Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा आएर के हुन्छ ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 7, 2025
0 shares

✏️ लेखक : चन्द्रप्रकाश बानियाँ : एकजना मित्रले भन्दै हुनुहुन्थ्यो : ८४ मा रास्वपा आउँछ !! हो, आउनसक्छ । पार्टी खोल्नेले सत्तामा पुगिएला भनेरै खोल्ने हो । कुरो के हो भने कसैले आओस् भन्दैमा आउने होइन र कसैले नआओस् भने पनि आउन सक्छ ।

राणाशाही नआओस् भन्नेहरु अवश्य थिए होलान् । आयो । १०० वर्ष खायो । पञ्चायत आउनु हुदैन भन्नेहरु पनि हुँदा हुन् । आयो । त्यसले पनि ३० वर्ष खायो ।

बहुदल र गणतन्त्र आउनु हुदैन भन्नेहरु पनि थिए । आयो । अर्को ३० वर्ष खायो । काँग्रेस र एमालेहरु सत्तामा आउनु हुदैन भनेर लाग्नेहरु थिए र छन् । तर तिनहरुले पटक पटक चुनाव जितेकै छन् । सत्तामा ढलिमलि गरेकै छन् ।

माओवादीहरु जङ्गलमै सिद्धिनुपर्छ भन्नेहरु बहुमतमै थिए । राजावादीहरु थिए । काँग्रेस एमालेहरु थिए । तिनैथरी मिलेर माओवादी सक्न पुलिस सेना प्रयोग गरेकै हुन् । सकिएनन् । नसकिएका मात्र होइनन् सत्तामै आइपुगे । अझै सत्ताको वरिपरि घुम्दैछन् ।

त्यस्तै हो । रास्वपा पनि आउन सकिन्छ भनेरै जन्मिएको हो । आउला । खुट्टो भित्र छिराइसकेकै छ । कुरो कति मात्रै हो भने आएपछि के गर्छ भन्ने कुराको ट्राएल देखाइसकेको छ ।

कुनै अर्को ग्रहबाट झरेका मान्छे रास्वपामा जम्मा भएका होइन रहेछन् । ती यही समाजकै उत्पादन हुन् । साँचो कुरा गर्ने हो भने समाजका उत्पादनमध्येका पनि खराबमध्येकै हुन् ।

कोठेबारीमा रोपेको अम्बाको बिरुवाले कस्तो फल दिन्छ भन्ने कुरा त्यसको नस्लले नै बताउँछ । उन्नत (बिकासी) बिउ परेछ भने ठूला फल लाग्छन् । स्थानीय काठे जातको बिउ हो भने साना फल लाग्छन् ।

रास्वपाका सबै सदश्य खराबै छन् भन्नु आग्रह ठहर्छ तर रास्वपाको नेतृत्व अर्थात अध्यक्षको पूर्वचरित्र असल छैन भन्ने कुरा हजार प्रतिशत सत्य हो । परीक्षित हो । प्रमाणित हो ।

कुनै पनि सेनाको युद्धमा हुने हारजित त्यसको सेनापतिको सुझबुझ र योग्यतामा भरपर्छ भनिन्छ ।

त्यसैले विना विचार, विना कार्यक्रम, विना दृष्टिकोण, विना सिन्द्धान्त, विना दर्शनको ठूलो भीड जम्मा हुनसक्छ तर त्यसले कुनै काम सफलतामा पुर्‍याउने क्षमता राख्दैन ।

रास्वपा सत्तामा पुग्ला, त्यसले गर्छ के ?! देश र समाजलाई कुन राजमार्गबाट डोर्‍याएर कहाँ पुर्‍याउँछ ?!

निश्चित कुरा हो रास्वपाले कहीँ पुर्‍याउने क्षमता राख्दैन । रास्वपाको नेतृत्व लुटेराहरुको नयाँ अवतार मात्र हो भन्ने कुरा नेताले आजसम्म देखाएको चरित्रबाट स्पष्ट भएको छ ।

रास्वपाको सरकार चाखिसकेपछि “दुख पायौ मङ्गले आफ्नै ढङ्गले” भनेर आफैलाई लोप्पा ख्वाउनुभन्दा नेपालीहरुसंग अर्को विकल्प रहने छैन भनेर निर्धक्क भन्न सकिन्छ ।

बाँसको चोया निकाल्न पनि किरासिरा नलागेको सोझो सर्लक्कको घारो चाहिन्छ । किरा लागेको खोटी परेछ भने काम लाग्दैन ।

असल फल दिने अम्बाको बिरुवा रास्वपा हुदै होइन । यो आग्रहको कुरा होइन । आजसम्म भोगेको तितो इतिहासबाट पुष्टि भएको कुरा हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

मनसुनमा उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् प्राधिकरणको आग्रह,...

  • July 23, 2026

पुष्पलालको ४८औँ स्मृति दिवस आज, देशभर विविध कार्यक्रम आयोजना

  • July 23, 2026

दाइजो प्रथा अन्त्यका लागि सरकारको सक्रियता, मन्त्री सिता बादी ...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved