रवि लामिछानेले नागरिकता लिएर उपनिर्वाचन लड्न सक्छन् : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेले नागरिकता लिएर उपनिर्वाचन लड्न सक्ने बताएका छन् । शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले रविविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताए । कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रूपमा दिन नहुने उनको भनाई […]
राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्छ : डा. बाबुराम भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताएका छन् । शनिबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष भट्टराईले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक रहेको बताए । ‘सकेसम्म सरकार निर्माण लगायत सबै विषयमा यो ५ वर्ष राष्ट्रिय सहमति गरेर जाऔं । नभए कमसेकम […]
पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै सरकारमा पनि सहभागी हुँदैनौ : अध्यक्ष श्रेष्ठ

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरूलाई रिहाइ नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको […]
नयाँ पुस्ता सँग काम गर्न प्रचण्डलाई कत्ती सहज ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा अध्यक्षसहित २१ पदाधिकारी छन् । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक मन्त्री भएपछि अरू कुनै पदाधिकारीले मन्त्री हुने अवसर पाएनन् । अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट युवा सांसदहरूको मात्रै प्रतिनिधित्व भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट स्थायी समिति सदस्य रेखा शर्मा सञ्चार, पोलिटब्युरो सदस्य […]
स्वार्थ बाझिनेलाई मन्त्री बनाइएपछि प्रचण्ड नेतृत्वको आलोचना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा स्वार्थ बाझिनेलाई मन्त्री बनाइएको छ । पुराना दलका कमी कमजोरी र असफलतालाई मुद्दा बनाएर आम निर्वाचन २०७९ मा जनताले अघि बढाएका नयाँ राजनीतिक शक्तिले समेत मन्त्री पदमा सिफारिस गर्दा स्वार्थ बाझिनेलाई नै महत्त्व दिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहरी विकास मन्त्रीको […]
नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग हुने भएको छ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनसँग सहकार्य गरेको दुई साता नबित्दै उक्त दल गठबन्धनबाट अलग हुन लागेको हो । उक्त दलका प्रमुख संरक्षक रेशम चौधरीकै निर्देशनमा गठबन्धनबाट अलग हुने निर्णय भएको उच्च स्रोतको दाबी छ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको […]
प्रतिनिधिसमाका लागि सभामुखकाे मनाेनयन दर्ता आज

काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताअनुसारको […]
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं ।नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सामूहिक रुपमा शपथ गराएकी हुन् । माओवादीबाट थप तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी पाएकी छन् भने सुदन किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]
उपप्रधानसहित राप्रपाको भागमा तीन मन्त्रालय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ स्रोतका अनुसार राप्रपाले उर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् । अरु दुई […]
सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगियाे, सपथ भाेलि

काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छन् । भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । ‘कुन […]
