Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

झापामा एकीकृत समाजवादीद्वारा टिकटक प्रतियोगिता आयोजना: प्रथम पुरस्कार १० हजार रुपैयाँ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 6, 2025
6 shares

झापा — नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले पार्टीको स्थापना दिवसको अवसरमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ। भदौ ९ गते पार्टी स्थापनाको अवसर पारेर आयोजना गरिने प्रतियोगिता आज बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल विषयमा आधारित टिकटक भिडियोहरू नेपाली भाषामा निर्माण गरिनुपर्नेछ। सहभागी भिडियोहरू तीन मिनेटभन्दा लामो हुन नहुने र ती भिडियोहरू प्रतियोगिता प्रारम्भ अघि पार्टीको जिल्ला कमिटीको आधिकारिक टिकटक आईडीमार्फत मात्र सार्वजनिक गरिनेछ।

प्रतियोगितामा सहभागी हुन उमेर वा स्थानको कुनै सिमा राखिएको छैन। अध्यक्ष बीपी भट्टराईका अनुसार पठाइएका भिडियोलाई पार्टीको आधिकारिक आइडीमा पोस्ट गर्नुअघि परीक्षण र अध्ययन गरिनेछ। भिडियोहरू मोबाइल नम्बर ९७०७९०५७०९ मा वाट्सएपमार्फत पठाउनुपर्नेछ।

प्रतियोगिताका लागि निर्णायक मण्डलमा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख अनिलदेब राई र समाजवादी प्रेस संगठन झापाका अध्यक्ष गोविन ल्वागुन रहेका छन्।

साउन २५ गतेदेखि भदौ १ गतेसम्म प्राप्त भिडियोलाई प्रतियोगितामा समावेश गरिनेछ। भदौ ८ गतेसम्म प्राप्त लाइक, भ्युज र शेयरको आधारमा ५० अंक र बाँकी ५० अंक निर्णायक मण्डलबाट प्रदान गरिनेछ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले दश हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ। विजयीहरूलाई भदौ ९ गते एकीकृत समाजवादीको स्थापना दिवसकै अवसरमा आयोजित विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ।

पत्रकार सम्मेलनमा कोशी प्रदेश सचिवालय सदस्य तथा नेपाल खेलकुद महासंघ समाजवादीका वरिष्ठ उपाध्यक्ष शंकर थापा, झापाका पूर्वअध्यक्ष बेदराज रेग्मी, बासु दुलाल, उपाध्यक्ष नविन इजम, सरस्वती सुब्बा, सचिव सानकुमार लामा, उपसचिव श्री मिश्रलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved