जसपा भित्र लफडा, प्रचारप्रसार प्रमुख लाई निलम्बितको माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल भित्र समानुपातिक समावेशीता र संघीय संरचनाको बारे तीब्र विवाद चर्किएको छ । स्थानीय निकायको निर्वाचन पछी संघीय संसद र प्रदेश संसदको निर्वाचनको बाट पार्टीको कम्जोर नतिजा पछि पार्टी परित्याग गरि काङ्ग्रेस एमाले माओवादीमा नेताकार्यकर्ता प्रवेश गर्नेको लर्को देखिन्छ भने आम नेताकार्यकर्तामा निराशा र कम्जोर हुदै गएको र पार्टी छोडने […]

राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भयाे : अध्यक्ष नेपाल

माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले के–के न गरौँला भनेर आएको उक्त पार्टीमा पनि पदको आशक्तिबाहेक अरु केही नदेखिएको बताएका हुन्। नयाँ घण्टी बजाउँदै आएको रास्वपाको चरित्र पनि जनताले देखिसकेको नेपालको भनाइ थियो। उनले भने, ‘नयाँ […]

मुख्यमन्त्री शाहले भेटे रेशमको पारीवर, भन्छन् “छुटाउने म अथक प्रयास गर्ने छु”

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहनुभएका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गरेका छन् । शुक्रबार साँझ मुख्यमन्त्रीको पदभारग्रहण गरेको भोलिपल्ट कैलालीको जानकी–९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका सदस्यालाई भेटघाट गरेका मुख्यमन्त्री शाहले रेशम लगायतकालाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिएका हुन् । उनले उक्त […]

एकीकृत समाजवादीकाे तर्फबाट प्रदेश मन्त्रीबन्दै शाही

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सभा सदस्य नरेश शाही मन्त्री बन्ने भएका छन् । कांग्रेस नेतृत्वको सरकारमा शाही मन्त्री बन्दैछन् । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै मन्त्री शाहीले शपथ लिनेछन् । उनले कुन मन्त्रालय पाउनेछन् भन्ने टुंगो लागेको छैन । बिहीबार नेकपा एमालेसहितको गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेशको सभाको […]

सुदूरपश्चिम सरकार संकटमा 

काठमाडौं । वर्तमान सत्ता गठबन्धन बनेको डेढ महिनामै गठबन्धनभित्रको खटपटी र स्वार्थको द्वन्द्व छताछुल्ल भएको छ । आइतबार मात्रै केन्द्रीय सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएको छ । उता सुदूरपश्चिममा बुधबार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन् । उनी २७ पुसमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार उनले एक महिनामा प्रदेशसभाबाट विश्वासको मत हासिल […]

नेपलका पहिचानवादी शक्तिहरु एकहुने मनसायमा, कुमार लिङ्देनले के गर्लान्?

काठमाडौं ।आफ्नै सहकर्मीहरुदेखि एकताबाट भाग्दै आएको आरोप लाग्दै आएको कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई फेरि जनता समाजवादीसहित दुई वटा पार्टीले एकताको प्रस्ताव आएको छ । जनता समाजवादी पार्टीले सोमबार (माघ २३) संलोरामलाई औपचारिक रुपमा पत्र पठाएर एकताको प्रस्ताव पठाएको छ । जसपा राजनीतिक समितिको नीति, बिचार र सिद्धान्त मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय […]

प्रचण्ड भेटन विप्लव प्रचण्ड निवासमा

रुपन्देही । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचणड निवास गएका छन् । विभिन्न पार्टीमा विभाजित पूर्वमाओवादीहरूको एकताको विषयमा चर्चा भइरहेका बेला प्रचण्ड विप्लवको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । माओवादी केन्द्रले यस्ता दलहरूसँग वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा समिति नै गठन गरेको छ […]

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसद बैठक बहिस्कार

काठमाडाैँ। प्रतिनिधिसभाकाे बैठक हाल जारी छ। बैठक आज दिउँसाे १ बजेपछि सुरु भएकाे हाे। तर बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी भएकाे छैन। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक चलिरहेकाे कारण सांसदहरू प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको एक सांसदले जानकारी दिए। ‘कार्यव्यतस्ताले गर्दा संसदमा जान नसकेकाे हाैँ। आज अधिकांश सांसद बैठकमा उपस्थित हुन सक्दैनाैँ’, उनले भने।( […]

राजाको स्थानमा बसेर ठुलादलका नेताहरूले जनताको शोषण गरे : पूर्व मन्त्री साह

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्व मन्त्री प्रभु साहले राजाको स्थानमा अहिले ठुलादलका नेताहरू बसेर जनताको शोषण गरिरहेको कारण देशको अवस्था दयनीय बनेको टिप्पणी गरेका छन् । बिगतमा राजा हटाउन कम्युनिस्ट र कांग्रेस नेताहरू एक ठांउमा भएर जनताको साथमा थिए तर अहिले अवस्था बदलिएको छ नेताहरु नै शासक बनेको उनले जिकिर गरेका […]