कार्किद्वारा साठी प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

विराटनगर । प्रदेश १ का प्रमुख परशुराम खापुङसमक्ष प्रदेशसभाका सबभन्दा ठूलो दल नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि आइतबार दाबी पेस गरेका छन् । कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् । कार्कीले सोमबार मुख्यमन्त्रीमा शपथ लिने बताए […]
आजको आवश्यकता ,राष्ट्रिय सहमतिको सरकार : प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन् । शनिवार आजपा निकट मधेश–काठमाडौ आम सम्पर्क मञ्चद्वारा ललितपुरको लगनखेलमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सो कुरा बताएका हुन् । अध्यक्ष साहले देशको वर्तमान संकटपूर्ण अवस्थाको अन्त्य गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर सबै दल […]
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन । बैठकमा संसद्मा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिनेरनदिनेलगायत […]
नेपाली काँग्रेसले प्रधानमन्त्रीको लागि कसलाई अफर गरेकाे छैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई प्रधानमन्त्रीको ‘अफर’ नगरेको दाबी गरेका छन्। सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार पार्टी पदाधिकारीको बैठकपछि महामन्त्री शर्माले कांग्रेस तत्काल नयाँ गठबन्धन र सरकार बनाउने पक्षमा नरहेको दाबी गरेका हुन्। ‘नेपाली कांग्रेसले तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन,’ शर्माले […]
कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ । भातृ शुभेच्छुक संस्थाको गठन तथा विस्तार, पार्टीको विभाग गठन, सत्ता गुमेपछि पार्टीको प्रतिपक्षी भूमिकाका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो। पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रकृया थाल्न आयाेगलाई प्रधानमन्त्री दाहालकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । […]
सरकारमा सहभागी बारे छलफलका लागि एसकाे बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिटब्यूरो डाकिएको हो । […]
वरियताक्रममा असन्तुष्टिले मन्त्री श्रेष्ठ गएनन् मन्त्रालय

काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गरे । त्यसपछि भने उनी फर्किएर मन्त्रालय गएका छैनन् । सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय नगएका उनी बिहीबार पनि गएनन् । तर उनले पार्टीका नेताहरुसँग भने निवासमै भेटवार्ता गरिरहेका छन् । त्यसैले श्रेष्ठ […]
रावल र भुसाललाई एकीकृत समाजवादिमा ल्याउने तयारिमा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका नेता भीम रावल र पूर्वएमाले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउनलाई तयारी थालिएको छ । आज बिहीबार भर्चुअल माध्यमबाट अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले रावल र भुसाललाई पार्टीमा ल्याउने तयारी भइरहेको बताए । उक्कात भर्चुअल भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘घनश्यामजीसँग कुरा भइरहेको छ । […]
प्रभु शाहले गठनगरे आम जनतापार्टी

काठमाडौं । ४ मंसिरको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।
