कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका आङ्बोले गरे दाबी पेस
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् ।कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका ४७ प्रदेशसभा सदस्यहरुको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् । आङबोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको हस्ताक्षरबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् […]
एमाले सुदूरपश्चिम प्रदेश कमिटी पाँचवटै पदाधिकारी पदमा सर्वसम्मत

काठमाडौँ । अन्ततः नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष लगायत पाँचवटै पदाधिकारी पदमा सर्वसम्मत भएको छ । प्रमुख निर्वाचन अधिकृत पदम पालकाअनुसार अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द तथा उपसचिवमा कञ्चनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् । उपसचिवमा भरत साउद पक्षका विक र विष्टको पक्षमा […]
कोशी प्रदेशमा सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डले लिङ्देनसँग मागे सहयोग
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग मागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दुई नेताबीच भएको भेटमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि रातोपाटीसँग कुरा गर्दै लिङ्देनले भने, ‘म आफ्नै काम लिएर गएको थिएँ । तर, त्यहाँ पुगेपछि कोशी […]
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने , एमालेले विराेध जनाउने

काठमाडौं। सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेपछि नेकपा एमालेले संसदमा विरोध जनाउने भएको छ। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको लागि सम्भावित चार वटा कार्यसूची तय गरिएको छ। जसमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको […]
मुख्य राजनितिदल आफ्नाे अस्थित्व बचाउने बाहानामा जनताकाे मुद्दामा जवाफदेहि भएन : सांसद पराजुली
काठमाडौँ। अवस्था सुधार, बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गर्नुभएका ४४ वर्षीय सांसद गणेश पराजुली आफूले जनताका मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउँछन् । विधायिकाको मुख्य भूमिका कानुन निर्माण गर्ने भए पनि जनताका गुनासा सुन्न देश दौडाहामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुली आफूबाट जनताका मुद्दामा कच्चा निर्णय हुन नहुनेमा […]
एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदै

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा सुरु हुँदैछ । दुईदिनसम्म चल्ने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनको लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ । यद्यपि मनोनयन भने अहिलेसम्म भएको छैन । […]
काभ्रेबाट २० जना नेकपा एमालेको बागमती प्रदेश सदस्यमा निर्विरोध निर्वाचित
काठमाडौं । काभ्रेबाट २० जना नेकपा एमालेको बागमती प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सोमबारदेखि काठमाडौंमा जारी प्रदेश अधिवेशनमा काभ्रेबाट २० जना निर्विरोध भएका पार्टी केन्द्रीय सदस्य नविना लामाले जानकारी दिइन् । निर्विरोध हुनेहरुमा क्षेत्र नम्बर१ बाट दिलिप तामाङ, जितबहादुर रानामगर, गीता बन्जारा, क्षेत्र नम्बर २ बाट हरिशरण दाहाल, कन्चन अधिकारी र राजनकुमारी बैदार […]
जसपा नेपालकाे १ नं प्रदेश समिति पुनर्गठन प्रकृयामा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकाे १ नं प्रदेश समिति पुनर्गठन प्रकृया समानुपातिक,समावेशीताकाे सिद्धान्त विपरित,स्वेच्छाचारी एवम्प अलाेकतान्त्रिक र पार्टीकाे विधान विपरित रहेकाे ठहर गर्दै शिल्पी/ दलित विशेष समिति तथा समाजवादी दलित मुक्ति संगठनले कडा विराेध जनाएकाे छ । गत फागुन १६ गते गठित प्रदेश कमिटीका सचिव शान्त बहादुर घताल(प्रदिप) सहित अधिकांश पदाधिकारी, सदस्य तथा जिम्मेवार […]
मृगौला पिडितलाई आर्थिक सहयाेग सहित मञ्चकाे एघारौं नियमित बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) खोटाङ काठमाडौ सम्पर्क मञ्चको एघारौं नियमित बैठक नेकपा एमाले खोटाङ काठमाडौ सम्पर्क मञ्च का अध्यक्ष नबराज रोका को अध्यक्षतामा हिजाे सम्पनन भएकाे छ। नेकपा (एमाले) केन्द्रीय सदस्य तथा पुर्ब कोशी प्रदेश सामाजिक बिकास मन्त्री क. उषाकला राईको प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी सचिवलय […]
सांसद पराजुलीको उपस्थितिमा रास्वपा खाेटाङकाे छलफल कार्यक्रम सम्पन्न

खाेटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले जिल्ला सदरमुकाम दिक्तेलमा माननीय गणेश पराजुलीकाे उपस्थितिमा जिल्ला पार्टी कार्यालय उद्घाटन सहित जिल्लाका घण्टी प्रेमि नागरिकहरु सँग छलफल कार्यक्रम गरेकाे छ। रास्वपा खोटाङ र खोटाङ काठमाडौ सम्पर्क बिभागको संयुक्त आयोजनामा गरिएको कार्यक्रम बर्षाका कारण शान्ति पूर्ण -यालि गर्न नसकिए पनि अन्य कार्यक्रमहरु सरल रुपले सम्मन्न भएकाे कार्यक्रमकाे […]
