किर्तिपुरकाे नगर प्रमुखमा कसले मार्ला बाजि !

काठमाडौं । राजनीतिक दलहरू स्थानीय तहको उपनिर्वाचन केन्द्रित भएका छन् । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आवश्यक तयारी तीव्र पार्दै लगेको छ । कुनै राजनीतिक दल उम्मेदवार छनोटमा व्यस्त छ भने कुनैले उम्मेदवार तय गरिसके । आयोगका अनुसार कोशी प्रदेशमा ९, मधेस प्रदेशमा ७ पद, […]

रास्वपाकाे आन्दाेलन दबाउन पाेखरामा अस्रुग्यास

पोखरा । कास्कीमा राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि अश्रुग्यास प्रहार भएको छ। पोखरा महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरेको हो। मंगलबार मध्यान्हमा वाई चोकमा प्रदर्शन गरिरहेका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। उनका अनुसार निषेधित क्षेत्र […]

नेकपा एस अध्यक्ष नेपाल भेनेजुएला प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुएला प्रस्थान गरेका छन् । भेनेजुएलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो । फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ […]

सरकाले समलिङ्गी विवाहको गलत नजिर बसाए : अध्यक्ष दलमर्दन काकामि, आमूल परिवर्तन नागरिक पार्टी

काठमाडौं । नेपाली राजनितीका भुक्तभोगी एवम् उदयमान दुरदृष्टी नेता दलमर्दन कामीको नेतृत्वमा आज काठमाडौंमा खबरदारी सभा भएको छ ।कामी नेतृत्वको खबरदारी सभालाई एक्यवद्धता जनाउँदै समलिङ्गी विवाहले पूर्ण कानुनी मान्यता पाए समाजमा ठूलो विखण्डन र देशलाई दीर्घकालिन् असर पार्ने सरोकारवालाहरुले चेतावनी दिएका छन् । आज राजधानीको माईतिघर मण्डलामा आमूल परिवर्तन नागरिक पार्टीका समेत अध्यक्ष रहेका दलमर्दन […]

सभापति छुटाइमाग्न रास्वपा नेताद्वय प्रधानमन्त्रीकाेमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई छुटाउन रास्वपाका नेताहरुले बालुवाटार पुगेको खुलासा भएको छ । रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले खुलासा गरेको हुन् । ‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने […]

आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल तथा निर्णयसँगै ट्रंकलाइन र डेडिकेटेड विद्युत् सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ तर हिजो (सोमबार) प्रधानमन्त्रीको […]

रबिलाई थुना बाहिर राखेर छानवबिनगर्न रास्वपा सांसदकाे माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न माग गरेका छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले लामिछानेलाई थुनाबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने विषयमा सोच्न बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे । आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न […]

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने तर, प्रधानमन्त्री ओलि उपस्थित नहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको समितिमा जाने कार्यक्रम रद्द भएको जानकारी दिएको छ । आज समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको थियो । अपराह्न १२: […]

रास्वपाले भाेलि दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने रास्वपा नेता मनिष झाले जानकारी दिए । अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने झाले बताए । सहकारी ठगी र संगठित अपराध कसुरमा उक्त पार्टीका सभापति रवि […]

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी

सम्संसाद अंसारी, महाेत्तरि। संयुक्त  मधेश संघर्ष समितिले हिजाे महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने, थ्रेसहोल्डलाई १०% सम्म बढाउने, राष्ट्रिय सभाको वर्तमान प्रतिनिधित्वको स्वरुप बदल्ने जस्ता कुरालाई संविधानको प्रतिगामी संशोधनको प्रस्ताव भनेको छ । पहिचान […]