Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काे हुन् सुनसरी-१ बाट निर्वाचित माटाे चिन्हका विजयी उमेदवार हर्क ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 8, 2026
3 shares

धरान उपमहानगरपालिकाका पुर्व मेयर हर्कराज राई नेपाली राजनीतिमा स्थापित दलहरूभन्दा बाहिरबाट उदाएका एक फरक, स्पष्ट र साहसी पात्रका रूपमा चिनिन्छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिँदै श्रम, इमानदारी र आत्मनिर्भरता केन्द्रित शासनको अभ्यास सुरु गरेका ब्यक्ति हुन्।

पूर्वि नेपालकाे खाेटाङ- खार्ताम्छामा जन्मिएका हर्कराज सामान्य श्रमिक परिवारका हुन्। आर्थिक रूप सामान्य भएको परिवारमा हुर्किएका उनी बाल्यकालदेखि नै श्रम, संघर्ष र आत्मसम्मानको मूल्यसँग नजिकबाट परिचित भए। यही पृष्ठभूमिले उनको जीवनदृष्टि र राजनीतिक सोच निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

हर्कराज राई कुनै ठूला पार्टीको संरचनाबाट राजनीतिमा आएका व्यक्ति होइनन्। उनी लामो समयसम्म सामाजिक अभियन्ता, श्रमिक अधिकारका पक्षधर र स्थानीय स्तरका मुद्दामा सक्रिय व्यक्ति रहेका ब्यक्ति हुन्।।

धरानमा खानेपानी अभाव, बेरोजगारी, अव्यवस्थित शहरीकरण र राजनीतिक बेवास्ताका विषयमा उनले निरन्तर आवाज उठाउँदै आउँदा १ दशक समय बिताएका त्यागी तर, एकाेहाेराे ब्यक्ति हुन्।। यत्ति कि पुरानाे टेम्पाेमा एउटा स्पिकर सहित धराने जनताकाे घर-घर र हरेक चाेक चाेकबाट जनतालाई सुसुज्जित गराउथे। यही सामाजिक सक्रियताबाट उनको राजनीतिक यात्रा सुरु थियो।

१० बर्ष सम्म धराने जनताकाे आवाज उनले उठाई नै रहे, बाेलि नै रहे, हाे यहि लगनसिलताकाे कारण स्थापित दलका उम्मेदवारहरूलाई पराजित गराउदै धराने जनताले हर्कराज राईलाई २०७९ मा सम्पन्न स्थानिय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित गराएका थिए। यो जित केवल व्यक्तिगत सफलता नभई वैकल्पिक राजनीति र जनआक्रोशको प्रतिविम्ब सावित भयाे।

मेयर बनेपछि पनि राईले आफूलाई “साधारण श्रमिक”कै रूपमा प्रस्तुत गर्दै आएका हुन्। चाहे खाने पानीकाे सवालमा हाेस वा सडक निर्माणमा हाेस आफै सावेल र गैति सहित श्रम अभियायनकाे अग्रपंक्तिमा उभिने हर्कराजले श्रम दान अभियायन चलायरै नगरपालिकाको अनावश्यक खर्च कटाैति गर्दै जनप्रतिनिधि सुविधाभन्दा जनसेवालाई प्राथमिकता दिने जनप्रतिनिधिको परिचय बनाएका ब्यक्ति हुन्।

उनको कार्यशैलीले प्रशंसा र आलोचना दुवै पाएको छ, तर उनी आफ्नो बाटोबाट विचलित देखिँदैनन्। उनले धरानका लागि गरेका प्रमुख विकासका काममा आफू निर्वाचित भए पछि मेयर हर्कराज राईको कार्यकालमा धरानमा निम्न विषयमा उल्लेख्य प्रयास भएकाे देखिन्छः

# खानेपानी संकट समाधानका लागि श्रमदान र वैकल्पिक स्रोतको खोज।
# श्रमदान संस्कृति पुनर्जीवित गर्दै जनसहभागितामूलक विकास।
# भ्रष्टाचारविरुद्ध कडा अडान, अनियमित खर्च नियन्त्रण।
# शहरी व्यवस्थापनमा स्वच्छता र अनुशासन अभियान।
# स्थानीय उत्पादन र आत्मनिर्भरता प्रवर्द्धन गर्ने सोचको सुरुवात।

हर्कराज राई पूर्णरूपमा विवादरहित नेता भने होइनन्, तर उनी फरक छन्। उनी व्यवस्था भित्र बसेर व्यवस्थाविरुद्ध प्रश्न उठाउने साहस राख्छन्। धरानका लागि उनको नेतृत्वले देखाएको श्रममुखी शासन शैलीले नेपाली स्थानीय राजनीतिमा नयाँ बहस जन्मायाे —राजनीति पद र सुविधा होइन, श्रम र उत्तरदायित्व हो भन्ने सन्देशसहित गत भदौ २३/२४ काे Gen-Z बिद्राेह पछि उनले स्थानिय तह छाेडेर राष्ट्रिय राजनितीबाट समग्र देशकाे सेवागर्ने अठाेट गरे र श्रम संस्कृति पार्टी दर्ता गरे जुन दल देशकाे प्राय: सबै भुभागमा संगठन सहित ब्यापक विस्तार भयाे।

Gen-Z बिद्राेह पछि ताेकिएकाे अन्तरिम सरकाले ताेकेकाे प्रतिनिधि सभा निर्वाचनमा उनकाे पार्टीबाट देशकाे १०० भन्द बढि निर्वाचन क्षेत्रहरुमा उमेदवार खडा गरेता पनि पुर्वि नेपालकाे खाेटाङबाट आरेन राई, भाेजपुरबाट ध्रुबबिक्रम राई र स्वयं हर्कले सुनसरी निर्वाचन क्षेत्र नं.१ बाट रास्वपाका उमेदवारलाई झण्डै दाेब्बर मतले पराजय गर्दै विजय हासिल गरेका छन्।

राष्ट्रियताकाे सवालमा स्थानिय तह प्रमुख रहँदा पनि चट्टानि अडान राख्ने साम्पाङ राईले अब साच्चिकै सदनबाट यसरी नै अडान राख्ने विजय हुनासाथ  बताइसकेका छन् यसर्थ रास्वपाकाे नेतृत्वमा अब बन्ने नेपालकाे नयाँ सरकारकाे मुख्य प्रतिपक्ष उनै हर्क सनम्पाङ भारि हुने निश्चित छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved