काे हुन् श्रम संस्कृति पार्टीका महासचिव आरेन राई ??

दिपेश श्रेष्ठ। खोटाङको राजनीतिक इतिहास लामो समयदेखि स्थापित दल, अनुभवी नेता र परम्परागत शक्ति संरचनाको वरिपरि घुम्दै आएको छ। दशकौँदेखि एउटै शैली, एउटै भाष्य र उही अनुहारले प्रतिनिधित्व गर्दै आएको जिल्लाको राजनीतिमा पछिल्लो समय भने नयाँ बहस सुरु भएको छ। यही बहसको केन्द्रमा देखिएका छन्— नव–घोषित श्रम संस्कृति पार्टीका महासचिव आरेन राई। श्रम, संस्कृति, पहिचान […]
सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि नै आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी […]
जेनजी २.० ले माघे संक्रान्तीको शुभकामनासहित चुनावबारे स्पष्ट धारणा सार्वजनिक

काठमाडौं । जेनजी २.० ले माघे संक्रान्तीको अवसर पारेर आगामी निर्वाचनबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। एक विज्ञप्ति जारी गर्दै जेनजी २.० ले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पर्वको शुभकामना व्यक्त गर्दै सामाजिक एकता, नयाँ सुरुवात र न्यायपूर्ण भविष्यको कामना गरेको छ। विज्ञप्तिमा मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जनताको न्यूनतम माग र […]
स्वतन्त्र उमेदवारी घाेषणा गरेका अधिकारी रास्वपा प्रवेश

काठमाडौं । मकवानपुर–२ बाट तीन महिनादेखि स्वतन्त्र उम्मेदवारीका लागि सक्रिय चुनावी अभियान सञ्चालन गरिरहेका युवा नेता शिव प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। यो निर्णय रास्वपा सभापति रवि लामिछानेले न्याय प्राप्त गर्नुको दिन सार्वजनिक भएको हो। अधिकारीले व्यक्तिगत आकांक्षा भन्दा माथि उठेर देशमा सकारात्मक परिवर्तन, […]
काे हुन् त डा. हरि राेका ??

” मैले चिनेकाे ” डा.हरि राेका,खोटाङका पुराना वाम चिन्तक, संघर्ष, विचार र योगदानको राजनीतिक यात्रा ! दिपेश श्रेष्ठ । नेपालको वामपन्थी राजनीतिमा धेरै नेता सत्ता, पद र अवसरसँगै परिचित भए। तर केही पात्र यस्ता पनि छन्, जो सत्ता भन्दा विचार, पद भन्दा चेतनालाई प्राथमिकता दिएर इतिहासमा स्थापित भए। त्यस्तै एक नाम हो— डा. हरि रोका। […]
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन (प्रवक्ता : डा. हरि कार्की)

काठमाडौं । २०७९ को स्थानीय तह निर्वाचनपछि अटेरी अभियान, लौरो अभियान, नागरिक विद्रोह हुँदै GenZ 2.0 सम्म विभिन्न नाम र स्वरूपमा सक्रिय रहँदै आएको स्वतन्त्र राजनीतिक धार आज स्पष्ट एकतामा उभिएको छ। लामो समयदेखि उठ्दै आएको “लौरो कता हरायो?” भन्ने प्रश्नको जवाफ आज बुढानगरमा सम्पन्न देशव्यापी भेलाले स्पष्ट रूपमा दिएको छ — लौरो हराएको होइन, […]
मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारी घोषणा, ‘युवालाई नारामा सीमित राख्ने राजनीति अब अस्वीकार्य’

मकवानपुर — मकवानपुर–२ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शिव प्रसाद अधिकारीले विद्यमान दलमुखी राजनीतिमाथि कडा प्रश्न उठाएका छन्। उनका अनुसार युवालाई केवल भोट बैंकका रूपमा प्रयोग गर्ने र नेतृत्व परिवर्तन गर्न नसक्ने प्रवृत्तिले मकवानपुरको विकास अवरुद्ध बनाएको छ। अधिकारीले भने, “युवा हुँ भनेर भोट माग्ने तर आफ्नै पार्टीभित्र नेतृत्व परिवर्तन गर्ने आँट नराख्नेहरूले विकासको कुरा […]
नेपाली ईशाइ समुदाय: विश्व राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा ख्रीष्टियन समुदाय

दिपेश श्रेष्ठ । पछिल्ला केही वर्षयता विश्व राजनीति अस्थिरता, युद्ध, सत्तासंघर्ष, अतिवाद र उग्र राष्ट्रवादतर्फ उन्मुख हुँदै गएको देखिन्छ। युक्रेन–रूस युद्ध, मध्यपूर्वमा जारी द्वन्द्व, अफ्रिकाका केही राष्ट्रहरूमा बढ्दो धार्मिक हिंसा र दक्षिण एसियामा पहिचानको राजनीतिले अल्पसंख्यक समुदायहरूलाई प्रत्यक्ष असर पारेका छन्। विशेषतः ख्रीष्टियन समुदाय धेरै देशमा राजनीतिक अस्थिरता र कमजोर कानुनी शासनका कारण असुरक्षित बनेको […]
काे हुन् सन्तबहादुर चेपाङ !!

दिपेश श्रेष्ठ । सन्तबहादुर चेपाङ बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री तथा अल्पसंख्यक चेपाङ समुदायबाट उदाएका एक प्रभावशाली राजनीतिक व्यक्तित्व हुन्। नेपाली राजनीतिमा सिमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर मानिने सन्दर्भमा उनी प्रदेश सरकारसम्म पुग्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई चेपाङ समुदायको दशकौँ लामो सामाजिक–राजनीतिक संघर्षको मूर्त रूप पनि हो। सन्तबहादुर चेपाङको जन्म वि.सं. २०३२ सालमा तत्कालीन काकडा […]
राष्ट्र निर्माण दल नेपाल को औपचारिक यात्रा सुरु

काठमाडौं । आज काठमाडौंको राष्ट्रिय सभागृहमा एक विशेष घोषणा सभाका बीच राष्ट्र निर्माण दल नेपाल को औपचारिक यात्रा सुरु भएको छ। पार्टी अध्यक्ष समिम मियाँ अन्सारी ज्यूले हिमाल, पहाड र तराई-मधेशको समान प्रतिनिधित्व गर्दै देशलाई नयाँ गति दिने संकल्प व्यक्त गर्नुभएको छ। सुधारिएको संसदीय व्यवस्था र संघीयताको सुदृढीकरण, पूर्ण समानुपातिक समावेशी व्यवस्थाको वकालत,धर्मनिरपेक्षता र सामाजिक […]
