नेपाल बाहिरिना साथ ओलीपुगे शीतल निवास

बैशाख २४, काठमाण्डाै। सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका थिए । यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए। भेटमा पार्टीभित्रको विवादका बारेमा भलाकुसारी भएको स्रोतले बतायो। नेता नेपालले […]
हँसियाहथौडा छाेडेर सूर्यबाट चुनावलड्न डराए बादल

काठमाडौं बैशाख २३ । गृहमन्त्री रामबहादुर थापा बादललाई दुई साताअघि एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर, विपक्षी मोर्चाबाट संघीयताविद डा. खिमलाल देवकोटाको उम्मेदवारी घोषणा भएको भोलिपल्टै बादल चुनाव लड्न हच्किएका छन् । एमालेले स्थितिको विश्लेषण गरेर मात्रै उम्मेदवार तय गर्ने बताएको छ। बादललाई उम्मेदवार बनाउँदै गर्दा वागमती प्रदेशमा एमालेलाई चुनौती दिने […]
एमालेको स्थायी कमिटी आकस्मिक बैठक बस्दै

बैशाख २३, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ।बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो। केहीबेरमा बालुवाटारमा बैठक सुरू हुने एक स्थायी कमिटी सदस्यले बताए। एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए। प्रधानमन्त्रीसमेत […]
सकियो छलफल ओली र देउवाबीचको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ । देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए ।ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर […]
अल्पमतमा प्रधानमन्त्री ओली !
वैशाख २२ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले […]
कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त – माधव समूह

वैशाख २२ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले आन्तरिक छलफल गरेको छ । पार्टीभित्रै अलग सांगठानिक संरचना बनाउँदा पनि चासो न देखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र सामूहिक छलफलमा जुटेका हुन् । बरिष्ठ नेता […]
फिर्ता लियो माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन

काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ताको निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नवलपुर टुडेलाई जानकारी दिनुभयो । उहाँले बुधबार बिहानै समर्थन फिर्ताको पत्र बुझाउने बताउनुभयो । समर्थन फिर्ता लिँदा प्रधानमन्त्री […]
शौचालयमा लडेर नेपाली कांग्रेसका नेताकाे निधन !

नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घा’इते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो । रामेछापको बेथानमा जन्मिनुभएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुनुहुन्थ्यो । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उहाँ लामो समय […]
अर्को रणनीति रच्दै ओली , सके प्रधानमन्त्री नसके मध्यावधि

बैशाष २१,काठमाण्डाै। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाखमा संसद अधिवेशन आह्वान गरेकी छिन् । संसदीय अभ्यासमा सरकारले बोलाउने नियमित अधिवेशन हो । सामान्यतया विशेष अधिवेशन सांसदहरुले समावेदन दिएको अवस्थामा बोलाइन्छ । तर प्रधानमन्त्री आफैंले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्दा संवैधानिक र राजनीतिक उल्झन बढ्ने कांग्रेस […]
नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको शपथ

बैशाख २० काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद यादवलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् । नेपालको संविधानको धारा १६७ बमोजिम पौडेल र यादवले पद तथा गोपनीयताको शपथ […]
