जसपाका दुबै पक्षसंग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका दुवै पक्षसँग आज छलफल गर्ने भएको छ । आयोगले छलफलका लागि अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई आज बिहान ११ बजे बोलाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि बोलाइएको आयोगले जनाएको छ । ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, […]
सहमतीको लागि ब्युतियो एमाले कार्यदल
काठमाण्डौ । नेकपा एमालेलाई पार्टी एकता गरी एक ढिक्का बनाउनका लागि प्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले कार्यदल ब्युताउनु भएको छ । फुटको सङ्घारमै पुगेको एमालेलाई एकढिक्का बनाउने प्रयासका लागि यसअघि गठित कार्यदल बिउँतिएपछि कार्यदलको बैठक सोमवार सिंहदरबारमा बसेको थियो भने विवाद समाधान गर्न गठित दश सदस्यीय कार्यदलको बैठक आज फेरि बस्ने गरी सकिएको […]
प्रचण्डको सेटीङमा प्रभु साहमाथि षडयन्त्र गरियो : नेता बिजय यादव

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट संचालित अनलाईनको प्रयोग गरी सुनियोजित ढंगले कपोलकल्पित विषयवस्तु जोडेर प्रभु साहको बारे भ्रामक प्रचारबाजी भएको नेता बिजय यादवले आरोप लगाएका छन् । प्रभु साहले क्यानडा पुर्याइदिने भनेर पैसा लिएको भनी गलत आरोप लगाउन एक महिलालाई पैसा दिएर प्रचण्डले सुनियोजित नाटक मञ्चन गर्न लगाएको नेता यादवले […]
रौतहटका पाँचैजना उपप्रमुखहरु द्वारा पदभार ग्रहण
रौतहट, केही दिन आघिमात्र पदबहाली भएको रौतहटको पाँच जना पालिकाका उपप्रमुखहरुले आज पदभार ग्रहण गरेका छन् । माओवादीको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गरेको रौतहटको ५ स्थानीय तहका उपप्रमुखको सर्बोच्च अदालतले पदबहाली गरेलगतै उहांहरुले पदभार ग्रहण गरेका हुन् । दल बदलको आरोपमा कार्वाहीमा परेर पदमुक्त भई सर्बोच्च बाट पदबहाली भएका देवाही गोनाहिकी उपमेयर परनिया देवि पटेल,फतुवा […]
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ता गर्नुपर्ने कार्यतालिका तयार गरेको आयोगका एक अधिकारीले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरिएको थियो । […]
पार्टीले नेपाल पक्षलाई असार २७ गतेसम्म हस्ताक्षर फिर्ता गर्न समय दिएको छ, प्रमुख सचेतक – विशाल भट्टराई

काठमाडौं। नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधरलाई असार २७ गतेसम्मको लागि हस्ताक्षर फिर्ता लिनको लागि समय दिईएको बताएका छन् । यसअघि एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले आज साँझ ५ बजेसम्मको समय दिएर हस्ताक्षर फिर्ता लिन भनेको थियो । तर, नेपाल पक्षले भने पार्टीले दिएको समयसिमाभित्र हस्ताक्षर फिर्ता लिएको […]
माधव नेपाल लाई फकाउदै प्रधानमन्त्री ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने प्रयास जारी राखेका छन् । शनिबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बहिष्कार गरेका नेपाल समूहलाई पार्टीमै फर्काउने प्रयास गरिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेलाई फुट्नबाट जोगाउन वरिष्ठ नेता नेपाललाई फकाउने कसरत जारी राखेको उनीनिकट नेताहरूले […]
छुटेनन् अझै विप्लवका १ सय २५ भन्दा बढी नेता कार्यकर्ता

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाए । सरकार विप्लव समूहबीच चार महिना अघि अर्थात् २१ […]
ओलीको पुत्ला जलाउने नेविसंघको १५ कार्यकर्ता नियन्त्रणमा

नेपाली कांग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित काठमाडौँमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको हो । मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ। त्यसक्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखेका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका गर्दै नेता नेपाललले आवश्यक सल्लाह र परामर्शबिना राखिएको बैठक रोक्न सुझाव दिएका हुन् । प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री […]
