समानुपातिकतर्फ एक करोड दुई लाख ५३ हजार मतगणना, रास्वपालाई ४९ लाख

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ। यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० बजेसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ। निर्वाचन आयोगकाअनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार […]

पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समीक्षा गरिनेछ : एमाले नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समीक्षा गरिने बताएकी छन् । राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समीक्षा गरिने बताएकी हुन् । उनले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समीक्षा हुन्छ । बैठकको समीक्षाबाट नै […]

लोकतन्त्रमा हार र जीत दुवै  स्वाभाविक प्रकृया

नेपालको राजनीतिले पछिल्ला तीन दशकभन्दा बढी समयको यात्रामा धेरै परिवर्तनहरू देखेको छ। व्यवस्था फेरियो, शासनका स्वरूप बदलिँदै गए, नयाँ संविधान आयो, नयाँ नेतृत्वहरू उदाए र पुराना शक्तिहरू कमजोर हुँदै गए। तर यति धेरै राजनीतिक परिवर्तनहरूको बीचमा एउटा प्रश्न भने निरन्तर उठिरह्यो—के यी परिवर्तनहरूले नागरिकको जीवनमा अपेक्षित सुधार ल्याए? आजको राजनीतिक परिस्थिति हेर्दा यही प्रश्न झन् […]

काे हुन् सुनसरी-१ बाट निर्वाचित माटाे चिन्हका विजयी उमेदवार हर्क ?

धरान उपमहानगरपालिकाका पुर्व मेयर हर्कराज राई नेपाली राजनीतिमा स्थापित दलहरूभन्दा बाहिरबाट उदाएका एक फरक, स्पष्ट र साहसी पात्रका रूपमा चिनिन्छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिँदै श्रम, इमानदारी र आत्मनिर्भरता केन्द्रित शासनको अभ्यास सुरु गरेका ब्यक्ति हुन्। पूर्वि नेपालकाे खाेटाङ- खार्ताम्छामा जन्मिएका हर्कराज सामान्य श्रमिक परिवारका हुन्। आर्थिक रूप सामान्य […]

उदयपुर २ मा रास्वपाका सूर्य तामाङ विजयी

उदयपुर। उदयपुर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सूर्यबहादुर तामाङ विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तामाङले १४ हजार ८०२ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । निर्वाचनमा नेकपा एमालेका अम्बर बहादुर रायामाझी ७ हजार ६४८ मतसहित दोस्रो स्थानमा रहेका छन् । उदयपुर २ का निर्वाचन अधिकृत लोकबहादुर कटुवालका अनुसार नेपाली काँग्रेसका राम […]

खाेटाङबाट “माटाे” चिन्हका विजयी आरेन राई काे हुन् ?

खोटाङको राजनीतिक इतिहास लामो समयदेखि स्थापित दल, अनुभवी नेता र परम्परागत शक्ति संरचनाको वरिपरि घुम्दै आएको छ। दशकौँदेखि एउटै शैली, एउटै भाष्य र उही अनुहारले प्रतिनिधित्व गर्दै आएको जिल्लाको राजनीतिमा पछिल्लो समय भने नयाँ बहस सुरु भएको छ। यही बहसको केन्द्रमा देखिएका छन्— नव–घोषित श्रम संस्कृति पार्टीका महासचिव आरेन राई। श्रम, संस्कृति, पहिचान र वर्गीय […]

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जना पक्राउ

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका निवासी २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले साइबर ब्युरोको प्राविधिक सहयोगमा ठाकुरलाई सोमबार नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनले आफ्नो व्यक्तिगत फेसबुक आईडी प्रयोग गरी झापा […]

निर्वाचन पछि बन्ने सरकारसँग मिलेर काम गर्न बेलायत इच्छुक

काठमाडौं । संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ । काठमाडौंस्थित बेलायती राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मार्च ५ (फागुन २१) को निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्ने बताएको हो ।

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले चुनाव चिन्ह रुखमा मतदान गर्न अपील गरेका छन् । आइतबार खड्काले सामाजिक सञ्जालमार्फत फागुन २१ गते हुन लागेको निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न अपील गरेका हुन् । उनले समानुपातिक र प्रत्यक्षतर्फ दुबैमा मतदान गर्न मतदाताहरुसँग अपील गरेका छन् । उनले भने, ‘फागुन २१ गते प्रतिनिधि सभाको […]

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमार्फत निर्वाचनको मौन अवधिमा पार्टी र उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाइएको आरोप लगाएका छन् । मंगलबार साँझ सार्वजनिक गरिएको एक स्टाटसमा थापाले निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत आफूलगायत नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध असत्य कथा, भ्रामक सूचना तथा ‘हेर्फेर गरिएका’ भिडियोहरू सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा फैलाइएको उल्लेख गरेका हुन् […]