पारेको छ। भीडद्वारा प्रभाग तथा चौकीमा आगजनी गरिँदा प्रहरीको कार्यालय भवन, पोसाक र उपकरणहरू जलेर नष्ट भएका छन्। झडपका क्रममा सयौं प्रहरी घाइते भए भने केहीले ज्यानसम्म गुमाउनुपर्‍यो। “प्रहरीलाई शहिदको मान्यता दिनुपर्छ,” वाईसिएल नेपालका केन्द्रीय सचिव […]

बालेनका सल्लाहकार गृहमन्त्री, खोला किनार र टुकुचा मिचेर घर बनाउनेहरूको भविष्य अनिश्चित

काठमाडौं।  अन्तरिम सरकारमा बालेनका रुचाइएका पात्रहरूको प्रवेशसँगै विवादित भू–उपयोग मुद्दा फेरि ध्यानमा आएको छ। पूर्वका समयमा टुकुचा र खोला किनार मिचेर निर्माण भएका घरहरूमा बसोबास गर्नेहरूले अब आफ्नै भविष्यबारे अनिश्चितता महसुस गरिरहेका छन्। यी घरहरू सार्वजनिक जग्गा मिचेर बनाइएका थिए, र तत्कालिक सरकार तथा बालेनको सल्लाहकार रहेका अधिकारीहरूले तिनमा उचित नियन्त्रण र कारबाही सुनिश्चित गरेका […]

अझै समय छ सुध्रिने कि सक्किने ?

केशु विरही । देशमा अहिलेको यो विषम परिस्थिति सिर्जना हुनुमा यसअघिका मुख्य दल नै जिम्मेवार हुन् भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । उनीहरूले विधिको शासन कहिल्यै मानेनन् । संविधान र कानुनको धज्जी उडाउने काम मात्र भयो । देश राजनीति पार्टीका कार्यकर्ताको भर्तीकेन्द्र बन्न पुग्यो । यतिसम्म कि अदालतमा पनि राजनीतिक भर्तीकेन्द्र बन्नबाट अछुत रहेन । […]