काठमाडौं । आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेतलाई काठमाडौं बोलाएर बस्ने आजको बैठक संसद् पुनर्स्पापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक हो ।

हालको राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुसालको भनाई रहेको छ ।










