अयाेग्य ब्यक्तिलाई बीमा प्राधिकरण प्रमुख बनाईयाे, छानविन हुनुपर्छ : माओवादी सांसद छिरिङ डम्डुल लामा

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै छानबिन गर्नुपर्ने माग उठेको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले प्राधिकरणको अध्यक्षमा योग्यता नपुगेको व्यक्तिलाई नियुक्त गरेको भन्दै संसदिय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् । २०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले […]
सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ बजेदेखि

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ बजेदेखि प्रारम्भ हुँदैछ। संसद् अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आह्वान गरिएको हो। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार, आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यक्रम रहेको छ। बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम […]
नयाँ–पुराना सबै दलहरूले अब आफैँलाई रूपान्तरण गर्नुपर्छ : नेता शर्मा

रुकुमपश्चिम। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो बनाएको आरोप लगाएका छन्। रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले राजनीतिक दलहरू सत्ता प्राप्तिमा मात्र केन्द्रित हुँदा सुशासनका बाटा कमजोर हुँदै गएको बताएका हुन्। “सरकारमा जानेहरूले सुशासनमा काम गर्नुको सट्टा व्यक्तिगत स्वार्थमा केन्द्रित […]
समानता, न्याय र समृद्धिको साझा यात्रामा आमूल परिवर्तन नागरिक पार्टीको एकतामा इमानदारी आवश्यक छ। दलमर्दन कामी, अध्यक्ष – आमूल परिवर्तन नागरिक पार्टी

देशको चौथो अंग, “सूचना चौतारी ” मार्फत म, आमूल परिवर्तन नागरिक पार्टीको अध्यक्षको हैसियतले हाम्रो पार्टीको उद्देश्य, मार्गदर्शन र दिगो समृद्धिका लागि हाम्रो दृष्टिकोण प्रस्तुत गर्दैछु। मलाई विश्वास छ, यहाँहरूले यस अभिव्यक्तिलाई गम्भीरतापूर्वक पढ्नुहुनेछ र सकारात्मक सुझाव दिनुहुनेछ। हाम्रो पार्टीको साझा उद्देश्य भनेको समतामूलक समाज निर्माण, शान्ति, स्वतन्त्रता, समान अधिकार, न्याय, विकास र समृद्धिको माध्यमबाट […]
ऊर्जा राज्यमन्त्री कान्छारामको राज्यमन्त्री पद प्रधानमन्त्री ओलीले पारे च्वाट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई बर्खास्त गरेका छन्। सरकारले गरेका निर्णय विरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन्।ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए । तामाङका […]
संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका तीन समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन् । जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल हुनेछ । […]
विद्याकाे राजिनामा सँगै शिक्षा मन्त्रीमा अञ्जनाकाे नाम चर्चामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि एमालेभित्र नयाँ शिक्षामन्त्रीमा अञ्जान शाक्यको चर्चा सुरु भएको छ । राष्ट्रिय सभा सदस्य शाक्य प्रधानमन्त्री ओलीको विश्वासपात्रका रूपमा चिनिन्छिन् । ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छँदा शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन् ।
राेगी धवल शमशेर हाजिरी जमानिमा रिहा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । धवललाई हिजो बेलुकी रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको छ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले […]
निषेधाज्ञाकाे अबज्ञा गरेकाे भन्दै राप्रपा अध्यक्ष लिङ्देन सहित ७ जना पक्राउ

काठमाडौँ । सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देन सहित ७ जनालाई पक्राउ गरेको छ । सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन् । उनीहरूलाई भद्रकालीमा राखिएको छ । अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका […]
व्यवस्था जाेगाउन गणतन्त्रवादीहरु एक हुन तीन शिर्ष नेताहरुकाे आह्वान

काठमाडौं । राजतन्त्र पक्षधर शक्तिले संघीय लोकतान्त्रिक व्यवस्थाविरोधी हिंसात्मक प्रदर्शन बढाउन थालेपछि प्रमुख राजनीतिक दलहरू त्यसको सामूहिक प्रतिवाद गर्ने रणनीतिमा जुटेका छन् । राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिरहेका वेला अघिल्लो दिन बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूको बैठकले संविधान र राजनीतिक व्यवस्थाको रक्षा गर्न एकजुट रहेको सन्देश प्रवाह गरेको छ । प्रधानमन्त्री एवं […]
