प्रधानमन्त्री ओलीकाे भारत भ्रमण असार तेस्राे साता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट फर्केलगत्तै भारत भ्रमण गर्ने गरी कूटनीतिक तहमा छलफल सुरु भएको छ। गत वर्ष असारमा ओली प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमणको चर्चा चले पनि अहिलेसम्म हुन सकेको छैन। प्रधानमन्त्री ओली असार १५ देखि २० सम्म संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको विकासका लागि वित्तपोषण (फाइनान्सिङ फर डेभलपमेन्ट) को […]

भिजिट भिसा प्रकरण : पूर्व मुख्यसचिव वैरागीकाे नेतृत्वमा बन्याे छानवीन समिति

काठमाडौँ । भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार समितिलाई एक महिनाको समय दिइएको छ । समितिमा गृह मन्त्रालय,श्रम मन्त्रालय र पर्यटन मन्त्रालयका सहसचिव छन्। […]

संविधान पुनरावलोकन गर्न एमाले नेता भट्टराईको सुझाव

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व सांसद विशाल भट्टराईले संविधानको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। काठमाडौंमा आयोजित टेलिभिजन कार्यक्रम ‘सद्गमय सिजन २’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता भट्टराईले संविधान निर्माण भएको एक दशक पुगिसकेको उल्लेख गर्दै समीक्षा गर्न सुझाव दिएका हुन्। भट्टराईले संविधाना नै प्रत्येक दश वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने व्यवस्था […]

केन्द्र, प्रदेश र स्थानीय सरकारको नजरमा नपरेको दाेलखाकाे थाङ्मी बस्ती

दोलखा । देश संघीयतामा प्रवेश गरेपछि मुलुकका पिछडिएको, सीमान्तकृत र जनजातीय समुदायहरू विकास, पहिचान र समानताको नयाँ आशामा थिए। तर ती सबै आशा र अपेक्षाहरू केही समुदायका लागि अझै सपना मात्रै भएका छन्। त्यहीमध्ये एक हो – दोलखा जिल्लाको बिगु गाउँपालिका–८ मा अवस्थित ऐतिहासिक थाङ्मी बस्ती थाङ्मीचागु–खोपाचागु। २०७२ को संविधानले समावेशी र समान समाजको आधार […]

संसद भवनमै बजेट पुस्तिका च्याते संसद अम्मर बहादुरले

काठमाडौँ । सांसद अम्मरबहादुर थापाले बिहीबार प्रतिनिधिसभा बैठकमै बजेट पुस्तिका च्यातेका छन् । नेकपा एसका सांसद थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन पुस्तक च्यातेका हुन् ।   उनले बजेट नेता र मन्त्रीमुखी भएको भन्दै विनियोजन पुस्तक च्यातेका हुन् । थापा २०७९ मा दैलेख-१ बाट नेकपा एसबाट निर्वाचित सांसद हुन् ।

कोशीका मन्त्री खगेनसिंले आफ्नै जिल्लावासीलाई गरे कुटपिट

विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम फेरि विवादमा तानिएका छन् । दुई वर्ष अघि जिल्ला प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाटै धम्क्याएका उनी दुई दिन अघि आफ्नै जिल्लावासीलाई हातपात गरेको आरोपमा विवादमा तानिएका हुन् । मन्त्री हाङगामले गत मंगलबार बेलुका गृह जिल्ला ताप्लेजुङमा पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे लिम्बुलाई हातपात […]

संसदकाे दुबै सदनकाे बैठक आज पनि बस्ने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदै छ। बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित […]

काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेले पाए न्याय, निलम्वन नगर्न उच्चकाे आदेश

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई गरिएको निलम्बनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै हाललाई यथास्थितिमा रहन आदेश दिएको छ। अदालतले उनी पदीय कार्य सम्पादनमै सीमित रहेको भन्दै निलम्बनको तत्काल आवश्यकता नदेखिएको ठहर गरेको हो। पाण्डेले मिति गत जेठ २० मा काठमाडौं महानगरपालिका कार्यालयको परिसरमा प्रमुख […]

एमाले नेता सूर्य थापाकाे रास्वपा नेताहरुलाई प्रस्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं ?

काठमाडौं । प्रनिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीका बीच बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरेका छन् । संसद बैठक मर्यादित हुनुपर्ने भन्दै उनले अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको बताए । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधि […]

धवलशमशेर जबरा अदालतमा उपस्थित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा अदालतमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् । २०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय […]