सभापति छुटाइमाग्न रास्वपा नेताद्वय प्रधानमन्त्रीकाेमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई छुटाउन रास्वपाका नेताहरुले बालुवाटार पुगेको खुलासा भएको छ । रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले खुलासा गरेको हुन् । ‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने […]
आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल तथा निर्णयसँगै ट्रंकलाइन र डेडिकेटेड विद्युत् सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ तर हिजो (सोमबार) प्रधानमन्त्रीको […]
रबिलाई थुना बाहिर राखेर छानवबिनगर्न रास्वपा सांसदकाे माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न माग गरेका छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले लामिछानेलाई थुनाबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने विषयमा सोच्न बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे । आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न […]
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने तर, प्रधानमन्त्री ओलि उपस्थित नहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको समितिमा जाने कार्यक्रम रद्द भएको जानकारी दिएको छ । आज समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको थियो । अपराह्न १२: […]
रास्वपाले भाेलि दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने रास्वपा नेता मनिष झाले जानकारी दिए । अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने झाले बताए । सहकारी ठगी र संगठित अपराध कसुरमा उक्त पार्टीका सभापति रवि […]
संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी

सम्संसाद अंसारी, महाेत्तरि। संयुक्त मधेश संघर्ष समितिले हिजाे महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमाले द्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने, थ्रेसहोल्डलाई १०% सम्म बढाउने, राष्ट्रिय सभाको वर्तमान प्रतिनिधित्वको स्वरुप बदल्ने जस्ता कुरालाई संविधानको प्रतिगामी संशोधनको प्रस्ताव भनेको छ । पहिचान […]
एमाले नेता भट्टराईकाे प्रचण्डलाई प्रस्न : लाज भन्ने हुँदैन मान्छेलाई ?

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले माओवादीले सडकबाट सरकार फेर्ने र बन्दुकबाट सत्ता कब्जा गर्ने कुरा गर्नु गलत भएको टिप्पणी गरेका छन् । उनले आफूहरुले माओवादी सुध्रिएको ठानेपनि व्यवहारमा त्यस्तो नभएको टिप्पणी गरेका छन् । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो […]
भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्नः राष्ट्रिय मातृभूमि पार्टी

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले एक भव्य समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तीत्वहरु समाजसेवीहरु युवा वर्गका अगुवाहरु भ्रष्ट्रचार विरोधी अभियन्ता रमेश खरेल, पार्टीका महासचिव गोविन्द गिरि बरिष्ठ नेता क्याप्टेन केबी लिम्बु लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । पार्टीले […]
ठगी र भ्रष्टाचार सम्बन्धी कारबाहीमा हाम्रो साथ छ तर भेदभाव गर्न पाइँदैन : पूर्वगृहमन्त्री श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् । शनिबार पार्टीले काठमाडौं आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै आफूहरुको चाहना रहेको बताए । विपक्षी मोर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी […]
यो सरकार सुशासनका विरुद्ध बनेको हाे: प्रचण्ड

काठमाडौं। । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले बाढीपहिरोको क्रममा चरम लापरवाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत […]
